• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भुइँमान्छेका अभिनेता ओम पुरी 

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ३, २०७७  ०८:३०
1140x725

एजेन्सी-‘जुन कला आम दर्शकमाझ पुग्न सक्दैन, जसको कुनै सामाजिक उद्देश्य हुँदैन, म त्यसलाई कला नै मान्दिनँ,’ अभिनेता ओम पुरीले फिल्मको पर्दामा बाहेक आफ्नो वास्तविक जिन्दगीमा पनि कैयौँपटक यस्तो भनेका थिए।

सन् १९८४ मा रिलिज भएको फिल्म ‘पार्टी’मा पत्रकार अविनाशको भूमिका निर्वाह गर्दैगर्दा पनि उनले भनेका थिए, ‘मेरो विचारमा आम दर्शकसँग जोडिने हरेक कलात्मक रचना, नाटक उपन्यास या फिल्म सामाजिक वा राजनीतिक संघर्षको बलिया हतियार हुन्।’ 

यही विचार उनले निर्वाह गरेका सयौँ पात्रमा झल्किन्छ। करिब चार दशक लामो आफ्नो अभिनय यात्रामा उनले कयौं यस्ता पात्रको भूमिका निर्वाह गरे जसले विभिन्न सामाजिक मुद्दालाई छोयो र दर्शकलाई सोच्न बाध्य बनायो। 

ओम पुरीले अभिनयको परिभाषा नै परिर्वतन गरिदिए। उनको जन्म १८ अक्टुवर १९५० मा पञ्जावको अंबालामा भएको थियो । उनको जीवन चरम गरिबीमा बितेको थियो। उनले एक अन्र्तवार्तामा भनेका थिए–जब म ६ वर्षको थिएँ, घरमा खान नपुगेर ढावामा भाडा माझ्थेँ। 

उनलाई सानैदेखि अभिनयको शोख थियो। त्यसैलाई पुरा गर्न आफ्नो अध्ययनलाई निरन्तर राखे। आफ्नो प्रारम्भिक पढाई पुरा गरेपछि अभिनय स्कुलमा भर्ना भए। नेशनल स्कुल अफ ड्रामामा भर्ना भएर औपचारिक रुपमा अभिनय सिक्ने भोकलाई मेटाउन थाले।  आफ्नो जीवन्त अभिनयका माध्यमबाट उनी सधैं भुइँमान्छेका प्रतिनिधि भएर प्रस्तुत भइरहे। चाहे ‘सिटी अफ जोय’ फिल्ममा रिक्सा चालकको भूमिका निर्वाह गरेर होस् वा ‘सुस्मन’मा कपडा बुन्नेको, उनी सधैं आफ्नो चरित्रमा खरो उत्रिए।

करिब ३ सयभन्दा धेरै फिल्ममा आफूलाई जिवन्त उतारेका ओम पुरी वास्तवमै बहुमुखी प्रतिभाका धनी थिए। चाहे कला सिनेमा होस् या व्यवसायिक उनले सधैँ दर्शकमाझ आफ्नो बलियो छाप छाडे। उनले पर्दामा निर्वाह गरेका भूमिका चाहे सहायक होस् या प्रमुख, हलबाट बाहिर निस्किएपछि पनि सम्झनलायक हुन्थ्यो। उनको गम्भीर आवाज र आँखाले दर्शकलाई सधैं लोभ्याइरह्यो।

 यदि आज ओम पुरी जीवित हुन्थे भने आफ्नो ७० औं वसन्त उत्साहपूर्वक मनाइरहेका हुन्थे। आज हामी यिनै अभिनयका जादुगर ओम पुरीको अभिनय करिअरबारे छोटो चर्चा गर्दैछौं।   

nimb
nimb

साधारण अनुहार, असाधारण प्रतिभा
सन् १८ अक्टुबर १९५० मा भारतको अम्बालामा जन्मिएका ओम पुरीको बाल्यकाल निकै कठिनसँग बित्यो। जब उनका बाबु चोरीको झुटो मुद्दामा जेल चलान भए, त्यसपछि उनको आमालाई परिवारको गुजारा टार्न ठूलै समस्या आइलाग्यो। 

यही घटनापछि पुरीको परिवार गरिबीको ठूलो चंगुलमा फस्यो। एक अन्तवार्तामा आफ्नो संघर्षको कथा सुनाउँदै पुरीले भनेका थिए, ‘मलाई मेरी आमाले सधैँ चियापसलमा काम गर्न पठाउनुहुन्थ्यो ताकि घरको एक छाकको खाना त्यसैबाट प्राप्त पारिश्रमिकले टरोस्। त्यो समयमा मैले ढावाको जुठो भाँडा पनि माझेको छु।’

चरम गरिबीकै कारण ओम र उनका भाइले रेल्बे ट्रयाकमा रेलबाट खस्ने कोइला जम्मा गरेर बेच्ने कामसमेत गरे। 

यसरी आफ्नो स्कुलको पढाई सकाएपछि ओमले ‘इभिनिङ कलेज’ पढ्न सुरु गरे।  दिउँसो उनी त्यही कलेजमा ल्याब असिस्टेन्टका रुपमा काम गर्थे, साँझ त्यही पढ्थे। 

कलेज पढ्दापढ्दै उनको जीवनले नयाँ मोड लियो। ‘एक पटक मैले कलेजको युथ फेस्टिवलमा भएको एउटा नाटकमा भाग लिएको थिएँ,’ जीवनको त्यो नयाँ घुम्तीबारे एक अन्तर्वार्तामा ओमले भनेका थिए, ‘त्यतिबेला मैले उत्कुष्ट भएर पहिलो पुरस्कार पाएँ। पन्जाब कला मन्चका प्रसिद्ध रंगकर्मी हरपाल तिवाना पनि त्यहाँ निर्णायकका रुपमा उपस्थित थिए। उनले त्यतिबेला मलाई तिमी हाम्रो नाट्य संस्थामा भर्ना किन हुँदैनौ भनेर प्रश्न गरेका थिए। जवाफमा मैले उनलाई भनेको थिएँ, म दिनमा काम गरेर १ सय २५ रुपैयाँ कमाउँछु। जवाफ सुनेर तिवानाजीले ‘म तिमीलाई १ सय ५० रुपैयाँ दिन्छु भनेर प्रस्ताव राख्नुभयो। यहीँबाट मेरो जिन्दगीले नयाँ यात्रा तय गर्‍यो– अभिनय यात्रा।’  

पछि उनी सरकारी क्लर्कको जागिर छाडेर नेसनल स्कुल अफ ड्रामा (एनएसडी)मा आइपुगे। अनुहारमा बिफरको दागैदाग, थेप्चो नाक अनि बोलिचालीमा पन्जाबी प्रभाव रहेको एउटा साधारण अनुहारलाई बलिउडको अभिनेता बन्न कुनै पनि दृष्टिबाट सहज थिएन। 

‘म पन्जाबी माध्यम स्कुलबाट आएको थिएँ, न अंग्रेजी बोल्न आउँथ्यो, न बुझ्थे,’ आफू एनएसडीमा रहँदाका ती दिन सम्झँदै ओमले भनेका थिए, ‘त्यसैले म एनएसडीबाट भाग्न चाहन्थे। तर मेरो गुरु इब्राहिम अल्काजीले मलाई ‘तँ यो गर्न सक्छस्’ भनेर सम्झाए। केही बुझिनस् भने मलाई अप्ठेरो नमानी सोध्नु भनेर आडभरोसा दिए। त्यसपछि मैले कहिल्यै पछाडि फर्केर हेर्नु परेन।’ 

एनएसडीपछि पुरीले एफटीआइआई पुणेमा भर्ना हुनका अडिसन दिए। अभिनेता पुरीबारे पत्नी नन्दिता दासले लेखेको किताब ‘अनलाइकली हिरो’मा उल्लेख छ,‘त्यतिबेला उनको अनुहारलाई लिएर टिप्पणी गरिएको थियो– न तिम्रो अनुहार हिरोजस्तो छ, न भिलेन, न कमेडियन।’ 

ओम पुरीलाई पनि यो थाहा थियो कि यस्तो साधारण अनुहारलाई परम्परागत सिनेमाको कलाकार बन्न सहज छैन। उनले भनेका थिए, ‘त्यसैले मैले श्याम बेनेगललाई छाडेर अन्य कोही निर्देशकसँग कामको अफर लिएर गइनँ।’

बेनेगलसँग पुरीले कयौं फिल्ममा काम गरे। पुरी निकै मिहनेती र अभिनयप्रति पूर्ण समर्पित कलाकार थिए, त्यसैले निर्देशक बेनेगल उनीसँग कायल थिए। 

उनले एक पटक भनेका थिए, ‘सन् १९८१ मा हामीले पहिलोपटक एउटा फिचर फिल्ममा सँगै काम गरेका थियौँ, जसमा उनको प्रमुख भूमिका थियो। ‘आरोहण’को सुटिङ कोलकातामा भएको थियो। त्यहाँ उनले सानदार अभिनय गरेका थिए। यही फिल्मबाट उनलाई पहिलो राष्ट्रिय पुरस्कारसमेत मिल्यो।’  

आर्ट र कमर्सियल सिनेमाको तालमेल 
विजय तेन्दुलकरको नाटकमा आधारित फिल्म ‘घाँसीराम कोतवाल’बाट आफ्नो अभिनय यात्राको सुरुवात गरेका पुरीले थुप्रै सम्झनलायक हिन्दी फिल्ममा काम गरे। गोविन्द निहलानी, सत्यजित रे, श्याम बेनेगलजस्ता दिग्गज निर्देशकसँगको छत्रछायाँमा उनले कयौँ सम्झनलायक चरित्र निर्वाह गरे।  

चाहे ‘अर्ध सत्य’ मा इमान्दार र भ्रष्ट व्यवस्थाको बीचमा उभिएको प्रहरी अधिकृतको भूमिका होस् या ‘जाने भी दो यारो’ मा बेइमान बिल्डरको भूमिका होस्, उनले हरेक चरित्रमा आफूलाई जिवन्त प्रस्तुत गरे।

आफूले निर्वाह गर्ने पात्रसँग नजिक हुनलाई उनी ‘मेथड एक्टिङ’को अभ्यासमा समेत विश्वास राख्थे। ‘सिटी अफ जोय’ फिल्ममा काम गर्नुअघि उनले कोलकाताका गल्लीहरुमा खुलेरै रिक्सा चलाए, ‘सुस्मन’का लागि कपडा बुने, ‘चाइना गेट’का लागि घोडा चलाउन सिके। 
सुरुवातमा लगातार आर्ट सिनेमामा मात्रै काम गरिरहेका ओमलाई राम्रोसँग हेक्का थियो, यस्तो सिनेमा मात्रै काम गरेर आफ्नो गुजारा चल्नेवाला छैन। ‘आर्ट फिल्ममा काम गरेर कसैले घर बनाउन सक्दैन। तर मुम्बईजस्तो सहरमा आरामको जिन्दगी गुजार्न हरपल पैसा आवश्यक पर्छ। त्यसैले मलाई आर्ट र कमर्सियल सिनेमाबीच सम्झौता गर्न जरुरी थियो,’ एक अन्तर्वार्तामा निकै भावुकतासाथ ओमले यो सत्य बताएका थिए। 

उनको यस्तो पनि मान्यता थियो– सिनेमा धेरैभन्दा धेरै दर्शकमाझ पुग्न जरुरी छ। ‘यदि म ‘अर्ध सत्य’ या ‘तमस’ नाटकका माध्यमबाट दर्शकमाझ पुग्न खोजिरहेको हुन्थेँ भने मेरो पूरै जिन्दगी यही प्रयासमै गुज्रिरहेको हुन्थ्यो,’ उनले भनेका थिए। यद्यपि ओम यस्ता अभिनेता थिए, जो हाँस्य होस् या गम्भीर दुवै खाले भूमिकामा आफूलाई खरो उतार्न सक्थे। ‘हेराफेरी’, ‘मालामाल विकली’, ‘चाची ४२०’ केही यसका प्रमाण हुन्। 

पन्जाबदेखि हलिउडसम्म
अंग्रेजी बोल्न नजान्न, अंग्रेजी नबुझ्ने एउटा कलाकार कुनै दिन अंग्रेजी फिल्ममा काम गर्ला, यो कसैले सोचेको थिएन। न ओमले कहिल्यै  यस्तो कल्पना गरेका थिए। 

त्यसैले त ओम पुरीको जीवन सबैका लागि प्रेरणादायक छ। ‘अर्डर अफ ब्रिटिस एम्पायर’ पाउने उनी पहिलो भारतीय थिए।  

फिल्म ‘इस्ट इज इस्ट’मार्फत् उनी बाफ्टा पुरस्कारका लागि समेत मनोनयनमा परेका थिए। यो पुरस्कारमा मनोनित हुने उनी पहिलो भारतीय थिए। अमेरिकी फिल्मकर्मी बेट्टी जोर्डनले एकपल्ट लेखेका थिए,‘इस्ट इज इस्ट’को सबैभन्दा बलियो पक्ष यसको अभिनय हो।

खासगरी जर्जको भूमिकामा ओम पुरी सानदार देखिएका छन्। एउटा रुढिवादी बाबुको भूमिकामा उनले आफूलाई जिवन्त प्रस्तुत गरेका छन्। जब जर्ज दुःखी हुन्छन्, उनीप्रति दर्शकको सहानुभुति पलाउँदै जान्छ। र, यही नै कलाकारको सबैभन्दा ठूलो सफलता हो।’ 

(‘द प्रिन्ट’ विविसि हिन्दी र आजतकवाट अनुवाद गरिएको )

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ले उनलाई नेपाली स्रोतामाझ पनि... शुक्रबार, भदौ ५, २०८३
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह बिहीबार, भदौ ११, २०८३
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी : अहिलेसम्म ३८९ शव फेला, सबैभन्दा बढी चितवनमा १३७ भेटिए बिहीबार, भदौ ११, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्