सल्यान- छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले सबै वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिदिएका छन्।
आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन्। तालाबन्दी पछि सेवाप्रवाह समेत प्रभावित हुन पुगेको छ।
करार कर्मचारी संघर्ष समितिका संयोजक दिलीप बोहराले भने‚ ‘हामीले हाम्रा मागको सुनुवाई गर्नका लागि पटक पटक सम्बन्धित निकायसमक्ष कुरा पुर्याएका छौं। ती निकायबाट हाम्रो मागको सुनुवाई नभएपछि बाध्य भएर तालाबन्दी गरेका हौं।’ गाउँपालिका अध्यक्ष सन्तोष केसीले गाउँपालिकाले आवश्यकताका आधारमा करारमा कर्मचारी नियुक्त गरिएकाले नहटाउने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।