• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस ५, २०८२ Sat, Dec 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सुदूरपश्चिममा धान उत्पादन वृद्धि हुने

64x64
रासस शनिबार, असोज २४, २०७७  ११:५२
1140x725

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आकलन गरिएको छ। धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले धान उत्पादन वृद्धि हुने अनुमान गरिएको हो। यद्यपि फड्के किरा र बाढी, पहिरो, डुबानको समस्या देखिएका कतिपय क्षेत्रमा भने उत्पादनमा ह्रास आउने अनुमान छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले गत वर्षभन्दा धान उत्पादन केही बढ्ने अनुमान गरिए पनि यसको एकिन तथ्यांक आउन बाँकी रहेको बताए। 'कृषि प्राविधिकले धानबालीको उत्पादनको मापन गर्न ‘क्रफ कटिङ‘ कार्य गरिहेकोले उत्पादनको तथ्यांक आइसकेको छैन', उनले भने, 'बाढी, पहिरो, डुबानको समस्या र रोग किराको समस्या देखिएका क्षेत्रमा उत्पादन घट्ने देखिए पनि समग्रमा प्रदेशभरी पाँचदेखि दश प्रतिशत वृद्धि हुने अनुमान छ।'

बाली हुर्किने समयमा प्रयोग गर्नुपर्ने रासायनिक मलको अभावको समस्या कतिपय क्षेत्रका किसानले झेल्नुपरेको थियो।

तराईका कैलाली र कञ्चनपुरमा खेती गर्ने सबै किसानले र पहाडका थोरै किसानले रासायनिक मल प्रयोग गर्ने गरेका छन्। उन्नत बीउबिजनको प्रयोग पछिल्ला वर्षमा बढ्दै जाँदा उत्पादकत्व पनि वृद्धि हुँदै गएको जनाइएको छ। क्षेत्रीय कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमा कुल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धानखेती हुने गरेको छ। योमध्ये धान उत्पादनका मुख्य दुई जिल्ला कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धानखेती हुन्छ।

पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा धानखेती हुन्छ। प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन र उत्पादकत्व तीन दशमलब २३ मेट्रिक टन प्रतिहेक्टर रहेको छ। जिल्लागत रुपमा सबैभन्दा बढी धान उत्पादन कैलालीमा तीन लाख तीन हजार ६९५ मेट्रिक टन हुने गरेको छ।

Ncell 2
Ncell 2

कुल खेतीयोग्य जग्गामध्ये झण्डै ५४ प्रतिशत जग्गामा सिँचाइको सुविधा भएकोमा बाँकी जग्गामा आकासको पानीका भरमा खेती हुने गरेको छ। खेत खनजोत गर्ने, बाली काट्ने र झार्ने जस्ता काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषकलाई धान खेती गर्न पहिलेको जस्तो असजिलो छैन।

आधुनिक कृषि औजारको प्रयोगले खेती गर्दा समयको बचत हुनुका साथै परिश्रम समेत कम गर्नुपर्ने हुँदा पहिलेको भन्दा निकै सहज हुने गरेको कैलालीको गोदावरी नगरपालिकाका कृषक मदनराज भट्ट बताउनुहुन्छ।

'कृषिको काममा आधुनिक कृषि मेसिनको प्रयोग बढ्दा निकै सहज भएको छ', उनले भने, 'समयमै मल, बीउबिजन, सिँचाइ नपाइनाले समस्या हुने गरेको छ।'

असार महिनामा रोपिएको धान पाकेपछि किसानलाई यतिबेला बाली काटेर भित्र्याउने चटारो छ। किसानको मुख्य आम्दानी स्रोतको रुपमा धानबाली रहेको छ। कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन्।

प्रदेशका अधिकांश जिल्लामा चाडपर्वको समयमा नयाँ धानको चामल पिँधेर बनाइने पिठोबाट न्वागी, माणा, सिरौला, ढिक्रीजस्ता स्थानीय खानाका परिकार पकाएर खाने प्रचलन छ। धान, गहुँ लगायतका बाली काट्नुअघि नयाँ बाला काटेर आ आफ्नो घरको दैलोमा र कुलदेवताको मन्दिरमा गोबरले टाँसेर पूजा गर्ने परम्परा पनि यो प्रदेशमा रहेको छ।

गाईको गोबरले घरको दैलोमा टाँस्ने कामलाई ‘देली बालो’ लगाउने भनिन्छ। देली बालो लगाउँदा कुलदेवता खुसी हुने, अन्न उत्पादन बढ्ने र भण्डारण गरिएको बाली सुरक्षित हुने जनविश्वास छ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति शनिबार, पुस ५, २०८२
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य शनिबार, पुस ५, २०८२
सिराहामा ब्राउन सुगरसहित ४ जना युवक पक्राउ शनिबार, पुस ५, २०८२
के हो फ्याट लस ड्रग्स ? कसरी काम गर्छ ? शनिबार, पुस ५, २०८२
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै काठमाडौँ महानगर शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या, नालीमा भेटियो शव शुक्रबार, पुस ४, २०८२
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) शुक्रबार, पुस ४, २०८२
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए शुक्रबार, पुस ४, २०८२
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ शुक्रबार, पुस ४, २०८२
भैरहवाको मौसम खुलेन,चितवन हुँदै भैरहवा जाँदै रवि शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्