बाजुरा- हिमाली गाउँपालिका- ५ को कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा कवाडीका धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्तालगायत उनका तीन छोरी र एक छोरा छन्।
शुक्रबार अपराह्न छोराछोरीसमेत लिएर खोलामा नुहाउन गएका बेला छोराछोरी र आमा समेत बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए। बेपत्ता हुनेमा पाँच वर्षीया आरती, चार वर्षीया सन्तोषी, दुई वर्षीय सम्मान र एक वर्षीया किस्मती रहेको बताइएको छ।
सोही खोलामा करीब दुई महिना अगाडि एक बालिका बगेर बेपत्ता भएकी थिइन्। बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।