बर्दिया- बर्दियाको बढैयाताल गाउँपालिका–५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर सोमबार मृत्यु भएको छ। बढैयाताल गाउँपालिका–५ बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमाको मृत्यु भएको हो।
घरबाट एक किलोमिटर पूर्वतिर रहेको आफ्नै माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।