• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
गंगाको उधारो जिन्दगी 
64x64
निर्मला घिमिरे शुक्रबार, असोज ३०, २०७७  ११:०६
1140x725

काठमाडौं–मैलिएको टिसर्ट। हाफ कट्टु। एकजोर पुराना चप्पल। भारी बोक्दा टाउको नबिझाओस् भनेर बाँधिएको गम्छा। दिन बिट मार्ने तरखरमा छ। उनी पनि कामको बिट मार्ने तर्खरमा छन्। छेवैमा रहेको गिट्टीको थुप्रोबाट भारीको जोहो गरिरहेका छन्। 

‘काम पाउन बहुत गाह्रो छ। यहाँको काम त आजसम्म मात्रै हो। भोलिलाई अन्तै कतै काम दिन्छु भनेको छ। काम हुने भयो भने भरे थाहा हुन्छ’ बोलीमा हिन्दी लबज मिसिएको छ। 

तपाईंको नाम ? 
गंगा माझी 
घर ? 
‘रामखोला स्याङ्जा’ 
यहाँ कता बस्नु हुन्छ ? 
‘यहीँ कलंकी’
कति भयो यो काम थाल्नु भएको ? 
‘१० साल भयो’

बोलीमा मिसिएको हिन्दी लबज र पहिरनबाट गरिएको अनुमानले फेल खान्छ। ‘मैले त तपाईंको घर तराईतिर वा भारत हुनसक्छ भन्ने अनुमान लगाएको थिएँ’ मैले उनलाई सुनाएँ।

‘म माझी हो। इन्डियामै जन्मिएर धेरै समय उतै बसेँ। सबैजसोले यस्तै सोच्नु हुन्छ’ उनी जबर्जस्ती मुस्कुराउँछन्। 

दुःखको भारीले थिचिएर खुसी बटुल्न प्रयासरत गंगा माझीसँग पनि आफ्नै कथा छ। मजदूरी गर्दागर्दै आधाआधी थोत्रिएको जिन्दगीको कथा। थुप्रोको गिट्टी डोकोमा जम्मा गर्दै उनले आफ्नो त्यही कथा सुरु गरे। 

आमाबुबा मजदूरीका लागि भारत गएकाले गंगा भारतमै जन्मिए। हुर्किए पनि त्यहीँ। अध्ययनका लागि पञ्जाबकै एक विद्यालयमा धाए। ४ कक्षासम्म अध्ययन गरे। त्यसपछि उनी विस्तारै मजदूरी गर्न थाले। ‘धेरै पढ्न त पाइएन। ४ वर्ष त म विद्यालय गएको थिएँ। त्यसपछि पढ्नेभन्दा पनि मजदूरी गर्नेतिर लागियो,’ गंगाले सम्झिए। 

करिब १२ वर्षको उमेरदेखि त उनी आफैँले मजदूरी गर्थे। काठमा आरा लगाउने काम थियो।  उमेर बढ्दै गयो गंगाले  बिहे पनि उतै गरे। एक छोरा र दुई छोरी भए। मजदूरी गरेरै छोराछोरी हुर्काए। दिनभरि काम गर्दा पनि छोराछोरी पढाउन र पेट भर्न मुस्किलले पुग्थ्यो। 
‘जति दुःख गरे पनि केही भएन। बिहान बेलुका पेट भर्नै मुस्किल हुन थाल्यो। अर्काको देशमा कति दुःख गर्ने जस्तो लाग्यो, अनि नेपाल फर्किएँ,’ उनले सुनाए। 

देश फर्किए पनि दुःख फेरिएन। सजिलो काम गर्नलाई पढाइ थिएन। गंगाबहादुरले काठमाडौं फर्किएर ज्यामी काम सुरु गरे। यही काम गरेर छोरीहरुलाई जसोतसो पढाइरहेका छन्। 

‘आफू त पढ्न सकिएन। छोराछोरीलाई पढाउँ भन्यो। परिवार ठूलो छ। जति काम गरे पनि खानलाई नै मुस्किल हुन्छ,’ गंगाले सुस्केरा काडे। छोरा, छोरी श्रीमती र बुहारीसहित ६ जनाको परिवार छ उनको। जेठी छोरी ११ मा पढ्दैछन् कान्छीले यो वर्ष एसइई पास गरिन्। 
कमाउने एक्लै गंगा। हुन त छोरालाई स्वरोजगार बनाउने भनेर गंगाले ४ लाख ऋण काढेर मोटरसाइकल सर्भिस सेन्टर खोलिदिएका छन्। त्यसबाट मनग्य आम्दानी गरेर घर परिवारसँग हाँसिखुसी बस्ने सोचेका थिए गंगाबहादुरले। त्यो राम्रोसँग चलेको भए ज्यामी काम पनि किन गर्नुपथ्र्योे र ? 

तर सोचेजस्तो कहाँ हुनु ? त्यसको ठीकविपरीत भयो। लगानी डुब्दै गयो। ऋणको किस्ता पनि उनी ज्यामी काम गरेरै जोहो गरिरहेका छन्। 

‘भाडा तिर्न पनि पुग्दैन। जसोतसो ज्यामी कामबाट आएको पैसा थपथाप गरेर ३ लाख जति त तिरेँ, अझै १ लाख ऋण बाँकी नै छ,’उनी भन्छन्, ‘किस्मतमा जुन लेखेको छ त्यहीँ पाइने त होला नि।’

ज्यामी काम पनि सोचेजस्तो कहाँ छ र ? बिहानै ६ बजेदेखि काम सुरु गरेर साँझ ६ बजेसम्म १२ घण्टा इँट्टा, बालुवा र गिट्टी बोक्दा १ हजार कमाई हुन्छ। यो काम पनि नियमित भए पो ? एक दिन काम पायो ३ दिन बेरोजगार बस्नुपर्छ। तर अरु विकल्प पनि केही छैन उनीसँग। मिलेसम्म उनी काम गर्छन्। ठेकेदारले पनि दया गरेर काममा बोलाइदिँदा अलि सहज भएको छ उनलाई। 

‘तिम्रो परिवार ठूलो छ भनेर ठेकेदारले हिजोआज चाहिँ काम भएसम्म बोलाइराख्नु भएको छ। त्यहीँ भएर जसोतसो काम पाइरहेको छु तर कोरोनाले गर्दा त बेरोजगार नै भएँ,’ उनले भने। 

कोरोना महामारीका कारण भएको पहिलो पटकको लकडाउनका बेलामा २ महिना उनी बेरोजगार भए। दिनभरि काम गरेर बिहान–बेलुका आफूसहित ६ जनाको परिवारको मुखमा माड लगाउने बाटो ठप्प भयो। कतैबाट राहत भएन। सरकारबाट राहत त पाए तर दुई छाक पनि नपुग्ने। 

‘६ जनाको जहानलाई ५ किलोले २ छाक पनि पुगेन,’ उनी भन्छन्, ’वरपर चिनेको पसलबाट उधारो ल्याएर छाक टारियो।’ 

धन्न वरपर चिनेका पसलले उधारो पत्याएर उधारोमै जिन्दगी चलाइदिए गंगाबहादुरले। नत्र त सप्तरीका मलर सदाजस्तै खानै नपाएर प्राण त्याग्नुपर्ने अवस्था आउन के बेर? यो सहरमा दिनभरि श्रम गरेर बिहान बेलुका चुलो बाल्नेको पीडा सरकारले नबुझे पनि चिनेजानेका केही मनकारीले बुझिदिए। 

‘उधारो नपाएको भए त भोकभोकै मर्नुपर्ने दिन पनि आउने रहेछ,’ उनको मुहारमा अलिकति उज्यालो थपिन्छ, ‘सबै सरकारजस्तै भएको भए खान नपाएर मरिन्थ्यो होला गरिब भए पनि मान्छेहरु दयालु हुँदा उधारोमै भए पनि बाँचियो।’

यो सहरमा मजदूरी गरेर गुजारा गर्ने हरेकको कथा गंगाबहादुरसँग मिल्दोजुल्दो भेटिन्छ, जसको जिन्दगी उधारोमै गुज्रिरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  ११:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, कानुन मान्नुपर्छ : सञ्चारमन्त्री प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षे... मंगलबार, असार १०, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्या... शनिबार, जेठ ३१, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक शुक्रबार, असार २०, २०८२
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड शुक्रबार, असार २०, २०८२
बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु शुक्रबार, असार २०, २०८२
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्