नाइजेरिया- नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले गोली हानेर कम्तीमा पनि आठ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन्।
उनीहरुले नाइजेरियाको पश्चिमी एक राज्यको कादुना भन्ने स्थानमा ती गाउँलेको हत्या गरेका हुन्। त्यस गाउँमा ठूलो संख्यामा आएका बन्दुकधारीहरुले गाउँलेको हत्या गरेका समाचारमा जनाइएको छ।
ती अज्ञात बन्दुकधारीहरुले बिहीबार सो गाउँमा पुगेर अन्धाधुन्ध गोली प्रहार गरेर अरु कयौँलाई नराम्ररी घाइते बनाएका पनि सो समाचारमा जनाइएको छ। यसैबीच गएको शुक्रबार पनि सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको थियो। त्यस हिंसामा ती आक्रमणकारीहरुले १२ जनाको हत्या गरेका थिए।
गिवा गाउँको कदाई भन्ने स्थानमा बन्दुकधारीहरुले गाउँलेमाथि हमला गरेका थिए। गत हप्ता पनि सोही गाउँमा नै उनीहरुले हमला गरेका थिए। हतियारधारी आएर बन्दुकले हमला गरेका थिए। उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन्।
ती गाउँमा गएका केही महिनादेखि हिंसाका घटना भइरहेका छन्। तर ती हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।