हङकङ- हङकङकाे विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले ८ हजार ५ सय रोजगारी कटौती गर्न लागिएको जनाएको छ।
कोरोना भाइरसको महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन पनि नसकिने भएकाले कटौती गर्न लागिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन्।
रोजगारीबाट हटाउन लागिएका कर्मचारीहरुमध्ये पाँच हजार तीन सय जना हङकङमै रहेर काम गर्नेहरु परेका छन्। त्यसबाहेक अरु ६ सय जना अन्य ठाउँमा रहेका कर्मचारीहरुलाई कटौती गर्न लागिएको कम्पनीको भनाइ छ। अरु २ हजार ६ सय पद भने पहिलेदेखि नै खाली रहेको थियो।
कम्पनीको कुल रोजगारीको २४ प्रतिशत रोजगारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।