धादिङ- गल्छी गाउँपालिका कार्यालय ६ दिनसम्मका लागि बन्द गरिएको छ। गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठसमेत तीन कर्मचारी र दुई स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्द गरिएको हो।
गाउँपालिकाले सबै काम बन्द गरे पनि स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिका स्वास्थ्य सहसंयोजक शिव पौडेलले बताए। गाउँपालिकामा शनिबार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।