• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

‘मास्टर डिजाइन’का क्रमा ७ खर्बका परियोजना

64x64
रासस शनिबार, असोज १७, २०७७  १८:५७
1140x725

काठमाडौं- ‘नेपाल विद्युत प्राधिकरणले इञ्जीनियरिङ कम्पनी स्थापना गर्ने निर्णय गर्‍यो। संस्थाले दिएको जिम्मेवारी पूरा गर्न म एक्लै निस्कें। आयोजनाको परामर्शको क्षेत्रमा केही गर्नुपर्छ भन्ने थियो। यतिखेर तीन वर्ष पूरा हुँदा केही गरियो भन्ने स्थानमा आइपुगेको छु,’ रासससँग कुरा शुरु गर्दै प्रबन्ध सञ्चालक हितेन्द्रदेव शाक्यले भने।

प्राधिकरणभित्र विशेषगरी प्राविधिक क्षेत्रमा अब्बल ठहरिएका र वरिष्ठ उपकार्यकारी निर्देशकहरुमध्ये शीर्षस्थानमा रहेका शाक्यलाई तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नै उक्त कम्पनी स्थापना गरेर जिम्मेवारी दिएका हुन्।

कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १७ प्रतिशत, एचआइडिसीएलको १५ र विद्युत् उत्पादन कम्पनीको १७ प्रतिशत शेयर हिस्सा रहेको छ। परामर्श एवं इञ्जीनियरिङ सेवामा विदेशिने ठूलो रकम जोगाउँदै दक्ष जनशक्ति निर्माणमा कम्पनीले भूमिका खेलिरहेको छ।

शाक्य ती दिन स्मरण गर्दै भन्छन्, ‘चिठ्ठीपत्र पनि आफैँ लेख्थें, पुर्‍याउन पनि म आफैं जान्थें, कार्यालय बनाउँदै थियौं, दक्ष कर्मचारी पनि खोज्दै थियौं। आज काम देखाउने ठाउँमा आइपुगेका छौं।’

गतिलो सरकारी परामर्शदाता कम्पनी नहुनुको पीडा देशले लामो समयसम्म भोग्यो। अमेरिकी डलर खर्च गरेर निम्त्याइने विदेशी परामर्शदाताले दिने प्रतिवेदन हाम्रो सापेक्षतामा नमिल्ने, मिलीहाले पनि व्यवहारिक नहुने अवस्था थियो। उनीहरुले दिने सुझावलाई बुझ्ने, हाम्रो सन्दर्भमा मिल्छ वा मिल्दैन भनेर पत्ता लगाइदिने संयन्त्र नहुँदा वर्षौंअघिदेखि चर्चाको शिखरमा रहेका आयोजना अझै अलपत्र छन्। बूढीगण्डकी र पश्चिम सेती आयोजना त्यसका उदाहरण हुन्।

स्वदेशी प्राविधिकले हाम्रो भूगोल सुहाउँदो डिजाइन गरौँ भन्दा नमानेर एक नर्वेजियन कम्पनीको प्रस्ताव मानेका कारण विसं २०७२ मा नै निर्माण सम्पन्न हुनुपर्ने माथिल्लो तामाकोशी कहिले सकिने हो त्यसको कुनै ठेगान छैन। ऊर्जा मन्त्रालयले विसं २०७२ मा सार्वजनिक गरेको ऊर्जा सङ्कटकालीन कार्ययोजनाले लिएका लक्ष्य पूरा गर्ने ध्येयका साथ नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनीको रुपमा विसं २०७३ मा उक्त कम्पनी स्थापना गर्‍यो।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङको कार्यकालका सफलताका सूचकहरु मापन गर्ने अनेकन काममध्येको एक थियो सो कम्पनीको स्थापना र त्यसले गर्दै आएका काम। तीन वर्षको अवधिमा ३७ आयोजनामा कम्पनीले काम गरिरहेको छ। तीमध्ये केहीको काम सकिए भने केहीको काम चालू आर्थिक वर्षको अन्त्यसम्म पूरा गर्ने लक्ष्य छ। कूल लागतको आधारमा झण्डै सात खर्ब रूपैयाँ बराबरको परियोजनामा कम्पनीले अध्ययन तथा प्राविधिक काम गरिरहेको छ, तर अध्ययनका लागि प्राप्त गरेको रकम असाध्यै न्यून छ।

झण्डै एक हजार मेगावाट क्षमताका आयोजनाको सबै अध्ययन सकेर बोलपत्रको कागजात तयार भएको छ। झण्डै दुई हजार मेगावाट क्षमताको मुगु कर्णालीको अध्ययन जारी छ। विदेशी परामर्शदाताको भन्दा समय र लागतका हिसाबले असाध्यै न्यून मूल्यमा कम्पनीले काम गरेको छ। कूल ४८० मेगावाटको फूकोट कर्णाली, ४४२ मेगावाटको बेतन कर्णाली, १०८ मेगावाटको जगदुल्ला र ४५० मेगावाटको किमाथाङ्का अरुणको काम सम्पन्न हुने क्रममा छ।

Ncell 2
Ncell 2
nimb
nimb

एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको सुनकोशी– मरिन डाइभर्सन आयोजनाको विस्तृत अध्ययन तथा डिजाइनमा कम्पनी संलग्न छ। राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत, स्रोतको व्यवस्थापन भइसकेको परियोजनमा टनेल बोरिङ मेशिनसमेत प्रयोग गरिँदैछ। 

कूल ४०० केभी क्षमताको इनरुवा र हेटौंडा सबस्टेशनको काम चालू छ। किमाथाङ्का अरुणको सम्पूर्ण संरचना र प्रसारण लाइनको विस्तृत डिजाइनमा कम्पनीले छोटो समयमा देखाएको काम अन्य सरकारी निकायका लागि समेत अनुकरणीय छ। कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा समेत लगानी बोर्डले आयोजना अनुगमनको जिम्मेवारी दिएको छ। यस्तै २० मेगावाटको रोल्वालिङ, २५ मेगावाटको ग्रिड कनेक्टेड सोलार परियोजना, त्रिशुली थ्री बी रातमाटे २२० केभी प्रसारण लाइन, १०० मेगावाटको तामाकोशी पाँचौँ र कुशाहा–विराटनगर प्रसारण लाइनको टावर डिजाइन र त्रिशूली जलविद्युत् आयोजनाको मर्मतसम्भारमा समेत कम्पनीको भूमिका कुनै अन्तर्राष्ट्रिय परामर्शदाताको भन्दा कम छैन।

नेपालका अधिकांश जलविद्युत् आयोजनाको अध्ययनका विभिन्न चरण छन्। सामान्यता पूर्व सम्भाव्यता अध्ययनदेखि बोलपत्रसम्म पुग्नमात्रै चार चरण पार गर्नुपर्छ तर कम्पनीलाई शुरुमा नै विद्युत् उत्पादन कम्पनीले १८ महिनामा काम सक्नु भनेर आयोजना सुम्पियो। ‘कि गाली खाइएला, कि त ताली पाइएला भनेर काम शुरु गरेको छोटो समयमा नै हामीले झण्डै एक हजार मेगावाट बढी क्षमताका आयोजनाको अध्ययन पूरा गरेर बुझाएका छौं,’ प्रबन्ध सञ्चालक शाक्यले भने, ‘कोरोना भाइरसको जोखिम नभएको भए गत असारमा नै सबै काम सकिन्थ्यो।’

राणा प्रधानमन्त्री चन्द्रशम्शेरले फर्पिङमा एक शताब्दी पहिले जलविद्युत् आयोजना निर्माण गर्दादेखि नै नेपालमा विदेशी परामर्शदाता र ठेकेदारको बिगबिगी रह्यो। उनीहरुले दिने प्रतिवेदन कतिपय अवस्थामा हाम्रा लागि काम नलाग्ने खालका थिए तर त्यसलाई स्वीकार गर्नुको विकल्प थिएन। मेलम्ची खानेपानी आयोजना त्यसको एउटा उदाहरण हो। 

यतिबेला सरकारी तथा निजी क्षेत्रबाट झण्डै छ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणका क्रममा छन्। विद्युत् खरिद सम्झौता भएका आयोजना समेत गरेर झण्डै १० हजार मेगावाट बराबरको आयोजना निर्माणमा जाँदैछ।

निजी क्षेत्रले निर्माण गर्ने आयोजना २५ वर्षपछि राज्यको जिम्मामा आउँछ। ती आयोजनामा प्रयोग भएको प्रविधि, निर्माण सामग्री तथा उपकरणको विषयमा समेत बेलैमा ध्यान दिनु जरुरी छ। यो अवस्थामा प्रविधिको समग्र विषयमा जानकारी राख्ने संस्थाका रुपमा समेत कम्पनीलाई स्थापित गर्ने योजना छ। 

अब निर्माणको सुपरीवेक्षण गर्ने सोच 
कम्पनीले अब निर्माण प्रक्रियाको नै परामर्श दिने तयारी थालेको छ। डिजाइनलगायतका प्राविधिक काममा संलग्न कम्पनीले केही विदेशी कम्पनीको सहयोगीका रुपमा भए पनि काम गर्ने तयारी थालेको छ। प्रबन्ध सञ्चालक शाक्य भन्नुहुन्छ, “तत्काल नै हामीलाई पत्याइहालेको अवस्था छैन, विस्तारै त्यो वातावरण पनि बन्दैछ।

अनुभव भन्ने विषय पनि कुखुरा पहिला कि अण्डा पहिला भनेजस्तो हुने उनको भनाइ छ। नेपाली पूँजी लगानी हुने बेतन कर्णाली, तामाकोशी पाचौंजस्ता आयोजनामा कम्पनीले काम गर्ने भएको छ। असाध्यै कम लागतमा आयोजना अध्ययनको काम गरेको जानकारी दिँदै प्रबन्ध सञ्चालक शाक्यले भने, ‘नलगाडको तुलनामा हेर्ने हो भने हामीले अध्ययन गरेका आयोजनाको लागत झण्डै तीन गुणा सस्तो छ।’ कम्पनीले अध्ययन गरेर बुझाएका चार आयोजनाको कूल खर्च हालसम्म मात्रै ६० करोड रूपैयाँ छ। एकाध प्रतिशत पैसा मात्रै व्यक्तिगतरूपमा बोलाइएका विदेशी परामर्शदाताले लगेका छन्।

केही समय पहिले सुनकोशी मरिन ठिक कि कमला डाइभर्सन भन्ने विवाद देखियो। सो विवाद निरुपणमा कम्पनीले नै भूमिका खेल्यो।

लागत, समय र लाभका हिसाबले सुनकोशी मरिन नै ठिक भन्ने प्रतिवेदन दिएपछि सरकारले समेत त्यसलाई आत्मसात् गर्‍यो। आयोजना राष्ट्रिय गौरवको आयोजनामा परेको छ। केही समयभित्रै निर्माण शुरु हुन्छ। नलगाडको प्राविधिक प्रतिवेदन पुनरावलोकन गर्ने समेत सोही कम्पनीले हेर्ने जिम्मा पायो। 

ठूला संरचनामा काम 
आयोजनाले टावरको डिजाइन नगर्ने र त्यो काम समेत ठेकेदारलाई नै जिम्मा दिने प्रवृत्ति छ। सोही कारण आयोजनाको लागत र समय बढ्दै गइरहेको छ। कम्पनीले किमाथांका अरुणको प्रसारण लाइन र अरुण हब सवस्टेशनको डिजाइन गरिरहेको छ।

देशकै ठूलो सवस्टेशन निर्माण हुँदै थियो, ढल्केबरमा। परामर्शदाता कम्पनी काम छाडेर हिड्यो। समस्या आइपर्‍यो प्राधिकरणलाई।

त्यसपछि कामको जिम्मा पायो कम्पनीले। कोरोनाको कहर नभएको भए केही महिना पहिल्यै सो आयोजनाको सञ्चालनमा आइसक्थ्यो। पन्ध्र दिनभित्र सबै काम सकिँदैछ। कम्पनीको इतिहासमा सबैभन्दा ठूलो सवस्टेशनको काम गरेको गौरवशाली नाम समेत लेखिएको छ। नेपाल भारत विद्युत् व्यापारका लागि मात्रै नभई देशभित्रको विद्युत् वितरणका लागि समेत महत्वपूर्ण मानिएको सो सवस्टेशनको काम सकिन लागेकोमा प्रबन्ध सञ्चालक शाक्य असाध्यै खुसी देखिन्छन्। 

काठमाडौं तराई मधेश द्रुर्तमार्ग वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको पोष्टबहादुर बोगटी सुरुङ मार्गमा कम्पनी जोडिएको छ। कम्पनीको काम गर्ने दायरा विस्तार भएको उनको भनाइ छ। 

अब विदेशमा समेत प्रतिस्पर्धा 
ढल्केबर, अरुण हब सवस्टेशन तथा अन्तर्राष्ट्रिय महत्वका आयोजनामा काम सम्पन्न भएपछि कम्पनीको हैसियतमा वृद्धि भई अन्तर्राष्ट्रिय क्षितिज समेत उघ्रने प्रबन्ध निर्देशक शाक्यको विश्वास छ। लागतका हिसाबले भारत, पाकिस्तान, म्यानमार, भुटान अफगानिस्तानलगायतका देशमा गएर परामर्श सेवा दिन सक्ने अवस्थामा कम्पनी पुगेको छ।

नेपाली इन्जिनियरङले विदेशमा समेत काम गर्न सक्ने वातावरण तयार हुँदै गएकामा दङ्ग देखिएका शाक्यले भने, ‘हाम्रा लागि योभन्दा ठूलो सपना अरु के हुनसक्ला र?’ कम्पनीले गरिरहेका महत्वपूर्ण कामलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त जर्नलमा समेत प्रकाशन गर्ने योजना छ। यस्तै प्याटेन्ट राइटमा समेत दर्ता गर्ने तयारीमा रहेको उनले जानकारी दिए।

दक्ष जनशक्तिको सधैं अभाव 
सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। त्यसका लागि झण्डै ३० खर्ब बराबरको लगानी लाग्ने अनुमान छ। लगानीसँगै ठूलो सङ्ख्यामा प्राविधिक जनशक्तिको पनि आवश्यकता पर्दछ। ठूला परियोजनामा काम गर्ने दक्ष जनशक्तिको ठूलो खडेरी छ। 

प्रबन्ध निर्देशक शाक्यको पछिल्लो अनुभवमा नेपालका प्राविधिक रुपमा गहिरो ज्ञान र क्षमता भएका दक्ष मानिस पाउन गाह्रो छ। अनुभव नभएका त पाइन्छ, तर ठूला संरचनाको डिजाइन गर्ने, त्यसको सफ्टवेयर चलाउने कर्मचारी देशभित्र अभाव छ। कम्पनीले हालसम्म २५० जना अनुभवी इन्जिनियर तयार पारेको छ। 

प्रबन्ध सञ्चालक शाक्यले भने‚ ‘राम्रो दक्ष कर्मचारी कि विदेश जाने, कि त उनीहरुलाई हाम्राजस्ता संस्थाले करारमा लिनै नसक्ने अवस्था छ।’ नेपालले विकासमा फड्को मार्ने हो भने दक्ष जनशक्तिको ठूलो फौज आवश्यक रहेको उनको भनाइ छ। 

‘विदेशी प्राविधिक आएपनि उनीहरुले गरेको काम सही छ वा छैन भनेर पत्ता लगाइदिने, देशको पक्षमा काम गर्ने कामदार आफैसँग हुनुपर्छ’ उनले भने‚ ‘ठूला आयोजनामा समस्या देखिनुको पछाडि दक्ष जनशक्तिको अभाव हो।’

विसं २०५४ मा चिलिमेको इलेक्ट्रोमेकानिकल डिजाइन गर्नुभएका शाक्यले जोर जबर्जस्ती नै गरेर विसं २०५२ मा कुलेखानीमा देखिएको समस्या समाधान गरेको सुनाउनुभयो। “मैले अन्तर्वार्ता नै दिएर सो काम गर्न सकिन्छ भने। केहीले पत्याएका थिएनन्, हामीले काम गर्‍यौं, जापानी प्राविधिक आउनु परेन।’

प्राधिकरणको अबको चुनौती 
कुलमान घिसिङ कार्यकालमा नेपालीले अध्यारो युगबाट उन्मुक्ति पाए। घिसिङको कार्यकालका एक शसक्त खम्बाका रुपमा काम गरेका शाक्यलाई हामीले सोध्यौं, ‘प्राधिकरणको अबको चुनौती के हो?’ जवाफमा उनले भने, ‘भरपर्दो बिजुली।’ यस्तै विद्युत् खपत बढाउनुपर्नेछ। चालु आवमा झण्डै एक हजार ३०० मेगावाट विद्युत् थप हुनेछ। निर्माणाधीन प्रसारण लाइन अलपत्र अवस्थामा छन्। त्यसलाई समयमै सम्पन्न गर्नुपर्नेछ। सोलु, कोशी, दोर्दी र काठमाडौैं–मर्स्याङ्दी करिडोर सम्पन्न गर्नुपर्नेछ। 

विगतमा विद्युत् नभएर विद्युत्भार कटौती गर्नुपर्दथ्यो, अब भने विद्युत् भएर पनि लाइन काटिने अवस्था आउन लागेकाले त्यसलाई व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ। उनले वन क्षेत्रको जग्गा प्रयोगदेखि स्थानीय समस्याका कारण प्रसारण लाइन निर्माणमा समस्या देखिएकाले त्यसलाई राज्यले नै विशेष पहल गर्नुपर्ने बताए। 

काठमाडौंमा ठूला क्षमताका प्रसारण लाइन निर्माण गर्ने स्थानको अभाव छ। प्राधिकरणले बागमती, विष्णुमति, मनोहरा नदी किनारै किनार मोनो पोलमा १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने तयारी गरेको छ। सो लाइन निर्माण भयो भने उपत्यकाको खपत बढाएर दुई हजार मेगावाटसम्म पुर्‍याउन सकिन्छ। यस्तै प्रसारण लाइन भूमिगत गर्ने काम समेत शुरु भइसकेको छ। एउटै भवनमा पाँच मेगावाट विद्युत् खपत हुने अवस्था छ। 

‘बाहिरबाट मान्छे ल्याइए मेरो दाबी रहन्छ’ 
प्राधिकरणको शान बढाउने काममा कुलमानको सहयोगी भएर काम गरेका शाक्यलाई हामीलाई सौध्यौं‚ ‘प्राधिकरणको कार्यकारी निर्देशक हुने इच्छा छैन तपाईँको?’ उनले भने, ‘इन्जिनियरिङका हिसाबले अहिले गरिरहेको काममा नै म सन्तुष्ट छु, तर राज्यले मेरो योग्यताको मूल्याङ्कन गरेर दिने जिम्मेवारीमा भने तयार नै छु।’

कम्पनी स्थापना गर्दा आफ्नै रहरले आएको बताउने शाक्यलाई सधैँ आफू पन्छाइरहने त होइन भन्ने आशंका छ। ‘कुलमानजीलाई प्राविधिक रुपमा सहयोग गरेकै हो। उहाँसँग काँधमा काँध मिलाएर काम गरेकै हो। सबै हिसाबले म सक्षम मान्छे हो। बाहिरबाट नयाँ नयाँ मान्छे ल्याउने हो वा दिने हो भने कार्यकारी निर्देशकमा मेरो पनि दावी रहन्छ।’ 

उनले मुगुको गमगाड साना जलविद्युत् आयोजनादेखि, कालीगण्डकी र चिलिमे समेत बनाएको अनुभव सुनाए। निवर्तमान कार्यकारी निर्देशक घिसिङसँग सधैं सहकार्य गरेको र अमेरिकी सहयोग परियोजनाको काममा भने प्रतिस्पर्धा भएको उनले सुनाए। ‘कुलमानजी र मैले सँगै प्रतिस्पर्धा गरेका थियौं, म छानिएँ। यद्यपि, पछिल्लो चार वर्षमा हामी सबैले मिलेर प्राधिकरणलाई प्राधिकरण बनायौं, अझै धेरै गर्न बाँकी छ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्