काठमाडौं- गैरआवासीय नेपाली संघको १३ औं युरोपेली क्षेत्रीय बैठक, ११ औं महिला फोरम बैठक र ज्ञान सम्मेलन २०२० आगामी ३ र ४ अक्टोबरमा अनलाइनमार्फत् हुने भएको छ।
कार्यक्रममा नेपाल सरकारको तर्फबाट उद्घाटन सत्रमा पर्यटनमन्त्री योगेश भट्टराईको प्रमुख अतिथी र अन्य अतिथीहरुमा प्रकाश शरण महत, गगन थापा र गंगाधर तुलाधर रहने छन्। विज्ञ सम्मलेनमा प्रमुख अतिथी शिक्षा मन्त्री गिरीराज पोखरेल रहनेछन्।
कोभिड- १९ का कारण अनलाइनमार्फत् गरिन लागिएको उक्त बैठकका विभिन्न प्यानलहरु, एजेण्डाहरु, व्यवस्थापकीय र प्राविधिक तयारीहरु अत्यन्तै सूक्ष्म ढंगबाट भइरहेको एनआरएनए युरोप संयोजक नारायण आर्चायले बताए।
नेपालको संवृद्धिका लागि गैर आवसिय नेपालीहरुको भुमिकालाई बढाउने बढाउने र सवै देशका एनआरएनहरु विचको अनुभव साटासाट गरी राष्टिय समन्वय परिषदहरुको संस्थागत विकासका गर्ने उद्देश्यले वैठकको आयोजना गरिएको हो।
कार्यक्रममा कोभिड १९ पछिको नेपालको अर्थतन्त्रको विषयमा सुरेन्द्र राज पाण्डे, नविन्द्रराज जोशी, राजेन्द्र खेतान लगायत एनआएनएका प्रतिनिधीहरुले प्रस्तुति दिने छन्। त्यस्तै गरी नागरिकताको निरन्तरता र मताधिकारका बारेमा सुवास नेम्वाङ र मिनेन्द्र रिजाजले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा डायस्पोरामा कार्यकरत विभिन्न विषयका विज्ञहरुले विषेश गरेर कृषि विज्ञान, जलश्रोत, ऊर्जा तथा वातावरणजस्ता विषयमाहरुमा प्रस्तुति दिने कार्यतालिक रहेको छ।
अनलाई (जुम) मार्फत् गरिने भएको कारणले कार्यक्रममा धेरै सहभागीलाई पहुँच पुग्ने आयोजकहरुले बताए।
दुई दिन चल्ने उक्त कार्यक्रममा युरोपेली महिला डायस्पोराको अवस्था, महिला शशक्तिकरण तथा नेपालमा गर्न सकिने सहयोगका बारेमा केन्द्रित रहेर महिला फोरमको बैठक सम्पन्न हुने भएको छ । कार्यक्रममा रामकुमारी झाँक्री, अनुराधा कोइराला, डिना उपाध्याय र मनिषा कोइराला सहभागी हुने कार्यक्रम रहेको महिला युरोप संयोजक योगिता थापाले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।