• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

गंगाको उधारो जिन्दगी 

64x64
निर्मला घिमिरे शुक्रबार, असोज ३०, २०७७  ११:०६
1140x725

काठमाडौं–मैलिएको टिसर्ट। हाफ कट्टु। एकजोर पुराना चप्पल। भारी बोक्दा टाउको नबिझाओस् भनेर बाँधिएको गम्छा। दिन बिट मार्ने तरखरमा छ। उनी पनि कामको बिट मार्ने तर्खरमा छन्। छेवैमा रहेको गिट्टीको थुप्रोबाट भारीको जोहो गरिरहेका छन्। 

‘काम पाउन बहुत गाह्रो छ। यहाँको काम त आजसम्म मात्रै हो। भोलिलाई अन्तै कतै काम दिन्छु भनेको छ। काम हुने भयो भने भरे थाहा हुन्छ’ बोलीमा हिन्दी लबज मिसिएको छ। 

तपाईंको नाम ? 
गंगा माझी 
घर ? 
‘रामखोला स्याङ्जा’ 
यहाँ कता बस्नु हुन्छ ? 
‘यहीँ कलंकी’
कति भयो यो काम थाल्नु भएको ? 
‘१० साल भयो’

बोलीमा मिसिएको हिन्दी लबज र पहिरनबाट गरिएको अनुमानले फेल खान्छ। ‘मैले त तपाईंको घर तराईतिर वा भारत हुनसक्छ भन्ने अनुमान लगाएको थिएँ’ मैले उनलाई सुनाएँ।

‘म माझी हो। इन्डियामै जन्मिएर धेरै समय उतै बसेँ। सबैजसोले यस्तै सोच्नु हुन्छ’ उनी जबर्जस्ती मुस्कुराउँछन्। 

दुःखको भारीले थिचिएर खुसी बटुल्न प्रयासरत गंगा माझीसँग पनि आफ्नै कथा छ। मजदूरी गर्दागर्दै आधाआधी थोत्रिएको जिन्दगीको कथा। थुप्रोको गिट्टी डोकोमा जम्मा गर्दै उनले आफ्नो त्यही कथा सुरु गरे। 

आमाबुबा मजदूरीका लागि भारत गएकाले गंगा भारतमै जन्मिए। हुर्किए पनि त्यहीँ। अध्ययनका लागि पञ्जाबकै एक विद्यालयमा धाए। ४ कक्षासम्म अध्ययन गरे। त्यसपछि उनी विस्तारै मजदूरी गर्न थाले। ‘धेरै पढ्न त पाइएन। ४ वर्ष त म विद्यालय गएको थिएँ। त्यसपछि पढ्नेभन्दा पनि मजदूरी गर्नेतिर लागियो,’ गंगाले सम्झिए। 

Ncell 2
Ncell 2
nimb
nimb

करिब १२ वर्षको उमेरदेखि त उनी आफैँले मजदूरी गर्थे। काठमा आरा लगाउने काम थियो।  उमेर बढ्दै गयो गंगाले  बिहे पनि उतै गरे। एक छोरा र दुई छोरी भए। मजदूरी गरेरै छोराछोरी हुर्काए। दिनभरि काम गर्दा पनि छोराछोरी पढाउन र पेट भर्न मुस्किलले पुग्थ्यो। 
‘जति दुःख गरे पनि केही भएन। बिहान बेलुका पेट भर्नै मुस्किल हुन थाल्यो। अर्काको देशमा कति दुःख गर्ने जस्तो लाग्यो, अनि नेपाल फर्किएँ,’ उनले सुनाए। 

देश फर्किए पनि दुःख फेरिएन। सजिलो काम गर्नलाई पढाइ थिएन। गंगाबहादुरले काठमाडौं फर्किएर ज्यामी काम सुरु गरे। यही काम गरेर छोरीहरुलाई जसोतसो पढाइरहेका छन्। 

‘आफू त पढ्न सकिएन। छोराछोरीलाई पढाउँ भन्यो। परिवार ठूलो छ। जति काम गरे पनि खानलाई नै मुस्किल हुन्छ,’ गंगाले सुस्केरा काडे। छोरा, छोरी श्रीमती र बुहारीसहित ६ जनाको परिवार छ उनको। जेठी छोरी ११ मा पढ्दैछन् कान्छीले यो वर्ष एसइई पास गरिन्। 
कमाउने एक्लै गंगा। हुन त छोरालाई स्वरोजगार बनाउने भनेर गंगाले ४ लाख ऋण काढेर मोटरसाइकल सर्भिस सेन्टर खोलिदिएका छन्। त्यसबाट मनग्य आम्दानी गरेर घर परिवारसँग हाँसिखुसी बस्ने सोचेका थिए गंगाबहादुरले। त्यो राम्रोसँग चलेको भए ज्यामी काम पनि किन गर्नुपथ्र्योे र ? 

तर सोचेजस्तो कहाँ हुनु ? त्यसको ठीकविपरीत भयो। लगानी डुब्दै गयो। ऋणको किस्ता पनि उनी ज्यामी काम गरेरै जोहो गरिरहेका छन्। 

‘भाडा तिर्न पनि पुग्दैन। जसोतसो ज्यामी कामबाट आएको पैसा थपथाप गरेर ३ लाख जति त तिरेँ, अझै १ लाख ऋण बाँकी नै छ,’उनी भन्छन्, ‘किस्मतमा जुन लेखेको छ त्यहीँ पाइने त होला नि।’

ज्यामी काम पनि सोचेजस्तो कहाँ छ र ? बिहानै ६ बजेदेखि काम सुरु गरेर साँझ ६ बजेसम्म १२ घण्टा इँट्टा, बालुवा र गिट्टी बोक्दा १ हजार कमाई हुन्छ। यो काम पनि नियमित भए पो ? एक दिन काम पायो ३ दिन बेरोजगार बस्नुपर्छ। तर अरु विकल्प पनि केही छैन उनीसँग। मिलेसम्म उनी काम गर्छन्। ठेकेदारले पनि दया गरेर काममा बोलाइदिँदा अलि सहज भएको छ उनलाई। 

‘तिम्रो परिवार ठूलो छ भनेर ठेकेदारले हिजोआज चाहिँ काम भएसम्म बोलाइराख्नु भएको छ। त्यहीँ भएर जसोतसो काम पाइरहेको छु तर कोरोनाले गर्दा त बेरोजगार नै भएँ,’ उनले भने। 

कोरोना महामारीका कारण भएको पहिलो पटकको लकडाउनका बेलामा २ महिना उनी बेरोजगार भए। दिनभरि काम गरेर बिहान–बेलुका आफूसहित ६ जनाको परिवारको मुखमा माड लगाउने बाटो ठप्प भयो। कतैबाट राहत भएन। सरकारबाट राहत त पाए तर दुई छाक पनि नपुग्ने। 

‘६ जनाको जहानलाई ५ किलोले २ छाक पनि पुगेन,’ उनी भन्छन्, ’वरपर चिनेको पसलबाट उधारो ल्याएर छाक टारियो।’ 

धन्न वरपर चिनेका पसलले उधारो पत्याएर उधारोमै जिन्दगी चलाइदिए गंगाबहादुरले। नत्र त सप्तरीका मलर सदाजस्तै खानै नपाएर प्राण त्याग्नुपर्ने अवस्था आउन के बेर? यो सहरमा दिनभरि श्रम गरेर बिहान बेलुका चुलो बाल्नेको पीडा सरकारले नबुझे पनि चिनेजानेका केही मनकारीले बुझिदिए। 

‘उधारो नपाएको भए त भोकभोकै मर्नुपर्ने दिन पनि आउने रहेछ,’ उनको मुहारमा अलिकति उज्यालो थपिन्छ, ‘सबै सरकारजस्तै भएको भए खान नपाएर मरिन्थ्यो होला गरिब भए पनि मान्छेहरु दयालु हुँदा उधारोमै भए पनि बाँचियो।’

यो सहरमा मजदूरी गरेर गुजारा गर्ने हरेकको कथा गंगाबहादुरसँग मिल्दोजुल्दो भेटिन्छ, जसको जिन्दगी उधारोमै गुज्रिरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  ११:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्