अजरबैजान- अजरबैजानको रक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा क्षेप्यास्त्र नहानेको स्पष्ट पारेको छ। यी दुई देशबीचको विवादास्पद क्षेत्र काराबाखमा अजरबैजानको सेनाले हवाई आक्रमण गरेको र शक्तिशाली क्षेप्यास्त्र हानेको बताइएको थियो।
तर त्यसको अजरबैजानले विरोध गरेको छ। यी दुई देशका बीचमा हालै मात्र नयाँ युद्धविराम भएको थियो। तर सो युद्धविराम पनि पालना नभएको बताइएको छ। यी दुई देशबीचमा युद्धविरामका विषयमा गएको आइतबार मात्र नयाँ खालको सहमति भएको बताइएको थियो। आइतबार मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको बताइए पनि त्यसको पालना हुन नसकेको गुनासो आएको छ।
यसअघि पनि यी दुई देशकाबीचमा जारी द्वन्द्वको युद्धविराम गर्ने सहमति भएको थियो। केही हप्ताअघि रुसी राजधानी मस्कोमा भएको युद्धविरामको सहमतिको पालना नभएपछि अमेरिकी मध्यस्थतामा पछिल्लो युद्धविरामको सहमति भएको थियो।
तर दुई देशका बीचमा पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आक्रमण जारी रहेको बताइएको छ। नोगोर्नो काराबाख क्षेत्रलाई आफ्नो दाबी गर्दै दुवै देशले अडान नछोडेपछि पछिल्लो समयमा यी दुई देशबीच काराबाख क्षेत्रमा युद्ध बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।