यारेभिन अर्मेनिया- नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा शनिबार बिहान अर्जेन्टिनाका तीन ओटा फाइटर जेट विमान झारदिएको अर्मेनियाले जनाएको छ। अर्मेनियाली रक्षा मन्त्रालयले शनिबार बिहान ती विमान झारिएको जानकारी गराएको हो। यसअघि अर्मेनियाले अजरबैजानले तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको थियो।
उक्त क्षेत्रमा शुरु भएको भिडन्तका क्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको थियो। त्यसपछि जेट विमान झारिएको यो पछिल्लो जानकारी आएको हो। अर्मेनियाको रक्षा मन्त्रालयले शनिबार बिहान यहाँको स्थानीय समयानुसार अजरबैजानको जेट विमानलाई खसालिएको जनाएको हो।
उक्त विज्ञप्तिमा अर्मेनियाको रक्षा मन्त्रालयले भनेको छ‚ ‘शनिबार बिहान करिब ८:२५ तिर एक र ८:४६ तिर अरु दुईओटा गरी हामीले उनीहरूका तीन ओटा जेट विमान खसालिदिएका छौं।’
रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपानियानले उक्त क्षेत्रको दक्षिणी भूभागमा आएका ती विमानहरु खसालिएको जनाएका हुन्। सो क्षेत्रमा केही दिनयता विवाद चर्किँदै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।