दाङ- तुलसीपुर उपमहानगरपालिका- १३ का वडाध्यक्ष डम्बर न्यौपानेको शुक्रबार निधन भएको छ। शुक्रबार बिहान साढे १० बजे उनको मृत्यु भएको हो।
श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए।
नेपाली कांग्रेसबाट निर्वाचित ६५ वर्षीय न्यौपानेलाई केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो।
यसैबीच वडाध्यक्ष न्यौपानेको निधनमा नगर प्रमुख घनश्याम पाण्डेले शोक विज्ञप्ति प्रकाशन गरी दुःख व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।