काबुल- अफगान सेनाका प्रमुखले तालिबानीहरुले अल कायदा नामक एक आतंककारी सगठनसँग सम्बन्ध राखिरहेको बताएका छन्। उनले अल कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसँग सम्बन्ध राखिरहेको बताएको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका हुन्।
अल कायदा तथा अन्य आतंककारी संगठनहरुसँग तालिबानीहरुले सम्बन्ध राखिरहेको उनले बताएका हुन्। यसअघि पनि संयुक्त राष्ट्रसंघीय एक अनुगमनकारी निकायका अधिकारी एडमण्ड फिटन ब्राउनले सो कुराको जानकारी दिएका थिए। उनले पनि तालिबानीहरुले यी आतंककारी संगठनसँग सम्बन्ध राखेको जानकारी दिएका थिए।
अफगान सेनाका प्रमुख यासिन जियाले तालिबानीहरु र अल कायदाका बीचमा अहिले पनि सम्बन्ध रहेको र आपसमा उनीहरुले काम गरिरहेको बुधबार स्थानीय टोलो ज्युजगले जानकारी गराएको हो।
यता अल कायदासँग आफूहरुको कुनै पनि सम्बन्ध नरहेको भन्दै तालिबानीहरुले अमेरिकालाई विश्वस्त गरिरहेको बताइएका बेला यी दुईबीच सम्बन्ध रहेको सार्वजनिक अभिव्यक्ति आएको छ।
हाल तालिबानीहरु अमेरिकाको मध्यस्थतामा अफगानिस्तानको सरकारसँग शान्ति वार्तामा रहेका छन्। उनीहरु शान्ति वार्तामा रहेका बेला यो कुरा सार्वजनिक भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।