• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२ Fri, Jun 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
चाडबाड आयो तर सरकारले भन्सार छुट दिएको सस्तो चिनी आएन भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी ल्याईंदै
64x64
नेपाल लाइभ मंगलबार, असोज २०, २०७७  १८:००
1140x725

काठमाडौँ- चिनी खपत बढी हुने चाडबाडको समयमा पनि उपभोक्ताले सहुलियत दरको चिनी नपाउने भएका छन। निजी क्षेत्रले चिनीको बजारमा एकाधिकार (मोनोपोली) जमाई प्रतिकिलो ८५ देखि १ सय रुपैयाँसम्ममा बेचिरहेका बेला बजार नियन्त्रण र सरकारी तवरबाट मूल्यवृद्धि रोक्न हस्तक्षेपसमेत हुने अपेक्षासहित ५० प्रतिशत भन्सार छुटमा ल्याउन लागिएको चिनी भने चाडबाड अगाडि उपभोक्ताले नपाउने निश्चितप्रायः भएको हो। 

गत साउन १२ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारी स्वामित्वका दुई कम्पनी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएको थियो। साल्ट ट्रेडिङले २० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार मेट्रिक टन चिनी खरिदको जिम्मा पाएका थिए। तर यी दुवै कम्पनीले अहिलेसम्म पनि चिनी खरिद गरी बजारमा बिक्री वितरण शुरु गरेका छैनन्। 

साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गर्न लागेको चिनी अहिले कलकत्तामा उत्पादन शुरु हुने क्रममा छ। साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार उक्त चिनी नेपाल आउने समय भन्न सकिन्न।

‘दसैँअगाडि नै ल्याउछौं भन्ने हाम्रो तयारी हो। अहिले हामीसँग मौज्दात रहेको चिनी बेचिरहेका छौं,’ उनले भने, 'त्यहाँ ठूलो क्षमताका कारखाना छन्। प्रशोधन हुन धेरै समय लाग्दैन। दसैँअघि आईपुग्ने भन्नेमा हामी आशावादी छौं।’  

विदेशबाट कच्चा चिनी पदार्थका रुपमा आएर कलकत्तामा प्रशोधन र प्याकेजिङ भई चिनी नेपाल आउने गर्छ। अहिले उत्पादनकै क्रममा रहेको चिनी असोज पहिलो हप्तादेखि नै शुरु हुने दशैताका बजारमा आइपुग्नेमा शंका छ। अहिले साल्ट ट्रेडिङसँग केही चिनी मौज्दात रहेको र उक्त चिनी निजी क्षेत्रले बेच्ने चिनीका तुलनामा बजारमा १५ देखि २० रुपैयाँ सस्तोमा पाइरहेको राजभण्डारीको दाबी छ। 

Ncell 2
Ncell 2

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किन्ने १० हजार मेट्रिक टन चिनीको भने ठेक्का सम्झौता नै सकिएको छैन। कम्पनीले गत सेप्टेम्बर १ तारिखमा ४५ दिने बोलपत्र आह्वान गरेको थियो। उक्त बोलपत्रको म्याद अक्टोबर १५ (असोज १९ गते) सम्म छ। यसरी हेर्दा खाद्य व्यवस्था कम्पनीले ल्याउने भन्सार छुटको चिनी भने तिहारसम्ममा पनि आईपुग्ने अवस्था देखिँदैन।

विशेषगरी चाडबाडको समयमा उपभोक्तालाई सस्तो मूल्यमा चिनी उपलब्ध गराउन सरकारले ५० प्रतिशत भन्सार छुट दिने र मूल्यमा सहुलियत गराउने उद्देश्य लिएको भएपनि खरिद गर्ने कम्पनीले समयमा प्रक्रिया नटुंग्याउँदा यस्तो अवस्था आएको हो।

साल्ट ट्रेडिङले गत फागुनमै चिनीको मौज्दात सकिन लागेको भन्दै थप खरिदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराएको थियो। भन्सार सहुलियतमा चिनी खरिदका लागि उद्योग मन्त्रालयले गत बैसाखमा अर्थ मन्त्रालयलाई स्वीकृतिका लागि पत्र पठाएको थियो। अर्थको स्वीकृतिपछि गत साउनमा मात्र मन्त्रिपरिषदले ५० प्रतिशत भन्सार छुटको निर्णय गरेको हो। 

मौज्दात चिनी सकिँदै गएपछि पछिल्लो समय बजारमा चिनीको अस्वभाविक मूल्य वृद्धि देखिएको छ। पछिल्लो ४ महिनायता चिनीको मूल्य प्रतिकिलो ८० रुपैयाँबाट बढेर ९५ देखि १ सय रुपैयाँसम्म पुगेको छ। साल्ट ट्रेडिङले भने अहिले प्रतिकिलो ५ रुपैयाँ अनुदानसहित ७८ रुपैयाँमा बेचिरहेको जानकारी दिएको छ। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पहिलोपटक चिनी खरिद गर्न लागेको भने यो पहिलोपटक हो। यसअघि चामल, गहुँ, दाल, गेडागुडी जस्ता खाद्यान्न सामाग्रीको खरिद बिक्री गर्दै आएको पूर्ण सरकारी स्वामित्वको यो कम्पनीले दसैँतिहार लगायत चाडबाडको समयलाई लक्षित गर्दै चिनी खरिद गर्न लागेको हो।

चाडबाडका बेला चिनीको बजार माग बढी हुने भएका कारण माग अनुसार आपूर्तिको सन्तुलन मिलाउनका लागि पनि सरकारले भन्सार छुटमा चिनी खरिदका लागि निर्णय गरेको थियो। 

यही असोज १५ गतेबाट यी दूई कम्पनीले चाडबाडलक्षित सहुलियत पसल संचालन गरेका भएपनि त्यस्ता सहुलियत पसलमा उपभोक्ताले सरकारले भन्सार छुटमा किनेको सस्तो चिनी पाउने छैनन्।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १८:००
  • #चिनी
  • #चाडबाड
  • #सहुलियत-पसल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
प्रतिनिधिसभाको बैठक बस्दै, सांसदका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिँदै
आजको मौसमः देशभर आंशिक बदली, सामान्य देखि भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
साताको अन्तिम दिन सेयर बजारमा भारी गिरावट साताभर बढ्ने संकेत देखाएको सेयर बजार साताको अन्तिम कारोबार दिन सबै सूचक घटेका हुन्। बिहीबार, असार ५, २०८२
सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना र पुल सुधार तथा कार्यक्रमका लागि उक्त रकम स्वीकार गरिएको हो। बुधबार, असार ४, २०८२
१.२८ अंकले घट्यो नेप्से,कारोबार रकम बढ्यो आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.२८ अकंले घटेर २६५३.४७ बिन्दुमा समेटिएको छ। ३१४ कम्पनीको २ करोड ३४ लाख कित्ता सेयर खरिद बिक्री हुँ... बुधबार, असार ४, २०८२
ताजा समाचारसबै
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प शुक्रबार, असार ६, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, सांसदका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिँदै शुक्रबार, असार ६, २०८२
आजको मौसमः देशभर आंशिक बदली, सामान्य देखि भारी वर्षाको सम्भावना शुक्रबार, असार ६, २०८२
विनयी खोलाको बाढीले रात्री बस बगायो, यात्रु सकुशल उद्धार शुक्रबार, असार ६, २०८२
क्लब विश्वकपमा मियामीको पहिलो जित, मेसीको गोल शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ५, २०८२
कलाकारसँग अन्तरक्रिया : भिडियोमा सुर्तीजन्य पदार्थ कथाले माग्छ ?
कलाकारसँग अन्तरक्रिया : भिडियोमा सुर्तीजन्य पदार्थ कथाले माग्छ ? बिहीबार, असार ५, २०८२
आर्थिक समृद्धिका लागि जलविद्युत् र धार्मिक पर्यटनलाई सरकारले जोड दिनुपर्छ
आर्थिक समृद्धिका लागि जलविद्युत् र धार्मिक पर्यटनलाई सरकारले जोड दिनुपर्छ बुधबार, असार ४, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कैलालीमा कैदीबन्दी मृत्यु प्रकरण: प्रहरी सई नाथ पक्राउ बिहीबार, असार ५, २०८२
दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि बिहीबार, असार ५, २०८२
बिबिएलको ड्राफ्टमा नेपालका ६ खेलाडी बिहीबार, असार ५, २०८२
पत्रकार पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतले दियो निरन्तरता, तत्काल पक्राउ नगर्न निर्देशन बिहीबार, असार ५, २०८२
आङ सान सुकीको ८० औँ जन्मदिन जेलमा बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्