सिओल–शनिबार कोरिया आएका थप ११ नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टिपछि उपचार खर्च भने बिरामीले नै तिर्नुपर्नेछ।
यहाँ बस्दै आएका विदेशीलाई कोरोना संक्रमण पुष्टि भएमा सम्पूर्ण उपचार खर्च सरकारले नै बेहोर्ने भए पनि संक्रमित नेपाली विद्यार्थीले भने सम्पूर्ण उपचार खर्च आफंै तिर्नुपर्ने बताइएको छ।
कोरिया सरकाले गत महिना परिवर्तन गरेको नयाँ नियमअनुसार विदेशबाट आउने विदेशीलाई कोरोना संक्रमण पुष्टि भएको खण्डमा सम्पूर्ण उपचार खर्च बिरामी स्वयंले तिर्नुपर्ने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।