गण्डकी- गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ४५९ पुगेको छ। अद्यावधिक विवरणअनुसार शनिबारमात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४७७ पुगेको छ। प्रदेशमा ३ हजार ८१५ जना कोरोना सङ्क्रमित निको भएको निर्देशनालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।