• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

गोर्खा ब्रुअरीको एउटा बदमासी, जसलाई साथ दिँदा न्यायाधीशकै जागिर गयो

64x64
नेपाल लाइभ बुधबार, असोज २८, २०७७  ०९:४८
1140x725
गोर्खा ब्रुअरी कम्पनी र इन्सेटमा तत्कालीन न्यायाधीशद्वय जीवनहरि अधिकारी र नरबहादुर शाही।

काठमाडौं- २०७६ जेठको पहिलो साता आन्तरिक राजस्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीमाथि ८८ करोड रूपैयाँ कर निर्धारण गर्‍यो। गोर्खा ब्रुअरीले बियर उत्पादन गर्दा खेर गएको कच्चा पदार्थ (जर्ती) धेरै कटाएको भन्दै कर कार्यालयले २०७३ देखि २०७५ सालसम्मको अन्त:शुल्क बापत यो रकम निर्धारण गरेको थियो। 

कर कार्यालयले कर निर्धारणको सूचना दिएपछि त्यसको १५ दिनभित्र जवाफ बुझाउनुपर्ने कानुनी व्यवस्था छ। कर कार्यालयले जवाफ चित्त नबुझाएर कर निर्धारण गरिदिए आन्तरिक राजस्व विभागका महानिर्देशकसमक्ष पुनरावलोकनका लागि निवेदन दिने कानुनी व्यवस्था छ। 

तर यो सबैलाई लत्याउँदै कम्पनी कर कार्यालयविरुद्ध रिट लिएर उच्च अदालत पोखरा गयो। गोर्खा ब्रुअरीको फ्याक्ट्री हालको नवलपुर जिल्लामा छ भने त्यसलाई हेर्ने कर कार्यालय भरतपुरमा। भरतपुर बागमती प्रदेशमा पर्ने र नवलपुर गण्डकी प्रदेशमा पर्ने भन्दै कम्पनीले कर कार्यालयले क्षेत्राधिकार बाहिर गएर कर निर्धारण गरेको भन्दै रिट दायर गर्‍यो। 

संघीयता कार्यान्वयनपूर्व चितवनमा रहेको कर कार्यालयले नै नवलपरासीका कार्यालय हेर्ने गरी अधिकार दिइएको थियो। संघीयतासँगै चितवन र नवलपरासी अलग-अलग प्रदेशमा परे, यसैलाई आधार बनाएर कम्पनी पोखरा गयो।

उच्च अदालत पोखराका न्यायाधीशद्वय जीवनहरि अधिकारी र नरबहादुर शाहीको संयुक्त इजलाशले कर निर्धारण नगर्न अन्तरिम आदेश जारी गर्‍यो। यही अन्तरिम आदेश लिएर कम्पनीका प्रतिनिधि कर कार्यालय पुगे, कर निर्धारणको प्रक्रिया रोकियो। 

तर, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक विष्णुप्रसाद नेपालले भरतपुरस्थित कार्यालयका प्रमुख शुभप्रसाद रिजाललाई भने, 'अदालतको आदेश त्रुटिपूर्ण छ, कर कानुनकाे मर्म बुझेको पाइएन, पुनरावेदन लिएर सर्वोच्च जानू।' उच्च अदालतको आदेशको विरुद्धमा सरकार सर्वोच्च गयो। 

रिजालले आफ्नो रिटमा उच्च अदालत पोखराले क्षेत्राधिकार नाघेर सुनुवाइ गरेको जिकिर गरेका थिए। दाउन्ने पूर्व आफ्नो क्षेत्राधिकार भएकाले कर निर्धारण गर्ने कानुनी आधार आफूसँग भएको उनको जिकिर थियो। उनले गोर्खा ब्रुअरी कानुनको प्रयोग नगरी अदालत गएको र यो प्रक्रियासम्मत नभएको पनि रिटमा उल्लेख गरेका थिए। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा स्वयंले यो मुद्दा हेरेका थिए। त्यसमा उनले आदेश दिए, ‘प्रादेशिक क्षेत्राधिकारको विषयमा गम्भीर त्रुटि गरी आदेश गरेको देखिएकाले न्यायाधीशहरू रामचन्द्र यादव, जीवनहरि अधिकारी र नरबहादुर शाहीलाई न्याय परिषद ऐन २०७३ बमोजिम आवश्यक छानबिन र कारबाही गर्ने प्रयोजनका लागि उच्च अदालत पोखराबाट जेठ २०  र असार १ गते गरेका आदेशको प्रतिलिपिसमेत साथै राखी न्यायपरिषदमा पठाउनू।’

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश राणाले दिए उच्च अदालतका तीन न्यायाधीशमाथि अनुसन्धान गर्न आदेश बिहीबार, साउन ९, २०७६

सर्वोच्चको आदेशसँगै कर कार्यालयलाई कम्पनीमाथि कर निर्धारण गर्ने बाटो खुल्यो। रिजालले ८७ करोड ९० लाख रूपैयाँ अन्त:शुल्क निर्धारण गरिदिए। बियर उत्पादन गर्दा खेर जाने जर्तीमध्ये २ प्रतिशतसम्मलाई कानुनले मान्यता दिएको छ। तर कम्पनीले त्योभन्दा धेरै जर्ती देखाएर अन्त:शुल्क छली गरेको ठहर कर कार्यालयको छ। त्यसबाट आयकर र मूल्य अभिवृद्धि करसमेत छली भएको कर कार्यालयको दावी छ। 

यही विषयमा न्याय परिषदले २०७६ कात्तिक १ गते न्यायाधीश शाहीलाई पदीय आचरणविपरीत काम गरेको भन्दै सेवाबाट बर्खास्तका लागि सिफारिस गर्ने निर्णय गर्‍यो। परिषदको सिफारिसमा प्रधानन्यायाधीशले न्यायाधीश बर्खास्ती गर्छन्। छानबिनमा तानिएसँगै न्यायाधीशहरू यादव र अधिकारीले भने पहिल्यै राजीनामा दिएका थिए। 

यो पनि पढ्नुहोस्

छानबिनमा तानिएपछि धमाधम राजीनामा दिँदै उच्च अदालतका न्यायाधीशआइतबार, भदौ ८, २०७६

गोर्खा ब्रुअरी फेरि अर्को एउटा विवादमा फसेको छ। कम्पनीले उत्पादन गर्ने बियरमा जौको मात्रा ५० प्रतिशतभन्दा कम रहेको भन्दै आन्तरिक राजस्व विभागले १७ प्रतिशत अल्कोहल हुने रक्सीसरह अन्त:शुल्क लगाउन आन्तरिक राजस्व कार्यालय कावासोती नवलपुरलाई पत्राचार गरेको छ। 

बियरमा प्रतिलिटर १६५ रूपैयाँ अन्तशुल्क लाग्नुपर्नेमा उसका केही उत्पादनमा अब प्रतिलिटर ४६५ रूपैयाँ अन्तशुल्क लाग्नेछ। नेपालमा कम्पनीका टुबोर्ग, काल्सवर्गलगायतका बियर बिक्री भइरहेका छन्। 

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्

गोर्खा ब्रुअरीको बियर गुणस्तरहीन, १७ प्रतिशतभन्दा धेरै अल्कोहल हुने रक्सीसरह कर निर्धारण मंगलबार, असोज २७, २०७७

 

प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  ०९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्