पपुवा न्यूगिनी- पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ।
स्थानीय समयअनुसार बिहीबार बेलुका पौने ५ बजे ठूलो भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन्। पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको छ।
भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन। धेरै भूकम्प गइरहने भएकाले पपुवा न्यूगिनीलाई ‘रिङ अफ फायर’ पनि भन्ने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।