परासी- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दसैँको अवसरमा सम्पूर्ण प्रदेशबासीमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका छन्।
मुख्यमन्त्री राउतले आइतबार शुभकामना व्यक्त गर्दै कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सजग भई दसैँ मनाउन आग्रह गरेका छन्। उनले कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको वर्तमान अवस्थामा सङ्क्रमणको अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा अपनाई पूजा आराधनामा सहभागी हुन प्रदेशबासीलाई आग्रहसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।