सिरहा- बोक्सी भन्दै छोराले कुटपिट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ। छोराको कुटाइबाट घाइते ७५ वर्षीया सुदामादेवी साह सोनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
गत मंगलबार कान्छो छोरा रामअवतार साहको कुटपिटबाट घाँटीमा गम्भीर चोट लागेर घाइते सुदामादेवीको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बोक्सीको आरोपमा कुटपिट गरी आमाको हत्या गरेका आरोपी रामअवतारलाई पक्राउ गरिएको र उनीमाथि कानूनी कारवाही अघि बढाइएको प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।