• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस १४औं महाधिवेशन: रामचन्द्र पौडेललाई अनेक तगारा

64x64
लिलु डुम्रे मंगलबार, कात्तिक १८, २०७७  ०८:२५
1140x725

काठमाडौं– वरिष्ठ नेता रामचन्द्र पौडेलको काबुमै परिस्थिति हुन्थ्यो भने कांग्रेसको आगामी महाधिवेशनमा उनी संस्थापनइतर समूहबाट सभापतिका एक्ला प्रत्यासी हुन्थे। कांग्रेसभित्रको परिस्थिति उनका लागि 'आफू ताक्छु मुडो, बन्चरो ताक्छ घुँडो' भनेजस्तो छ। उनको दाउ कांग्रेस सभापति बन्दै प्रधानमन्त्री पनि बन्ने छ। तर, आफ्नै समूहका आंकाक्षीलाई मिलाउन नसकेका उनलाई आगामी महाधिवेशन गत महाधिवेशनभन्दा पनि कठिन हुँदै गएको देखिन्छ।

पौडेल र पराजय पर्यायवाची जस्तै हुन् भन्नेहरु पनि छन्। उनका नाममा भएका जितका भन्दा हारका लिखत बढी चर्चामा छन्। प्रधानमन्त्रीको निर्वाचनमा १७औं पटकसम्म पराजित भएको १० वर्ष पुग्नै लाग्दा पनि उनलाई गिज्याउन छाडिएको छैन।

२०५९ सालमा पौडेलले कांग्रेस प्रजातान्त्रिकको सभापति बन्ने लोभ नगरी कोइराला परिवारलाई साथ दिए। चाहेको भए उनी प्रजातान्त्रिकको सभापति बन्न सक्थे, पौडेल। त्यसो भएको भए उनको नाममा लेखिने इतिहास बेग्लै हुनसक्थ्यो। तर विभाजनपट्टि नलागेका उनलाई मूल कांग्रेसको नेतृत्वमा पत्याइएन। बरु, विभाजित पार्टीलाई पुनः कांग्रेसमै मिसाएका शेरबहादुर देउवाले १३औं महाधिवेशनमा पौडेललाई हराइदिए।

१३औं महाधिवेशनमा एउटा बलियो समूहको निर्विरोध सभापति उम्मेदवार पौडेलले १४औं महाधिवेशनमा त्यही अवसर पनि नपाउने स्थिति उत्पन्न भएको छ। प्रतिस्पर्धी समूहसँग भिड्नुभन्दा आफ्नै समूहसँग भिड्न कठिन भएको छ, उनलाई।

आफ्नै समूह मिलाउन सकस
२०७२ सालमा सम्पन्न १३औं महाधिवेशनमा पौडेलले सभापतिको दाबी गर्दा सिंगो कोइराला परिवारको बलियो साथ पाएका थिए। सभापतिमा उम्मेदवारीको दाबी गरिरहेकी सुजाता कोइरालाले तीन बुँदे सहमति गर्दै पौडेललाई समर्थन दिएकी थिइन्। डा शशांक कोइरालासँग सभापतिको उम्मेदवारी दाबी गर्ने हिम्मत थिएन। उनी महामन्त्रीकै उम्मेदवारमा खुम्चिएका थिए। महामन्त्रीमै भाइ शशांकलाई सघाएका डा शेखर कोइरालाका लागि सभापतिको प्रत्यासी हुने आकांक्षा झनै परको विषय थियो।

अर्कोतर्फ, सुशील कोइरालाको मृत्युपछि कार्यवाहक सभापतिको भूमिकामा रहेका पौडेललाई नेता प्रकाशमान सिंह पनि चुनौति बनेनन्।

त्यतिबेलाको परिस्थिति पौडेलको प्रतिकूल थिएन।

२०७२ सालकै अवस्था पौडेलका लागि अब रहेन। त्यतिबेला ज-जसले पौडेलका लागि सघाएका थिए, ती सबै सभापतिको उम्मेदवार दाबी गरिरहेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

कोइराला परिवारका दुई सदस्यहरु शेखर र शशांक पौडेललाई बाटो खालि गरिदिने पक्षमा छैनन्। अर्कोतर्फ, सिंहले पनि सभापतिमा दाबी गरिरहेका छन्। उनीहरुको साझा मत छ- पौडेलले अब अभिभावकत्व ग्रहण गर्नुपर्छ।

पौडेल सभापतिको प्रत्यासी भए देउवालाई हराउनै नसक्ने भनाइ महामन्त्री शशांकको छ। देउवालाई हराउन आफू मात्रै सक्षम भएको उनको दाबी छ। ‘रामचन्द्रजीले शेरबहादुरलाई हराउन सक्नुहुन्न। अघिल्लो महाधिवेशनमा हराउन सक्नुभएन। आउँदो महाधिवेशनमा पनि हराउन सक्नुहुन्न। उहाँले विकल्पमा अरुलाई सोच्नुपर्छ’, केही समयअघि नेपाल लाइभसँग उनले भनेका थिए, 'रामचन्द्रजी अभिभावकको भूमिकामा बस्नुहुन्छ भन्ने विश्वास छ।’

कोइराला परिवारबाट नै पौडेलका लागि अर्को ‘तगारो’ हुन्, डा शेखर। गत महाधिवेशनमा महामन्त्री पद शशांकलाई छोडेर पश्चाताप गरेका शेखर सभापतिको उम्मेदवारबाट पछि हट्ने पक्षमा छैनन्। १३ औं महाधिवेशनपछि सर्वाधिक जिल्ला भ्रमण गर्ने शेखरले तल्ला तहमा आफ्नो पक्षमा माहोल समेत बनाएका छन्। सभापति बनेपछि प्रधानमन्त्रीको दाबी नगर्ने र एकपटक भन्दा बढी सभापति नहुने प्रतिवद्धता जनाएका उनले कार्यकर्ताको मन जित्ने प्रस्ताव अघि सारेका छन्।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले १३ औं महाधिवेशनको तुलनामा पौडेललाई १४ औं महाधिवेशन थप असहज हुने बताउँछन्। ‘कोइराला परिवारबाट १३ औं महाधिवेशनमा सभापतिमा पौडेललाई सहज स्विकारिएको थियो। तर १४औं महाधिवेशनमा कोइराला परिवारबाट पौडेललाई सभापतिमा स्विकार्ने सम्भावना क्षीण देखिन्छ। त्यसैले पौडेल आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार बन्न सहज छैन‘, उनले भने।

तर पौडेल-कोइराला समूहमा सर्वसम्मत सभापतिको उम्मेदवार चयन गरी कृष्णप्रसाद सिटौला, गगन थापालगायत नेतासँग पावर शेयर गरी गठबन्धन गर्न सके १४ औं महाधिवेशनमा पौडेल-कोइराला समूहबाट सभापति निर्वाचित हुने सम्भावना उच्च भएको वाग्लेको विश्लेषण छ।

कोइराला परिवारपछि पौडेलका लागि अर्का चुनौती हुन्, सिंह। उपसभापतिको जिम्मेवारी निर्वाह गरिसकेका सिंह सभापतिको लागि अर्को महाधिवेशन कुर्ने पक्षमा देखिदैनन्। उनी सभापतिमा आफ्नो दाबीलाई प्राकृतिक भन्छन्। ‘उपसभापति भइसकेकोले म पनि नेतृत्वका लागि योग्य छु', सिंहले नेपाल लाइभसँग भने, ‘तलदेखि खारिएर आएको निर्वाचनमा चुनिएको महामन्त्रीसमेत भएकाले अब स्वतः सभापतिको दाबेदार हुँ।’

अरु लगायत शेखर र उपसभापति विमलेन्द्र निधि दुवैले सभापतिमा उम्मेदवारी दिएको अवस्थामा परम्परागत समीकरण भत्कने धेरैको आकलन छ। त्यस्तो अवस्थामा विगतका गुट भत्केर नयाँ ध्रुबीकरण बन्ने नेताहरु स्विर्काछन्। कथं निधि उम्मेदवारीबाट पछि हटेनन् भने नयाँ बन्ने समीकरण पौडेलका लागि झनै चुनौतीपूर्ण हुनेछ। निधिले दोस्रो पुस्तासँग समीकरण नगरी पौडेलसँग गठजोड गर्ने सम्भावना न्यून छ।

दोस्रो पुस्ताले उम्मेदवारीमा सशक्त अग्रसरता देखाउनुको साथै पुरानो पुस्ता ‘साइड’ लाग्नुपर्ने मान्यता पार्टीभित्र तीव्र रुपमा विकास भइरहेको छ। समयको गतिशिलतालाई पछ्याउन दबाब बढिरहेका बेला पौडेलका लागि आगत झनै कठिन देखिन्छ। महाधिवेशन जति ढिलो हुँदै जान्छ, पुरानो पुस्ता प्रतिको आकर्षण पनि कम हुँदै जाने निश्चित छ।

सिटौलाले पनि पत्याउँदैनन् पौडेललाई
१३ औं महाधिवेशनको केही दिनअघि तत्कालीन सभापति सुशील कोइरालाको निधन भएको थियो। सुशीलको निधन नभएको भए नेता कृष्णप्रसाद सिटौलाले गुट अस्तित्वमा नआउने कांग्रेसीजनको बुझाइ छ।

कोइराला परिवारका विश्वासपात्र बनेका सिटौलाले पौडेलबाट सोही सरहको महत्त्व नपाउने बुझेपछि बेग्लै समूह निर्माण गरे। सिटौला समूहकै कारण पौडेलले १३औं महाधिवेशनमा हार पनि बेहोरे। पहिलो चरणको मत परिणामबाट सिटौला बाहिरिएपछि पौडेलले उनलाई आफ्नो पक्षमा पार्न चुके। परिणातः देउवा सभापति चुनिए।

१३ औं महाधिवेशनको सम्मुखदेखि पौडेललाई विश्वास नगर्ने सिटौलाको उनीप्रतिको बुझाइ फेरिएको छैन। सभापति देउवाका कदमका विरुद्धमा कतिपय मुद्दामा संस्थापनइतरका दुई शक्तिको बुझाइ एकै भए पनि प्रतिकारमा एक हुन सकेका छैनन्। त्यसको कारण पौडेल-सिटौला बीचको सम्बन्ध नै हो।

सिटौला आफ्नो समूहको अस्तित्व नामेट पार्ने पक्षमा देखिँदैनन्। त्यसको पछिल्लो उदाहरण हो– देउवाका निर्णय विरुद्धको हस्ताक्षर। सिटौला पक्षका नेताको पनि सहभागितामा देउवाका निर्णयविरुद्ध संयुक्त ज्ञापनपत्र बुझाउने पौडेलको तयारी असफल भएको थियो। सिटौलासँग छलफल गरे पनि पौडेलले उनलाई मनाउन सकेनन्।

तेस्रो धारका रुपमा परिचित सिटौला समूह नेता पौडेलको सभापति बन्ने सपनामा अर्को ‘बाधक’ देखिन्छ। आफ्नै समूहबाट पौडेललाई प्रतिकूल अवस्था रहेको बुझेका विश्लेषक शर्मा भन्छन्, ‘पौडेललाई उम्मेदवार बन्न सहज छैन। तर, आफ्नो समूहको साथमा सिटौलालाई व्यवस्थापन गरी उम्मेदवार बन्न सके १४औं महाधिवेशन पौडेलको पक्षमा देखिन्छ।’

पौडेलका सबल र दुर्बल पक्ष
पौडेल स्वच्छ छविको नेताका रुपमा परिचित छन्। मन्त्री बन्ने अवसर धेरै पटक प्राप्त गरेका पौडेल सभामुख समेत बनेका थिए। सरकारी लाभको पदमा पुगेका पौडेलले अनियमितता र अपारदर्शी कार्य गरेको गम्भीर प्रश्न झेल्नुपरेको छैन। सिद्धान्तनिष्ठ, लोकतन्त्र र समाजवादका अनुयायी नेताका रुपमा उनी परिचित छन्। आम कार्यकर्ता र मिडियाको सहज पहुँच पौडेलको अर्को सबल पक्ष हो। साधारण जीवनशैली अपनाएका नेतामा उनी पर्छन्।

पौडेल रणनीति बनाउन र चुनावी खेलमा निकै कमजोर नेताका रुपमा दरिन्छन्। देउवासँगै नेपाल विद्यार्थी संघको राजनीतिबाट पार्टीको मूल प्रवाहमा प्रवेश गरेका पौडेलले उनी सरहकै उचाई कायम गर्न सकेनन्। देउवा पार्टी सभापति र चारपटक प्रधानमन्त्री बनिसक्दा पौडेल ती स्थानमा पुग्न नसक्नु उनको कमजोर रणनीतिकै परिणाम हो।

कार्यकर्ता तथा जनतामा पौडेलप्रति सहानुभूति भए पनि त्यसको उर्जा उपयोग गर्न चुकेका छन्। उनी कुशल संगठक पनि हुन सकेका छैनन्। उनलाई नजिकबाट चिन्नेहरु गुट व्यवस्थापनमा पौडेल चुकेको स्विर्काछन्। ‘उहाँ (पौडेल) लाई सक्षम सल्लाहकार र सहयोगीको अभाव समेत देखिन्छ। स्वार्थका लागि उहाँका पछि लाग्नेहरु छन्। उचित सल्लाह दिनसक्ने कोही छैनन्', पौडेल निकट एक नेता भन्छन्, ‘उहाँलाई नै सक्षम बनाउनेतिर लाग्ने को छ त?’

विधान र पद्धतिको वकालत गर्ने पौडेल भागबण्डामा रमाउने प्रवृति रहेको बताइन्छ। भागबण्डाको पछिल्लो उदाहरण हो, नेविसंघको तदर्थ समिति। त्यसअघि तरुण दलमा पनि उनले भागबण्डा खोजेकै थिए। पौडेल पक्षका एक नेता भन्छन्, ‘भ्रातृ संस्थाको पदावधि बढाउन नहुने माग गर्ने पौडेलले आफ्नो पक्षका पदाधिकारी किन फिर्ता गर्दैनन्? विधान र पद्धतिको प्रश्न उठाउँदा हामीलाई नै नैतिक प्रश्न उठेको छ।’

पौडेलले परीक्षण भइसकेका नेता हुन् कि परीक्षण हुन बाँकी? यस विषयमा पनि फरकफरक तर्क पाइन्छ। सभामुख र पटकपटक मन्त्री भएकाले उनी परीक्षण भएसकेका र उनको क्षमता देखिइसकेको कतिपयको तर्क छ। तर पौडेल भने सरकार र पार्टीको मूल नेतृत्वमा पुग्न नसकेकै कारण ‘परीक्षण हुन बाँकी’ नेताको रुपमा आफूलाई अर्थ्याउँछन्। सभापति शेरबहादुर देउवा पटकपटक परीक्षण भएर असफल भएको निक्यौल निकाल्ने पौडेल आफूलाई सभापतिसँग तुलना नगर्न आग्रह गर्छन्। 

आफ्नैलाई बचाउन सकेनन्
एक समय सुशील कोइरालाका विश्वासपात्र थिए, आनन्दप्रसाद ढुंगाना। कोइरालाले उनलाई संगठन विभागको प्रमुखसमेत बनाएका थिए। १३औं महाधिवेशनमा पौडेल समूहबाट केन्द्रीय सदस्यमा ढुंगाना विजयी भएका थिए। कोइराला क्याम्पको ‘कोर टिम मेम्बर’ हुँदै पौडेललाई साथ दिएका ढुंगाना अहिले देउवा निकट हुन पुगेका छन्।

लामो समयसम्म देउवाइतर खेमामा रहेका गोविन्द भट्टराईसमेत संस्थापन (देउवा) पक्षमा लागेका छन्। कांग्रेस समर्थित प्रवासी संगठन जनसम्पर्क समिति समन्वय विभाग भट्टराईले पाएका छन्। तनहुँमा बलियो आधार खोजेका भट्टराईलाई संस्थापनइतरबाट आशा मरेपछि देउवा खेमामा लागेका हुन्।

केन्द्रीय सदस्य र संसदीय निर्वाचनमा पराजित अर्जुन जोशीलाई पनि देउवाले अघि बढाइरहेका छन्। केन्द्रीय सदस्यमा पराजित जोशीलाई मनोनित सदस्य बनाए देउवाले। तत्कालीन संस्थापन (पौडेल)पक्षमा रहेका जोशी १३औं महाधिवेशनमा देउवा पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेर पराजित नेता थिए।

कोइराला क्याम्पबाट जनजाति समुदायबाट केन्द्रीय सदस्य उठेका चिनकाजी श्रेष्ठ हाल देउवा क्याम्पमा सरेका छन्। श्रेष्ठले उद्योग व्यापार विभागको नेतृत्व प्राप्त गरेका छन्।

‘चन्द्र भण्डारी वरिष्ठ नेता पौडेलतिर लागेर के पाए?’, गत महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित एक नेता भन्छन्, ‘धनराज गुरुङ पनि पौडेल पक्ष भनेरै लागिरहेकै छन्। के पाए? देउवाले आफ्नो समूहमा आएकालाई व्यवस्थापन त गरेका छन्।’

१३ औं महाधिवेशनका बेला उनको पक्षमा ४२ जिल्ला सभापतिको साथ दिएका थिए। पौडेलका पक्षमा मतदान गर्न हस्ताक्षर संकलन गर्ने ती जिल्ला सभापतिमा न्यून संख्या मात्रै पौडेल पक्षमा छन्। सोही समूहको कोइराला पक्षमा धेरै जिल्ला सभापति छन्। केही जिल्ला सभापति नेता सिंहको पक्षमा छन्।

१३ औं महाधिवेशनमा पौडेल पक्षबाट नै महामन्त्रीमा निर्वाचित शशांकलाई संस्थापनइतरको समूहमा ल्याउन उनलाई हम्मेहम्मे पर्‍यो। मनोनित पदाधिकारीको विरोध गरे पनि देउवाले पौडेल पक्षका एक जनालाई पनि पदाधिकारीमा स्थान दिएनन्।

पौडेलको राजनीतिक यात्रा
तनहुँको रिस्तीस्थित बाहुन पोखरामा २००१ सालमा पौडेल जन्मिएका थिए। १५ वर्ष जेल जीवन विताएका उनले विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका थिए। केन्द्रीय सदस्य हुँदै पार्टीको महामन्त्री, उपसभापति र कार्यवाहक अध्यक्षको जिम्मेवारी उनले सम्हालिसकेका छन्।

बहुदलीय व्यवस्था पश्चात् उनले पटकपटक मन्त्री हुने अवसर प्राप्त गरेका छन्। २०४८ सालमा कृष्णप्रसाद भट्टराई मन्त्रिमण्डलमा शिक्षामन्त्री बने। गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री बने। २०५१ सालमा सभामुख बनेका पौडेल २०५७ सालमा उपप्रधान तथा गृहमन्त्री हुने अवसर पाए। शान्ति प्रक्रियापछि बनेको मन्त्रिमण्डलमा २०६३ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्रीको जिम्मेवारी प्राप्त गरे। २०६५ संसदीय दलको नेता बने। २०६७ सालमा प्रधानमन्त्रीको प्रत्यासी रहेका उनले १७ औं पटकसम्म हार ब्यहोरे। पार्टीको मूल नेतृत्वका लागि २०७२ फागुनमा देउवासँग सभापतिमा भिडेका उनले पराजय नै भोगे।

संसदीय निर्वाचनमा पौडेल पाँच पटक तनहुँबाट निर्वाचित भएका थिए। तनहुँ १ बाट २०४८ को संसदीय निर्वाचनमा विजयी भएका उनी ०५२, ०५६, ०६४ र २०७० सालमा तनहुँ २ बाट विजयी भए। गत निर्वाचनमा उनले संसदीय निर्वाचनमा पहिलो पराजय भोगे।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  ०८:२५
  • #कांग्रेस_महाधिवेशन
  • #रामचन्द्र_पौडेल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमश... शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश सरकारकाे सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेकाे राष्ट्र... शुक्रबार, वैशाख १८, २०८३
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो : सभापति थापा नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति जनाए। शुक्रबार, वैशाख १८, २०८३
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्