स्याङ्जा- स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिकाभित्र काम गर्ने मजदुरका लागि मजदुर सञ्चय कोष स्थापना गरेको छ। यस्तो पहल सम्भवतः स्थानीय तहस्तरमा मुलुकमै पहिलो हो।
गाउँपालिकाले सञ्चय कोषमा सूचीकृत हुँन समेत मजदुरलाई आग्रह गरेको छ। दुःख गरेर अरुको लागि खट्ने मजदुरहरुलाई अप्ठेरोमा परेका बेला कतैबाट पनि सहयोग नपाउने अवस्था आउने भएकोले सञ्चय कोषको शुरुआत गरिएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए।
पालिकाको मजदुर सञ्चय कोष सञ्चालन कार्यविधि, २०७७ बमोजिम पालिका भित्रका १८ देखि ५९ वर्षका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरलाई लक्षित गरी कोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताए। चालु आर्थिक वर्षमा सार्वजानिक विकास निर्माणका काममा मजदुरलाई संलग्न गराई उनीहरुको बैंक खातामा ज्याला रकमबाट १५ प्रतिशत रकम कट्टा गरिनेछ भने पालिकाले १५ प्रतिशत थप गरिदिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।