• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भारतीय सेनाध्यक्षको नेपाल भ्रमण सन्दर्भ र सैनिक कूटनीति

64x64
रासस सोमबार, कात्तिक १७, २०७७  ०६:५५
1140x725

काठमाडौं–मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ।

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफनो राजनीतिक नक्सामा समेटेपछि नेपालले त्यसको विरोध गर्दै समस्या समाधान गर्न निरन्तर वार्ता र संवादका लागि पहल गरे पनि भारतले बेवास्ता गरिरहेको छ।

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासँग जोडिएर आएको प्रश्नसँगै नेपाल र भारतबीच देखिएको संवादहीनताकै अवस्थामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवाणेको बुधबारदेखि हुने भ्रमणले सम्बन्धलाई सुमधुर तुल्याउन र अलमलजस्तो अवस्थामा रहेको विवादलाई मत्थर गर्न योगदान पुग्ने विश्वास गरिएको छ ।

तीन दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन्। 

यसअघि पनि भारतले अघोषित नाकाबन्दी लगाएपछि नेपाल–भारतबीच उत्पन्न परिस्थितिको समाधानका लागि प्रयोग गरिएको सैनिक कूटनीतिले गौरव गर्न लायक इतिहास निर्माण गरेको थियो ।

संविधानसभाबाट जारी भएको नेपालको संविधानका केही प्रावधानप्रति विरोध जनाएर तत्कालीन मधेसवादी दलले उठाएका मुद्दा र गरेको आन्दोलनलाई समर्थन गर्दै भारतले अघोषित नाकाबन्दी गरेपछि उत्पन्न विषम परिस्थितिलाई सकारात्मक अवतरण गराउन सरकारले सैनिक कूटनीति अवलम्बन गरेको थियो ।

यद्यपि  दूई देशबीच सदिऔँदेखि धार्मिक, सांस्कृतिक, सामाजिक र भाइचारको गहिरो सम्बन्ध रहिआएको छ। संसारमै बिरलै हुने खुला सिमाना तथा राहदानी र प्रवेशाज्ञाबिना एक देशबाट अर्को देशमा सहजै आवतजावत गर्न पाउने व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा रहेको तत्कालीन सरकारले दुई देशबीचको सदिऔँदेखिको मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्दै परिस्थितिको सहजीकरण गर्ने उपाय खोज्न प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई निर्देशन दिएको थियो ।

nimb
nimb
Ncell 2
Ncell 2

सरकारको निर्देशनानुसार सेनाप्रमुखले सङ्गठनका कुशल व्यवस्थापक र आफना विश्वासपात्र युद्धकार्य महानिर्देशक हिमालय थापालाई उक्त जिम्मेवारी दिएर आफना भारतीय समकक्षी दलवीर सिंहमार्फत् अघि बढाएको सैनिक कूटनीतिका माध्यमबाट नाकाबन्दी हटाउन सफलता मिलेको थियो। सफल सैनिक कूटनीतिको श्रेयका रूपमा त्यसबखत प्रधानसेनापति क्षत्रीको भारत भ्रमणका बेला वीरगञ्ज नाकामा लगाइएको अघोषित बन्दी भारतले हटाएको थियो ।

‘तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीबाट संगठन नेतृत्वलाई भएको निर्देशन र सल्लाहबमोजिम समस्या सुल्झाउन पहल गर्ने कार्यादेशअनुरुप हामीले त्यो भूमिका निर्वाह गरेका थियौँ, त्यसको श्रेय व्यक्तिले भन्दा संस्था र राज्यले लिनु उचित हुन्छ’, पूर्वउपरथी थापा भन्छन्। सैनिक कूटनीति  मुलुकको परराष्ट्र नीतिको एक हिस्सा भएको हिसाबले परिस्थितिलाई सहजरूपमा अवतरण गराउन भूमिका खेल्ने कार्यादेश अनुरूप नयाँदिल्ली  गएको घटना सुनाउँदै उनले भने, ‘‘उत्तर र दक्षिणका छिमेकीसँग मात्र होइन अन्य शक्ति राष्ट्रसँग पनि नेपालको सैनिक कूटनीति निकै राम्रो र भरपर्दो छ।’

विश्वका सबै मुलुकका सरकार र सेनाले आफनो परराष्ट्र नीतिलाई नाघेर सैनिक कूटनीति अघि बढाएका घटना बिरलै पाइन्छन्। हाम्रो देशको तुलनामा चीन र भारतलगायतका मुलुकमा सैनिक कूटनीति धेरै अब्बल मानिन्छ ।

 कालापानी, लिम्पियाधुरा र लिपुलेकले सामरिक महत्व बोकेको छ भन्ने विषय भारतीय सैनिकले बाटो बनाउनु, वक्तव्य दिनु र रक्षामन्त्रीले नै उद्घाटन गर्नुले पुष्टि गर्छ, त्यसलाई हामीले पनि त्यसरी नै बुझनुपर्छ । भारतीय सेनापतिको कालापानीको विषयसँग जोडिएर आएको प्रतिक्रियाबाहेक सैनिक कूटनीति अत्यन्तै सान्दर्भिक समयमा विकास भए पनि अझै तिखार्दै लैजानु पर्ने आवश्यकता रहेको पूर्व जर्नेलहरुको भनाइ छ।

पूर्वउपरथी थापा भन्छन्, ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता र  भौगोलिक अखण्डता,  राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानका साथ–साथै छिमेकीसँगको सम्बन्ध हाम्रो कस्तो हो, हामी के हौँ, कस्तो अवस्थामा कहाँ छौँ भनी भूराजनीतिक यथार्थतालाई पनि हामीले गहनरूपमा मनन गर्नुपर्छ।’

सरकार, सबै राजनीतिक दल र संसद्ले भारतले अतिक्रमण गरेको नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापनी क्षेत्र तत्काल फिर्ता गर्ने प्रस्ताव एकमतले पारित गरे पनि उक्त क्षेत्र अहिलेसम्म भारतकै अधीनमा छ।

हामीसँग उपलब्ध सबै कागजात र प्रमाणले त्यो क्षेत्र नेपालकै भूभाग हो भन्ने प्रष्ट भए पनि वार्ताको माध्यमबाट समस्या समाधान गरौँ भन्ने नेपालको बारम्बारको आग्रह र प्रस्तावलाई छिमेकीले अझै सकारात्मकभावबाट ग्रहण गरेको पाइन्न । यद्यपि यो विषयले दुवै देशमा एकखाले तरङ्ग भने पैदा गरेको छ ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले सेनाध्यक्ष नरवाणेको भ्रमणले दुवै देशबीच लामो समयदेखि थाँती रहेको सीमा समस्यालाई समाधान गर्ने अवसरको ढोका खोलिदिने आशा व्यक्त गरिन्। उनले भनिन्, ‘हाम्रा नेताहरु र सेनाध्यक्षबीचको भेटवार्ताको अवसरले नेपाली जनताले सदाका लागि सीमाका लागि सोचिराख्नु पर्ने तथा समस्याबारे टाउको दुखाइराख्नु पर्ने अवस्था नहोस्, समाधान भएर जाओस् भन्ने अपेक्षा गर्छु । राष्ट्रहितलाई सर्वोपरी राखेर समाधान खोज्ने पहल र दृष्टिकोण हुनुपर्छ । उहाँको भ्रमणपछि वार्ता र संवादका लागि सकारात्मक मोड दिन्छ भन्ने आशा गरिएको छ ।’

अर्का पूर्वउपरथी जगदीशचन्द्र पोखरेल भन्छन्, ‘हाम्रो सदाशयता भनेको भारतीय पक्षले विवादास्पद अभिव्यक्ति दिँदा पनि नेपालले आफनो परम्परालाई कायम राख्यो । अडानमा तलमाथि भएन, देखाएन।’

यद्यपि सैनिक कूटनीति आफैँमा पूर्ण नभई प्रतिरक्षा र परराष्ट्र नीतिको एउटा पाटो मात्र हो । छिमेकीसँग जोडिएर आएका विषयमा अघिल्लो पटक समस्या हटाउन नेपालको सैनिक कूटनीतिक सफल भएको हो । मुलुकको मात्रै होइन, सेनाको नेतृत्व र तहगतरूपमा पनि भारतीय सैनिकसँग सम्बन्ध छ। सजिलो आवतजावत, धार्मिक, सामाजिक, सांस्कृतिक सम्बन्धले पनि सहज तुल्याएको हो ।

भारतीय स्थलसेनाध्यक्ष नरवाणेको नेपाल भ्रमणलाई दुई देशबीचका नेतृत्व तहमा देखिएको हार्दिकतापूर्ण संवादको गतिरोध हटाउने शुरुआती विन्दु बनाउन  रणनीति र आवश्यक पूर्वतयारी गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै उनी भन्छन्, ‘जनरल नरवाणेको  भ्रमण  समस्या समाधानका लागि अन्तिम नभई प्रस्थान विन्दु हो।’

कालापानी, लिपुलेक र लिम्पियाधुराका  विषयमा उठेको विवाद समाधान गर्न नचाहेको भए भारतीय सैनिक नेतृत्व नेपाल भ्रमणमा नआउन सक्थ्यो तर त्यो स्थिति होइन,  आउन लागेका पाहुनालाई परम्परागत सत्कार दिने र मुलुकहित हुने विषयलाई अरु कुरासँग जोडेर टीका टिप्पणी गर्न नहुने उच्च तहका सैनिक अधिकृत बताउँछन्।

मुलुकको परराष्ट्र नीतिअनुरुप अनुभूत हुने गरी सन्तुलित र समदूरीको सम्बन्ध देखाउन र उनीहरुको चासोलाई आफनो देशको स्वार्थका आधारमा सम्बोधन गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ ।

राजनीतिक र कूटनीतिक संयन्त्रबाहेक सैनिक–सैनिकबीच संयन्त्र विकास गरी वार्ताका माध्यमबाट वर्तमान समस्याको समाधान खोज्न सकिन्छ भन्ने एकखाले मत रहे पनि यो विषयलाई  राजनीतिक आँखाले हेरिएकाले समस्या समाधान गर्न दुवै देशका राजनीतिक नेतृत्वको सहमति आवश्यक हुनेछ ।

सेनाध्यक्ष नरवाणेको भ्रमण तयारीलाई गर्नु पर्ने सुरक्षालगायतका सबै आवश्यक तयारी सूक्ष्म ढङ्गले गरिएको र उनीसँगको छलफल दुई सेनाबीचको सम्बन्ध र सहयोगका विविध आयाममा केन्द्रित रहने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। 

 नेपाली सेनाले जनरल नरवाणेको भ्रमण दुई देशका सेनापतिको मानार्थ महारथी ग्रहण गर्ने परम्पराको निरन्तरता भने पनि लामो समयदेखि गतिरोध भएको संवादलाई नियमित गर्न नेपाल–भारतबीच सम्बन्धका विविध पाटोमा गहन छलफल हुने अपेक्षा गरिएको छ।रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  ०६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई २५ ह... बिहीबार, वैशाख २४, २०८३
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्दा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत प्रतिवादी बनाइएको छ । यस्तै द... बिहीबार, वैशाख २४, २०८३
काठमाडौंका २६ सय ८७ घरमा डोजर चलाउँदा १५ हजार बढी विस्थापित जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरण अनुसार सुकुमबासी बस्ती खाली गराउने अभियानअन्तर्गत २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो ।... बिहीबार, वैशाख २४, २०८३
ताजा समाचारसबै
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
काठमाडौंका २६ सय ८७ घरमा डोजर चलाउँदा १५ हजार बढी विस्थापित बिहीबार, वैशाख २४, २०८३
देव खनालको अर्धशतकीय पारीमा नेपाल ‘ए’ले दियो स्कटल्यान्डलाई २७८ रनको बलियो लक्ष्य बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्