काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र कोरिया र युरोपेली सङ्घका आवासीय राजदूतहरुले आआफ्ना ओहदाका प्रमाणपत्र पेश गरेका छन्।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा कोरियाका राजदूत पार्क चोङ–सुक र युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले प्रमाणपत्र पेश गरेका हुन्।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।