• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

किन मनाउन थालिएको छ महिषासुर सहादत दिवस, के महिषासुर राक्षस नभई राजा थिए?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ७, २०७७  १९:०२
1140x725

विजया दशमी, दशैं, दुर्गापूजा, दशहरा, नवरात्री आदि नामले विश्वका हिन्दुहरुले पर्व मनाइरहेका छन्। दुर्गाले 'राक्षस' महिषासुरको हत्या गरेको उत्सवका रुपमा यसलाई मनाइन्छ। तर केही वर्षदेखि भारतका केही ठाउँमा (नेपालमा पनि कहीँकतै) 'महिषासुर साहदत दिवस' मनाउन थालिएको छ। यो मनाउन थालिएको धेरै भएको छैन तर तीव्र रुपमा फैलिरहेको छ। 

सन् २०११ मा दिल्लीमा जेएनयुका विद्यार्थीले सुरु गरेका थिए। त्यसपछि महिषासुरलाई आफ्नो पूर्खा ठान्ने असुर अन्य केही आदिवासी समुदायले यसलाई निरन्तरता दिइरहेका छन्।

झारखन्ड र छत्तीसगढमा असुर समुदायको बाक्लो उपस्थिति छ।  झारखण्डको राजधानी राँचीबाट करिब डेढ सय किलोमिटर टाढा गुमला जिल्लाको सखुआपानी, जोभापाट आदि पहाडि इलामा असुर बस्छन्।  झारखण्डमा असुरको जनसंख्या २२ हजार छ।  

यसैगरी पश्चिम बंगालको तराई इलाकामा पनि यो समुदाय रहेको पाइन्छ। जगन्नाथपुर कलेजमा इतिहास विभागका प्राध्यापक  तथा आदिवासीका विषयमा जानकार जगदीश लोहराका अनुसार असुर बाहेक अन्य आदिवासी समुदायले पनि महिषासुर आफ्नो वंश ठान्छन्। उनीहरु आर्य– अनार्यको लडाइँमा आफ्नो राजा महिषासुर पराजित भएको बताउँछन्। 

उनीहरुले दुर्गापूजालाई आफ्नो अपमान ठान्न थालेका छन्। केही वर्ष पहिले  छत्तीसगढको  कांकेर जिल्लामा  दुर्गापूजा मनाइरहेका आयोजक विरुद्ध मुद्दा दर्ता समेत गरिएको थियो। उनीहरुले आफ्नो समुदायको अपमान गरिएको बताएका थिए र महिषासुरको वधको चित्रणले आफ्नो भावनामाथि ठेस पुगेको बताएका थिए। 

महिषासुर मिथक तथा परम्पराका लेखक प्रमोद रंजन छलकपटमाथि तयार गरिएको असमानतामा आधारित संस्कृति ठान्छन्।  

No description available.

यसलाई गलत इतिहास लेखनको कारण मान्नेहरु केही प्रमाणसहित पेश हुन थालेका छन्। दुर्गा र महिषासुरसँग जोडिएको यो कथा ‘मार्कण्डेय पुराण’ मा छ। इतिहासकार इस्बी सम्बत् २५० देखि ५०० को बीचमा यो घटना भएको मान्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय इतिहासकार डी.डी कोशाम्बी महिषासुर को पशुपालकका पुजनीय रहेको बताउँछन्। उनले आफ्नो प्राचीन भारतको संस्कृति र सभ्यतामा महिषासुरकफ हत्या  ब्रह्माण धर्ममा महिषासुर मर्दिनी गर्छिन्। 

हिन्दु धर्मग्रन्थमा देवता भनिएकाहरुलाई असुर आदिबासीले विदेशी  आक्रमणकर्ता ठान्छन्। आफ्ना प्रिय राजालाई विदेशी आक्रमणकर्ता पुरुषले नसकेपछि छलकपट गरेर महिला (दुर्गा)लाई लगाएको ठान्छन्। पशु र महिलाको रक्षा गर्ने भएकाले महिषासुरले दुर्गामाथि प्रत्याक्रमण नगरेको उनीहरुको दाबी छ। 

देवताद्वारा  पठाइएकी दुर्गा शुक्ल पक्षको पहिलो दिन महिषासुरको दुर्गमा पुगेकी थिइन्। यसको सातौं दिन रातमा दुर्गाले महिषासुरको दुर्गाको द्वार खोलिदिइन् । देवगण महिषासुरको वरिपरि लुकीरहेका थिए। दुईदिन भयानक युद्ध भएको थियो। अचानक हमला गरेपनि महिषासुर र उनका सेनालाई देवगणले हराउन सकेनन्। त्यसैले नवौं दिन दुर्गालाई अघि राखे। किनभने महिषासुरले पशु र स्त्रीको संरक्षण गर्ने प्रतीज्ञा लिएका थिए । यसको लाभ दुर्गालाई अघि राखेर देवताले उठाएको उनीहरुको किंवदन्ती छ।  यसरी आफ्ना सामाजिक सांस्कृतिक र राजनीतिक नेतृत्वकर्ता महिषासुरको हत्या भएको उनीहरु ठान्छन्।  असुर समुदायकी लेखिका शुषमा असुर महिषासुरको असली नाम हुडुर दुर्गा थियो। उनी महिलामाथि हतियार उठाउँदैनथे। यसकारण दुर्गाले छल गरेर हत्या गरिन्।

आदिबासीका विभिन्न जातिको प्रचलनअनुसार महिषासुर पराजित भएको पाँच दिनपछि उनका अनुयायीले एक विशाल सभा गरेका थिए। उनीहरुले आफ्नो संस्कृति कायम राख्ने र खोसिएको सम्पत्ति फिर्ता लिने संकल्प गरेका थिए। यही दिनलाई महिषासुर साहदत दिवस मनाउनुपर्ने तर्क उनीहरु गरिरहेका छन्।  असुर-श्रमण-बहुजन परम्परामा शरद पूर्णिमा महत्वपूर्ण मानिन्छ। 

भारतको बुन्देलखन्डको महोबाबाट ७० किलोमिटर परेर चौकासोरा गाउँमा भारतीय पुरातत्व विभागद्वारा  संरक्षित महिषासुर स्मारक मन्दिर छ।

महिषासुरलाई आफ्नो पुर्खा ठान्ने असुर पहिले फलामको काम गर्थे। अहिले यो छाडेर खेति र मजदुरी गर्छन्। असुरका गीत,  पौराणिक कथा र रितिरिवाजमा महिषासुर उनका पुर्खा रहेको स्पष्ट हुन्छ। उनीहरु महिषासुरलाई भैसासुर भन्छन्।उनीहरुका अनुसार भैसासुर एक लोकप्रिय र शक्तिशाली राजा थिए। 

असुर समुदायमा  भैंसासुरको आरधाना 
शुषमा असुर यही समुदायकी साहित्यकार र अभियान्ता हुन्। उनी असुर समुदायमा भैंसासुरको पूजा दीपावलीको दिन हुने बताउँछिन्। तर दसैंमा भने उनीहरु शोक मनाउँछन्, आफ्ना राजाको मृत्यु भएकोमा।

उनका अनुसार भैंसासुरको पूजाका लागि दिपावलीको औंशीको दिन बिहान गाइ, भैंसी र बाख्रालाई नुहाएर इरिन्डी नामक घाँस खुवाइन्छ। रात माटोबाट बनाइएको दियो बालिन्छन्। दियोमा रहेका तेल नाभी र छाति र कानमा लगाइन्छ। साढेको सिङमा पनि तेल लगाइन्छ। उनीहरुको मन्त्र हुन्छ– पुर्खालाई नष्ट गर्ने सारा शक्तिको सेवनबाट औषधिले हाम्रो रक्षा र जीवन चलओस्। भालेको बलि दिएर भव्य उत्सव मनाइन्छ। 

साहित्यकार शुषमा असुर भन्छिन्, 'म तपाईंको प्रचलित कथा र धर्मग्रन्थमा हजारचोटी मारिएको छु र अपमानित भएकी छु। केही हाम्री मृत्युबाट विकासको बाटो अघि बढ्छ?' उनी पूर्व धारणा र संस्कृति पुनर्लेखन र पुन: अध्ययन जरुरी रहेको बताउँछिन्। 

'महिषासुरको अर्थ राक्षस होइन'
भारतीय भाषा वैज्ञानिक तथा आलोचक राजेन्द्र प्रसाद सिंहले 'द वायर'मा लामो लेख लेखेर महिषासुरको अर्थ राक्षस नभई राजा भएको उल्लेख गरेका छन्। 

महिषासुर मूल रुपमा 'महिष' र 'असुर' शब्दको मिलनबाट बनेको उनको दाबी छ। महिषको सर्वाधिक पुरानो अर्थ महाशक्तिमान हुन्छ। 

भारतमा जब राजतन्त्रको विकास भयो, तब 'महिष'को नयाँ अर्थ राजा भएको उनी बताउँछन्। त्यसैले अहिले पनि रानीलाई 'महिषी' बताउने गरिएको उनको बुझाइ छ। महिषको अर्थ भैंसी हुनु भाषाविज्ञानमा भएको परिवर्तनको नमूना भएको बताउँछन्। त्यो समय राजा कालो वर्णका अनार्य हुन्थे। यसर्थ महिषको अर्को अर्थ रङका आधारमा भैंसी भएको उनी बताउँछन्।

 यो शब्द तीन चरणमा गुज्रेको उनको दाबी छ पहिले महाशक्तिमान, त्यसपिछ राजा र त्यसपछि भैंसी। जुन समय राजा असुर (कालो वर्णका) हुन्थे। त्यो समय यो शब्द दोस्रो चरणमा गुज्रिरहेको उनको बुझाइ छ। त्यसैले असुरको राजालाई महिषासुर भनिएको उनी बताउँछन्। तर भैंसासुर भने पछि भन्न  थालिएको उनको धारणा छ।

असुर शब्दको पुरानो अर्थ राक्षस नभएको वैदिक कोशका अनुसार प्राणदाता रहेको बताउँछन्। संस्कृत शब्दकोष लेखक वीएस आप्टेले 'असु'को अर्थ 'प्राण' उल्लेख गरेका छन्। असुरको निर्माण 'अ' मा 'सुर' जोडिएर नभइ 'असु'मा 'र' जोडिएर भएको उनको दाबी छ।

(विभिन्न भारतीय सञ्चार माध्यम र अनलाइन स्रोतहरुको सहयोगमा)

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्