• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मल्लकालीन कोटभैरवमा सामान्य पूजा

64x64
रासस मंगलबार, कात्तिक ४, २०७७  १८:०७
1140x725

कास्की- पोखरा महानगरपालिका–३३ को भरतपोखरीमा अवस्थित मल्लकालीन कोटभैरव मन्दिरमा कोरोना महामारीलाई लक्षित गरी सामान्य पूजामात्र सञ्चालन गरिएको छ। कोरोना भाइरसको महामारी फैलिन सक्ने अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाका शक्ति पीठ एवं मठमन्दिरमा नवदुर्गाका अवसरमा नित्यपूजाबाहेक दर्शनका लागि मन्दिर तथा शक्तिपीठ सञ्चालमा रोक लगाइसकेको छ।

परम्पराको निरन्तरताका लागि कोटभैरव मन्दिरमा नित्य पूजा गरिए पनि प्रशासनको निर्णयलाई आत्मसात् गर्दै बाह्य दर्शनार्थीका लागि भने पूजाआजामा रोक लगाइएको कोटभैरव मन्दिर संरक्षण तथा सम्बर्द्धन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए। पर्यटकीयस्थल पोखराको दक्षिण भेगमा रहेको यो मन्दिर भूकम्पले क्षतिग्रस्त बनाएपछि प्यागोडाशैलीमा नयाँ स्वरुपमा बनाइएको छ। मल्लकालीन समयदेखि अस्तित्वमा आएको मन्दिरको ऐतिहासिक एवं यहाँको सांस्कृतिक महत्वसमेतलाई उजागर गर्ने गरी प्राचीन कलायुक्त मन्दिर निर्माण गर्न लागिएको र निर्माणकार्य जारी रहेको समितिले जनाएको छ। पुनःनिर्माणका क्रममा जग खन्दा ठूलाठूला ढुङ्गाका बीचमा इँटा राखेर त्यहाँ कालो माटोले टालेको अवस्थामा फेला परेको थियो।

तत्कालीन समयदेखि नै मन्दिरको नियमित पूजाआजाका लागि गुठी जग्गा व्यवस्था गरिए पनि पछिल्ला समयमा बढ्दै गएको कृषिप्रतिको अनिच्छाका कारण ती जग्गा बाँझै छन्। मन्दिरमा विभिन्न जातजातिका लागि गुठी जग्गा छुट्याइएको थियो। गुठी जग्गामा खेती नगरिएका कारण समितिका लागि नियमित पूजाआजा खर्चिलो बन्दै गएको छ।

देशका ठूलाठूला शक्तिपीठमा जस्तै कोटभैरव मन्दिरमा मगर पुजारीका साथै ब्राह्मण पूजारीले पूजा गर्ने प्रचलन छ। नवदुर्गाका अवसरमा मगर पुजारीले मन्दिरको सरसफाइलगायत अन्य पूजाआजा गर्ने र ब्राह्मण पुजारीले सप्तशती पाठ गर्ने प्रचलन रहेको समितिका उपाध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार कोटभैरवमा साउने सङ्क्रान्तिमा सामूहिकरुपमा लुतो फालिन्छ भने आश्विन शुक्ल पक्ष (बडादसैँ) र चैत्र शुक्ल पक्ष (चैते दसैँ) मा विशेष पूजा गरिन्छ। देशका अन्य शक्तिपीठमा जस्तै बडादशैँमा विधिवत् घटस्थापना गरी फूलपाती भित्र्याउने, महाअष्टमी कालरात्रि, महानवमीको विशेष पूजा गरी विजया दशमीका दिन सामूहिक टीका, प्रसाद लगाउने प्रचलन छ। कोटभैरव मन्दिरको नाममा झण्डै १०० भन्दा बढी रोपनी गुठी जग्गा रहेको र त्यसको यकिन तथ्याङ्क निकाल्ने प्रयास पनि भइरहेको समितिका सचिव कमलप्रसाद पौडेलले जानकारी दिए। कोटभैरव मन्दिर धार्मिक तीर्थस्थलका साथै पर्यटकीयस्थल पनि रहेको र यसलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्ने समितिको पहल रहेको सचिव पौडेलको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

वरपर भिरालो र बीचमा उच्च भूभागमा अवस्थित रमणीय मन्दिर परिसरबाट माछापुच्छ्रे हिमालका साथै कास्की, तनहुँ, लमजुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जालगायत जिल्ला एकैसाथ अवलोकन गर्न सकिन्छ। यहाँ नजिकै रहेको हुडिकोटबाट त पोखराको फेवातालसहित सात तालको शहर उपमा पाएको लेखनाथलाई सजिलै हेर्न सकिन्छ।

दर्शन गरेमा चिताएको पुग्ने जनविश्वाससमेतले पोखरासहित आसपासका जिल्लाबाट कोटभैरव पुगेका दर्शनार्थीले यहाँबाट देखिने मनोरम दृश्यको अनुपम स्वादमा रमाउने गर्दछन्। समुद्री सतहबाट एक हजार १६५ मिटरको उचाइमा रहेको मन्दिर नेपालका बाइसे चौबीसे राजाको पालादेखिनै यस क्षेत्रको महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको सचिव पौडेलले बताए।

‘हामी यकीन इतिहासको खोजीमा छौं, हालसम्मका अभिलेख तथा प्रमाण खोज्ने क्रममा मन्दिरमा विसंं १९३२ मा स्थापना गरिएको घण्टी फेला परेको छ,’ उनले भने, ‘मन्दिरको ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वलाई समेत उजागर गर्ने समितिको लक्ष्य छ।’ पोखराबाट लगभग १७ किलोमिटर टाढा पर्ने यस मन्दिर जाने मुख्य चोक मनियलडाँडासम्म कालोपत्रे सडकका कारण दर्शनार्थीलाई सहज भएको उनले बताए।

चौबीसै घण्टा शीतल हावा लागिरहने यहाँ बर्खा होस् वा हिउँद जुनसुकै समयमा वरपरका क्षेत्रमा हुस्सु, कुइरो लाग्दासमेत सधैं खुल्नु यहाँको विशेषता हो।

विगतका वर्षमा नवदुर्गाका अवसरमा टाढाटाढाबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरे पनि कोरोना भाइरसको महामारी र प्रशासनसमेतको आग्रहअनुरुप टाढाटाढाबाट आउने दर्शनार्थीलाई यस वर्ष भने दर्शनमा रोक लगाइएको सचिव पौडेलले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, भदौ ८, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै सोमबार, भदौ ८, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्