काबुल- एक संयुक्त राष्ट्रसंघीय अधिकारीले तालिबानीहरुले अल कायदा नामक एक आतंककारी सगठनसँग सम्बन्ध राखिरहेको बताएका छन्।
अल कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसँग सम्बन्ध राखिरहेको ती अधिकारीले जनाएका हुन्।
अल कायदा र तालिबानी सम्बन्धको संयुक्त राष्ट्रसंघीय अनुगमनसम्बन्धी निकायका एकजना अधिकारी एडमण्ड फिटन ब्राउनले सो कुराको जानकारी दिएका हुन्।
उनले तालिबानीहरु र अल कायदाका बीचमा अहिले पनि राम्रो सम्बन्ध रहेको र आपसमा उनीहरुले काम गरिरहेको जानकारी दिएका हुन्।
यता अल कायदासँग आफूहरुको कुनै पनि सम्बन्ध नरहेको भन्दै तालिबानीहरुले अमेरिकालाई विश्वस्त गरिरहेको बताइएका बेला उता ती संयुक्त राष्ट्रसघीय अधिकारीले यी दुईबीच सम्बन्ध रहेको सार्वजनिक अभिव्यक्ति दिएका हुन्।
हाल तालिबानीहरु अमेरिकाको मध्यस्थतामा अफगानिस्तानको सरकारसँग शान्ति वार्तामा रहेका छन्। उनीहरु शान्ति वार्तामा रहेका बेला यो कुरा सार्वजनिक भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।