काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै पदोन्नति भएका ईश्वर हमाललाई रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
सैनिक मुख्यालय जङगी अड्डामा सोमबार आयोजित समारोहमा प्रधानसेनापति थापाले उनलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। मन्त्रिपरिषदको गत असार ६ गतेको बैठकले उपरथी हमाललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
सयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ मिशनमा रथी हमालले फोर्स कमाण्डरको जिम्मेवारी सम्हालिरहेका छन्। नेपाली सेनामा हाल दुई रथीको दरबन्दी रहेको छ। रथी हमाल सैनिक संगठनमा बौद्धिक व्यक्तित्वका रुपमा परिचित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।