काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच बुधबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायतका विषयमा छलफल भएको छ।
अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले नेपाल अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका छन्।
राजदूत बेरीले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेकामा नेपाललाई धन्यवाद दिँदै अमेरिकाले आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।