कास्की- गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले तनहुँको बन्दीपुरमा निर्माणाधीन इलाका प्रहरी कार्यालयको भवनको शनिबार अनुगमन गरेका छन्। हालसम्मको प्रगति विवरण बुझ्नका मन्त्री चुमानले भवनको अनुगमन गरेका हुन्।
अनुगमनपछि मन्त्री चुमानले समयमै गुणस्तरीय भवन निर्माण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।
विसं २०७६ फागुन १७ गते सम्झौता भएको भवन २०७७ फागुन १७ गतेभित्र सम्पन्न गर्ने म्याद रहेको छ । रु तीन करोड ३२ लाखमा काभ्रेस्थित ब्राइट मल्टी कन्स्ट्रक्सनले भवन निर्माणको ठेक्का पाएको छ।
प्रदेश सरकारले बन्दीपुरका साथै आँबुखैरेनी र घिरिङमा पनि प्रहरी कार्यालयको भवनका लागि बजेट विनियोजन गरेको मन्त्री चुमानले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।