राजविराज- महत्वपूर्ण चाड दशैं नजिकिएसँगै कोभिड–१९ संक्रमणलाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, सप्तरीले जिल्लाको शक्तिपिठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
समितिको शुक्रबार बसेको बैठकले शुक्रबार राति ११ बजेदेखि आगामी मङ्सिर ७ गते राति ११ः३० बजेसम्मका लागि निषेधाज्ञाको अवधि कायम गरेको छ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरद्वारा जारी सूचनामा मन्दिरका तर्फबाट गरिने नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण गतिविधि गर्न निषेध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।