• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

अन्तःशुल्क घट्दा यसरी घट्छ विद्युतीय कारको मूल्य, व्यवसायी किन भन्दैछन् घट्दैन?

64x64
नेपाल लाइभ सोमबार, असोज १९, २०७७  १४:३५
1140x725

काठमाडौं- सरकारले २०७७ को आर्थिक ऐनमार्फत् निजी प्रयोजनका विद्युतीय कारमा भन्सार बढाएर अन्तःशुल्क लगाएको थियो। कर वृद्धिको विरोध गरेका विद्युतीय कार आयातकर्ताहरुले १५ गतेको मन्त्रिपरिषदले घटाएको अन्तःशुल्क दरले मूल्य नघट्ने जिकीर गर्दै आएका छन्। 

तर सरकारले निजी प्रयोजनका विद्युतीय कारमा लगाएको अन्तःशुल्क ८० प्रतिशतसम्म घटाउने निर्णय गरेको थियो। यसअनुसार ५० किलोवाटसम्म क्षमता भएका विद्युतीय कारमा अब ६ प्रतिशतमात्रै अन्तःशुल्क लाग्छ। मन्त्रिपरिषदको निर्णयअनुसार ५० किलोवाटसम्मकोलाई ८० प्रतिशत छुट दिइएको छ।

त्यसैगरी ५१ देखि १०० किलोवाटसम्मका गाडीमा लाग्ने अन्तःशुल्कमा ७५ प्रतिशत छुट दिइएको छ। १०१ देखि १५० किलोवाट क्षमताका गाडीमा ७० प्रतिशत र त्योभन्दा माथिका गाडीमा २५ प्रतिशत अन्तःशुल्क छुट दिने निर्णय गरेको हो। नेपाली बजारमा आउने अधिकांश विद्युतीय कार १ सय किलोवाटका छन्। 

मन्त्रिपरिषद्ले दिएको अन्तःशुल्क छुट पनि शून्यदेखि ५० र ५१ देखि १ सय किलोवाटकै कारले पाएका छन्। शून्यदेखि ५० किलोवाटमा आर्थिक ऐन २०७७ ले ३० प्रतिशत अन्तिःशुल्क लगाएकोमा मन्त्रिपरिषदले यसमा ८० प्रतिशत छुट दिएको छ। अब यो सेगमेन्टको इलेक्ट्रिक कारमा ६ प्रतिशतमात्र अन्तःशुल्क लाग्छ। 

त्यसैगरी ५१ देखि १ सय किलोवाटसम्मको कारमा यसअघि ४० प्रतिशत लाग्नेमा पछिल्लो छुट ७५ प्रतिशत दिइएको छ। अब यो सेगमेन्टका कारमा १० प्रतिशतमात्र अन्तःशुल्क लाग्नेछ। साथै १ सय १ देखि १ सय ५० किलोवाट पहिले ५० प्रतिशत लाग्नेमा अब १५ प्रतिशत, १ सय ५१ देखि २ सय किलोवाटमा ६० प्रतिशत लाग्नेमा अब ४५ प्रतिशत, २ सयदेखि ३ सय किलोवाटमा ७० प्रतिशत लाग्नेमा अब ५२ प्रतिशत र ३ सय किलोवाटभन्दा माथिका कारमा ८० प्रतिशत लाग्नेमा अब ६० प्रतिशतमात्र अन्तःशुल्क लाग्नेछ। 

यो पनि पढ्नुहोस्

विद्युतीय कारको कर घटाउन व्यवसायीका दुई योजना- सके प्लान 'ए'‚ नसके 'बी'बिहीबार, असोज १५, २०७७

सवारीसाधन आयात गर्दा सुरुमा भन्सार लाग्छ। निजी प्रयोजनका विद्युतीय कारमा भन्सार दरबन्दी ८० प्रतिशत (५० प्रतिशत छुट) रहेको छ। खरिद मूल्य र भन्सारपछिको मूल्यमा अन्तःशुल्क लाग्छ। अन्तःशुल्कसहितको मूल्यमा भ्याट र त्यसपछिको एकिकृत मूल्यमा सडक मर्मत सम्भार दस्तुर लाग्ने व्यवस्था छ। त्यसैले अन्तःशुल्क घटेपछि भ्याट तथा सडक मर्मत शुल्क समेत स्वतः घट्छ। 

केही महिनाअघि नेपाल भित्रिएको हुन्डाई कोना १ सय किलोवाटको भन्सारमा घोषणा गरिएको मूल्य ३१ लाख ६१ हजार १ सय ९५ रुपैयाँ हो। २०७६ आर्थिक ऐन अनुसार लाग्ने १० प्रतिशत भन्सारले ३ लाख १६ हजार १ सय २० रुपैयाँ हुन्छ। अन्तःशुल्कको परिकल्पना थिएन। १३ प्रतिशत भ्याट लाग्दा ४ लाख ५२ हजार ५० रुपैयाँ र यो रकमसहित आउने रकममा ४ प्रतिशत सडक मर्मत दस्तुर लाग्दा १ लाख ५७ हजार १ सय ७४ रुपैयाँ हुन्छ। करपछि कम्पनीको नाफा बाहेक यो कारको मूल्य ४२ लाख ७८ हजार २ सय ७७ रुपैयाँ हुन्छ। 

अब २०७७ को आर्थिक ऐन अनुसार लाग्ने कर हिसाब गरौं। भन्सारमा घोषित मूल्य ३१ लाख ६१ हजार १ सय ९५ रुपैयाँ हो। यो मूल्यमा ४० प्रतिशत भन्सार लाग्दा १२ लाख ६४ हजार ४ सय ७८ रुपैयाँ हुन्छ। १ सय किलोवाटको भएकाले यसमा ४० प्रतिशत नै अन्तःशुल्क लाग्दा १७ लाख ७० हजार २ सय ६९ रुपैयाँ पर्छ। त्यसपछि आउनु मूल्यमा भ्याट बापत १३ प्रतिशत लगाउँदा ८ लाख ५ हजार ४ सय ७२ रुपैयाँ हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसपछिको समग्र मूल्यमा ५ प्रतिशत सडक मर्मत दस्तुर लगाउँदा ३ लाख ५० हजार ७० रुपैयाँ हुन्छ। कम्पनीले राख्ने नाफा बाहेक यसको मूल्य ७३ लाख ५१ हजार ४ सय ८४ रुपैयाँ हुन्छ। 

यहाँ अब असोज १५ गते बसेको मन्त्रिपरिषदले दिएको अन्तःशुल्क छुटका आधारमा हुने मूल्यको हिसाब हेरौं। भन्सारमा घोषित मूल्य र त्यसमा लाग्ने भन्सार परिवर्तन नभएकाले समान नै हुने भयो। घोषित मूल्य ३१ लाख ६१ हजार १ सय ९५ रुपैयाँ हो। यो मूल्यमा ४० प्रतिशत भन्सार लाग्दा १२ लाख ६४ हजार ४ सय ७८ रुपैयाँ हुन्छ।

१ सय किलोवाटको भएकाले यो कोनामा ४० प्रतिशत अन्तःशुल्क लाग्नेमा ७५ प्रतिशत छुट दिइएकाले अब १० प्रतिशतमात्र अन्तःशुल्क लाग्छ। भन्सारपछिको ४४ लाख २५ हजार ६ सय ७३ को १० प्रतिशत ४ लाख ४२ हजार ५ सय ६७ रुपैयाँ हुन्छ। १० प्रतिशत अन्तःशुल्कसहित ४८ लाख ६८ हजार २ सय ४० मा १३ प्रतिशत भ्याट लगाउँदा ६ लाख ३२ हजार ८ सय ७१ रुपैयाँ हुन्छ। 

भ्याटसहितको मूल्यमा ५ प्रतिशत सडक मर्मत सम्भार दस्तुर लगाउँदा २ लाख ७५ हजार ५५ रुपैयाँ हुन्छ। कम्पनीको नाफा बाहेक सबै कर तिर्दा यो कारको मूल्य ५७ लाख ७६ हजार १ सय ६६ रुपैयाँ हुन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

०७७ को आर्थिक ऐनअनुसार कोना १ सय किलोवाटको नाफा बाहेकको मूल्य ७३ लाख ५१ हजार ४ सय ८४ रुपैयाँ हुन्थ्यो भने मन्त्रिपरिषद्ले दिएको पछिल्लो अन्तःशुल्क छुटअनुसार सोही कारको मूल्य ५७ लाख ७६ हजार १ सय ६६ रुपैयाँमात्र हुन्छ। यस हिसाबले अब सो कारको मूल्यमा १५ लाख ७५ हजार रुपैयाँ कामी आउँछ। यसमा आयातकर्ता व्यवसायीको बिमा, ब्याज, भन्सारमा लाग्ने शुल्कलगायतको लागत समेत कम हुन्छ। 

तर व्यवसायीहरुले भने सरकारले दिएको अन्तःशुल्क छुटले निजी प्रयोजनका विद्युतीय कारको मूल्यमा सामान्य मात्र गिरावट आउने बताएका छन्। घटेको अन्तःशुल्कका आधारमा १ सय किलोवाटसम्मको कारमा करिब १६ लाख रुपैयाँभन्दा बढी मूल्य घट्छ। ५० किलोवाटसम्मका ब्याट्री भएको कारको मूल्य अनुपातका अझै कम हुन्छ। 

विगतमा विद्युतीका कारमा १० प्रतिशतमात्र भन्सार लाग्दाकै तुलनामा व्यवसायीले मूल्य नघट्ने बताएका हुन्। सरकारले २०७७ को आर्थिक ऐनमा बढाएको अनुपातमा पछिल्लो अन्तःशुल्क संशोधनले कारको मूल्य भने राम्रै घटाएको छ। व्यवसायीले मूल्य घट्दैन भन्नुको पछाडि बढी नाफा राख्ने बाटो हुनसक्छ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्