• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२ Sat, May 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
किन मनाउन थालिएको छ महिषासुर सहादत दिवस, के महिषासुर राक्षस नभई राजा थिए?
64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ७, २०७७  १९:०२
1140x725

विजया दशमी, दशैं, दुर्गापूजा, दशहरा, नवरात्री आदि नामले विश्वका हिन्दुहरुले पर्व मनाइरहेका छन्। दुर्गाले 'राक्षस' महिषासुरको हत्या गरेको उत्सवका रुपमा यसलाई मनाइन्छ। तर केही वर्षदेखि भारतका केही ठाउँमा (नेपालमा पनि कहीँकतै) 'महिषासुर साहदत दिवस' मनाउन थालिएको छ। यो मनाउन थालिएको धेरै भएको छैन तर तीव्र रुपमा फैलिरहेको छ। 

सन् २०११ मा दिल्लीमा जेएनयुका विद्यार्थीले सुरु गरेका थिए। त्यसपछि महिषासुरलाई आफ्नो पूर्खा ठान्ने असुर अन्य केही आदिवासी समुदायले यसलाई निरन्तरता दिइरहेका छन्।

झारखन्ड र छत्तीसगढमा असुर समुदायको बाक्लो उपस्थिति छ।  झारखण्डको राजधानी राँचीबाट करिब डेढ सय किलोमिटर टाढा गुमला जिल्लाको सखुआपानी, जोभापाट आदि पहाडि इलामा असुर बस्छन्।  झारखण्डमा असुरको जनसंख्या २२ हजार छ।  

यसैगरी पश्चिम बंगालको तराई इलाकामा पनि यो समुदाय रहेको पाइन्छ। जगन्नाथपुर कलेजमा इतिहास विभागका प्राध्यापक  तथा आदिवासीका विषयमा जानकार जगदीश लोहराका अनुसार असुर बाहेक अन्य आदिवासी समुदायले पनि महिषासुर आफ्नो वंश ठान्छन्। उनीहरु आर्य– अनार्यको लडाइँमा आफ्नो राजा महिषासुर पराजित भएको बताउँछन्। 

उनीहरुले दुर्गापूजालाई आफ्नो अपमान ठान्न थालेका छन्। केही वर्ष पहिले  छत्तीसगढको  कांकेर जिल्लामा  दुर्गापूजा मनाइरहेका आयोजक विरुद्ध मुद्दा दर्ता समेत गरिएको थियो। उनीहरुले आफ्नो समुदायको अपमान गरिएको बताएका थिए र महिषासुरको वधको चित्रणले आफ्नो भावनामाथि ठेस पुगेको बताएका थिए। 

महिषासुर मिथक तथा परम्पराका लेखक प्रमोद रंजन छलकपटमाथि तयार गरिएको असमानतामा आधारित संस्कृति ठान्छन्।  

No description available.

यसलाई गलत इतिहास लेखनको कारण मान्नेहरु केही प्रमाणसहित पेश हुन थालेका छन्। दुर्गा र महिषासुरसँग जोडिएको यो कथा ‘मार्कण्डेय पुराण’ मा छ। इतिहासकार इस्बी सम्बत् २५० देखि ५०० को बीचमा यो घटना भएको मान्छन्।

Ncell 2
Ncell 2

भारतीय इतिहासकार डी.डी कोशाम्बी महिषासुर को पशुपालकका पुजनीय रहेको बताउँछन्। उनले आफ्नो प्राचीन भारतको संस्कृति र सभ्यतामा महिषासुरकफ हत्या  ब्रह्माण धर्ममा महिषासुर मर्दिनी गर्छिन्। 

हिन्दु धर्मग्रन्थमा देवता भनिएकाहरुलाई असुर आदिबासीले विदेशी  आक्रमणकर्ता ठान्छन्। आफ्ना प्रिय राजालाई विदेशी आक्रमणकर्ता पुरुषले नसकेपछि छलकपट गरेर महिला (दुर्गा)लाई लगाएको ठान्छन्। पशु र महिलाको रक्षा गर्ने भएकाले महिषासुरले दुर्गामाथि प्रत्याक्रमण नगरेको उनीहरुको दाबी छ। 

देवताद्वारा  पठाइएकी दुर्गा शुक्ल पक्षको पहिलो दिन महिषासुरको दुर्गमा पुगेकी थिइन्। यसको सातौं दिन रातमा दुर्गाले महिषासुरको दुर्गाको द्वार खोलिदिइन् । देवगण महिषासुरको वरिपरि लुकीरहेका थिए। दुईदिन भयानक युद्ध भएको थियो। अचानक हमला गरेपनि महिषासुर र उनका सेनालाई देवगणले हराउन सकेनन्। त्यसैले नवौं दिन दुर्गालाई अघि राखे। किनभने महिषासुरले पशु र स्त्रीको संरक्षण गर्ने प्रतीज्ञा लिएका थिए । यसको लाभ दुर्गालाई अघि राखेर देवताले उठाएको उनीहरुको किंवदन्ती छ।  यसरी आफ्ना सामाजिक सांस्कृतिक र राजनीतिक नेतृत्वकर्ता महिषासुरको हत्या भएको उनीहरु ठान्छन्।  असुर समुदायकी लेखिका शुषमा असुर महिषासुरको असली नाम हुडुर दुर्गा थियो। उनी महिलामाथि हतियार उठाउँदैनथे। यसकारण दुर्गाले छल गरेर हत्या गरिन्।

आदिबासीका विभिन्न जातिको प्रचलनअनुसार महिषासुर पराजित भएको पाँच दिनपछि उनका अनुयायीले एक विशाल सभा गरेका थिए। उनीहरुले आफ्नो संस्कृति कायम राख्ने र खोसिएको सम्पत्ति फिर्ता लिने संकल्प गरेका थिए। यही दिनलाई महिषासुर साहदत दिवस मनाउनुपर्ने तर्क उनीहरु गरिरहेका छन्।  असुर-श्रमण-बहुजन परम्परामा शरद पूर्णिमा महत्वपूर्ण मानिन्छ। 

भारतको बुन्देलखन्डको महोबाबाट ७० किलोमिटर परेर चौकासोरा गाउँमा भारतीय पुरातत्व विभागद्वारा  संरक्षित महिषासुर स्मारक मन्दिर छ।

महिषासुरलाई आफ्नो पुर्खा ठान्ने असुर पहिले फलामको काम गर्थे। अहिले यो छाडेर खेति र मजदुरी गर्छन्। असुरका गीत,  पौराणिक कथा र रितिरिवाजमा महिषासुर उनका पुर्खा रहेको स्पष्ट हुन्छ। उनीहरु महिषासुरलाई भैसासुर भन्छन्।उनीहरुका अनुसार भैसासुर एक लोकप्रिय र शक्तिशाली राजा थिए। 

असुर समुदायमा  भैंसासुरको आरधाना 
शुषमा असुर यही समुदायकी साहित्यकार र अभियान्ता हुन्। उनी असुर समुदायमा भैंसासुरको पूजा दीपावलीको दिन हुने बताउँछिन्। तर दसैंमा भने उनीहरु शोक मनाउँछन्, आफ्ना राजाको मृत्यु भएकोमा।

उनका अनुसार भैंसासुरको पूजाका लागि दिपावलीको औंशीको दिन बिहान गाइ, भैंसी र बाख्रालाई नुहाएर इरिन्डी नामक घाँस खुवाइन्छ। रात माटोबाट बनाइएको दियो बालिन्छन्। दियोमा रहेका तेल नाभी र छाति र कानमा लगाइन्छ। साढेको सिङमा पनि तेल लगाइन्छ। उनीहरुको मन्त्र हुन्छ– पुर्खालाई नष्ट गर्ने सारा शक्तिको सेवनबाट औषधिले हाम्रो रक्षा र जीवन चलओस्। भालेको बलि दिएर भव्य उत्सव मनाइन्छ। 

साहित्यकार शुषमा असुर भन्छिन्, 'म तपाईंको प्रचलित कथा र धर्मग्रन्थमा हजारचोटी मारिएको छु र अपमानित भएकी छु। केही हाम्री मृत्युबाट विकासको बाटो अघि बढ्छ?' उनी पूर्व धारणा र संस्कृति पुनर्लेखन र पुन: अध्ययन जरुरी रहेको बताउँछिन्। 

'महिषासुरको अर्थ राक्षस होइन'
भारतीय भाषा वैज्ञानिक तथा आलोचक राजेन्द्र प्रसाद सिंहले 'द वायर'मा लामो लेख लेखेर महिषासुरको अर्थ राक्षस नभई राजा भएको उल्लेख गरेका छन्। 

महिषासुर मूल रुपमा 'महिष' र 'असुर' शब्दको मिलनबाट बनेको उनको दाबी छ। महिषको सर्वाधिक पुरानो अर्थ महाशक्तिमान हुन्छ। 

भारतमा जब राजतन्त्रको विकास भयो, तब 'महिष'को नयाँ अर्थ राजा भएको उनी बताउँछन्। त्यसैले अहिले पनि रानीलाई 'महिषी' बताउने गरिएको उनको बुझाइ छ। महिषको अर्थ भैंसी हुनु भाषाविज्ञानमा भएको परिवर्तनको नमूना भएको बताउँछन्। त्यो समय राजा कालो वर्णका अनार्य हुन्थे। यसर्थ महिषको अर्को अर्थ रङका आधारमा भैंसी भएको उनी बताउँछन्।

 यो शब्द तीन चरणमा गुज्रेको उनको दाबी छ पहिले महाशक्तिमान, त्यसपिछ राजा र त्यसपछि भैंसी। जुन समय राजा असुर (कालो वर्णका) हुन्थे। त्यो समय यो शब्द दोस्रो चरणमा गुज्रिरहेको उनको बुझाइ छ। त्यसैले असुरको राजालाई महिषासुर भनिएको उनी बताउँछन्। तर भैंसासुर भने पछि भन्न  थालिएको उनको धारणा छ।

असुर शब्दको पुरानो अर्थ राक्षस नभएको वैदिक कोशका अनुसार प्राणदाता रहेको बताउँछन्। संस्कृत शब्दकोष लेखक वीएस आप्टेले 'असु'को अर्थ 'प्राण' उल्लेख गरेका छन्। असुरको निर्माण 'अ' मा 'सुर' जोडिएर नभइ 'असु'मा 'र' जोडिएर भएको उनको दाबी छ।

(विभिन्न भारतीय सञ्चार माध्यम र अनलाइन स्रोतहरुको सहयोगमा)

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नागरिकमाथि गोली प्रहार गर्नु माओवादी हिंसाको चरम कायरता थियो : सिटौला
भिजिट भिसा प्रकरण : आरोप साँचो सावित भए मन्त्री पदमात्र होइन, राजनीति नै छोड्छुः गृहमन्त्री लेखक
रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
नागरिकमाथि गोली प्रहार गर्नु माओवादी हिंसाको चरम कायरता थियो : सिटौला शनिबार, जेठ १०, २०८२
भिजिट भिसा प्रकरण : आरोप साँचो सावित भए मन्त्री पदमात्र होइन, राजनीति नै छोड्छुः गृहमन्त्री लेखक शनिबार, जेठ १०, २०८२
रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग शनिबार, जेठ १०, २०८२
अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाढीको ठूलो प्रकोप, हजारौं घर प्रभावित शनिबार, जेठ १०, २०८२
भिजिट भिसा प्रकरणमा गृहको आपत्ति - कुनै संलग्नता छैन, अख्तियारले छानबिन गरिरहेकाे छ शनिबार, जेठ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
लामिछाने र जोशीको मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्