• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बालबालिकामा सिसाजन्य पदार्थको असर बढी

64x64
रासस शनिबार, कात्तिक १५, २०७७  १७:२५
1140x725

ललितपुर- बालबालिकामा सिसाजन्य पदार्थको असर बढी पर्ने गरेको पाइएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मनाइरहेको सप्ताव्यापी सिसाजन्य पदार्थको असर तथा रोकथामको अवसर पारेर नेपाल पोलिमर इन्स्टिच्यूटको आयोजना तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), व्यावहारिक विज्ञान तथा प्रविधि केन्द्र (रिकाष्ट) र नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडिआरआइ)को सहआयोजनामा भएको ‘सिसाजन्य तथा टल्कने पदार्थले स्वास्थ्य र वातावरणमा पारेको असर’ विषयक कार्यक्रममा बालबालिकाको दिमाग कलिलो हुने भएकाले उनीहरुमा यस्ता चिजले बढी असर पार्ने गरेको  जानकारी गराइयो।

त्रिचन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक तथा इन्स्टिच्यूटका कोषाध्यक्ष डा. ज्योति गिरीले विभिन्न प्रकारका रङ्ग र मानिसले प्रयोग गर्ने सौन्दर्यका सामग्रीमा सिसाजन्य अर्थात टल्कने प्रदार्थ हुनेहुँदा यसले मानवको शरीरमा असर गर्ने  बताए। उनले भने, ‘यस्ता वस्तुले साना बालबालिकको दिमागमा असर गरेर विभिन्न रोगको सिकार बनाउँछ।’ जमिनमा प्रयोग भएका सिसाजन्य पदार्थले पानी र माटो हुँदै उत्पादन भएको अन्नमा समेत प्रभाव पार्न नछाड्ने गिरीको भनाइ छ।

मोबाइलको ब्याट्री, रङ्ग उद्योग, बालबालिकाले खेल्ने खेलौना, घरमा प्रयोग गरिने काठपात तथा हस्तकला र गरगहना आदिमा पोतिने चिजमा पनि सिसाजन्य पदार्थको प्रयोग हुने गर्छ। यसको असरलाई थप बढवा दिन उद्योग र कलकारखानाबाट निस्कने धुँवा, मलखाद र विषादी थप मद्दत गर्ने जानकारको मत छ। जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिइपिएचइडी) का कार्यकारी निर्देशक रामचरित शाहले अन्य वस्तुको तुलनामा घरमा लिपिने रङ्गमा अधिक मात्रामा सिसाजन्य प्रदार्थको प्रयोग हुने जानकारी गराए। उनले भने, ‘नेपाली बजारमा अधिक मात्रामा सिसाजन्य पदार्थ प्रयोग गरिएका रङ्गहरु अहिले पनि उतिकै उत्पादन भइरहेका छन्। यसको नियन्त्रणमा सरकार नै लाग्नुपर्ने देखिन्छ।’ ती रङ्ग उद्योगमा सरकारका प्रतिनिधिले अनुसन्धान गरेर मापदण्ड तोकिदिएमा मात्रै मानवीय जीवनका साथै वातावरणमा पर्ने असर समेत घट्ने शाहले बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद आर्यालले मूलुकमा मोबाइल प्रयोगकर्ता बढिरहेको अवस्थालाई उजागर गर्दै यसमा प्रयोग हुने सिसाजन्य प्रदार्थलाई ध्यानमा राखी आवश्यक र सही तवरले मात्र मोबाइल प्रयोग गर्न सुझाव दिए। नेपाल केमिकल सोसाइटीका महासचिव डा.भानुभक्त न्यौपानेले मानिसले दैनिक प्रयोग गर्ने सौन्दर्यका सामग्रीमा सिसाजन्य पदार्थको प्रयोग कति हुनुपर्छ र कति भइरहेको छ भनेर अध्ययन तथा अनुसन्धान गर्न जरुरी रहेको औंल्याए। 

डोको रिसाइकल नामक संस्थाका प्रतिनिधि पंकज पञ्जीयारले नेपालमा काम नलाग्ने ब्याट्री व्यवस्थापनमा समस्या रहेको दुःखेसो पोखे। ‘नेपाली माटोमा एसिड पनि उतिकै पोखिने गरेको हुँदा यसतर्फ पनि कडा नियम बन्न जरुरी छ।’ मूलकका करोडौँ बालबालिकालाई सिसाजन्य पदार्थको जोखिमबाट बचाउने दरो नीति नियम खाँचो भइरहेको पञ्जीयारले बताए। 

रिकाष्टका कार्यकारी निर्देशक रामेश्वर अधिकारीले सिसाजन्य पदार्थको जोखिमबाट मानव र वातावरण दुवैलाई बचाउन रिसाइक्लिङ प्लान्ट र उचित पूर्वाधार व्यवस्था गर्न जरुरी रहेको सुझाव दिए। पूर्वविज्ञान मन्त्री गणेश शाहले यस्ता वस्तुको असरबाट जोगिनुपर्नेमा जोड दिँदै त्यसका लागि सरकारले उचित नियम बनाउनुपर्ने बताए। नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले ती चिजले मानवको दिमागमा समेत असर गर्न नछाड्ने भएकाले यसको प्रदुषण हटाउन विज्ञको सहयोग, सुझाव र सल्लाहका साथसाथै नाष्ट अघि बढ्न चाहेको बताए। कार्यक्रमका अन्य वक्ताले नेपालको पानीमा हालसम्म सिसाजन्य पदार्थ नभेटिएको र रङ्गमा बढि मात्रामा सिसाजन्य पदार्थ भेटिएको हुँदा यसतर्फ सरकारले मापदण्ड तोकेर मात्र उत्पादन र बजार व्यवस्थापन गर्न दिनुपर्ने बताए।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई २५ ह... बिहीबार, वैशाख २४, २०८३
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्दा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत प्रतिवादी बनाइएको छ । यस्तै द... बिहीबार, वैशाख २४, २०८३
काठमाडौंका २६ सय ८७ घरमा डोजर चलाउँदा १५ हजार बढी विस्थापित जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरण अनुसार सुकुमबासी बस्ती खाली गराउने अभियानअन्तर्गत २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो ।... बिहीबार, वैशाख २४, २०८३
ताजा समाचारसबै
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
काठमाडौंका २६ सय ८७ घरमा डोजर चलाउँदा १५ हजार बढी विस्थापित बिहीबार, वैशाख २४, २०८३
देव खनालको अर्धशतकीय पारीमा नेपाल ‘ए’ले दियो स्कटल्यान्डलाई २७८ रनको बलियो लक्ष्य बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्