• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत १०, २०८२ Tue, Mar 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अज्ञात रोगले कफी उत्पादनमा कमी

64x64
रासस आइतबार, असोज ११, २०७७  १४:५२
1140x725

चौतारा- सिन्धुपाल्चोकमा किसानले लगाएको कफीमा अज्ञात रोगले बोट सुक्न थालेपछि यस वर्ष ४० प्रतिशतमात्र उत्पादन भई ठूलो आर्थिक क्षति व्यहोर्नुपर्दा किसान मर्कामा परेका छन्।

गतवर्ष एक करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिकटन उत्पादन भएकामा अज्ञात रोगले यसवर्ष १३ मेट्रिकटनमात्र उत्पादन भई झण्डै एक करोड हाराहारीको नोक्सान भएपछि किसान मर्कामा परेका हुन्। उत्पादित १३ मेट्रिकटन कफीलाई ए ग्रेडको पार्चमेण्ट ग्रिनवीन कफी तयार गर्दा आठ मेट्रिकटनमात्र बाँकी रहेको छ।

यसवर्ष ५० लाख मूल्य बराबरको नौ अमेरिकी डलरको भाउमा पाँच मेट्रिकटन मात्र जापान, कोरिया र अष्ट्रेलिया निर्यात भएको जिल्ला कफी सहकारी सङ्घकी अध्यक्ष मन्दु थापाले बताइन्।

Ncell 2
Ncell 2

गत वर्ष उत्पादित ३० मेट्रिकटन कफीमध्ये १०.३ मेट्रिकटन विदेश निर्यात भई बाँकी कफी स्वदेशमै खपत भएको थियो। यसवर्ष कोभिड–१९ महामारीका कारण गएको चैत ११ गतेदेखि देशमा लकडाउन भएकाले दुई मेट्रिकटन कफी गोदाममै थन्किएको अध्यक्ष थापाले बताइन्।

जिल्लामा १२४ हेक्टर क्षेत्रमा कफी खेती गरिएको छ। गत वर्षको हिउँदमा औसत भन्दाबढी वर्षा तथा हिमपात भएकोले अत्याधिक चिसोका कारण पात झर्ने र बोट तथा दाना समेत सुकेर झर्न थालेपछि किसान चिन्तित बनेका थिए। किसानको गुनासो आउन थालेपछि सङ्घबाट फिल्ड भ्रमण गरी कृषि तथा सहकारी मन्त्रालयको बाली विज्ञान महाशाखामा नमूना सङ्कलन गरी पठाइएको थियो। उक्त महाशाखाका वैज्ञानिकले निरीक्षण गरेपछि जलवायु परिवर्तनकै कारण रोग लागेको निष्कर्ष निकालेका थिए। 

निरीक्षणबाट खासै उपलब्धी हासिल हुन नसकेपछि रोगी बिरुवालाई हटाएर स्वास्थ बिरुवा रोप्नुका साथै पर्याप्त कम्पोस्ट मल राखेपछि २५ प्रतिशत रोग नियन्त्रणमा आएको कृषि विज्ञ एवं कफी सहकारी सङ्घका केन्द्रीय उपाध्यक्ष सुदर्शन वोलखेले बताए।

जिल्ला कफी सहकारी सङ्घका सल्लाहकारसमेत रहनुभएका बोलखेकाअनुसार कफीलाई समय समयमा काँटछाँट र मलखाद दिनुपर्ने भएकाले कफी खेतीप्रति अभिरुची राख्ने किसानलाई आवश्यक जानकारी दिइँदै आएको छ। विसं २०६५ मा जिल्ला कफी सहकारी सङ्घको स्थापना भएपछि यहाँ उत्पादित कफी विदेश निर्यात हुँदै आएको छ। यहाँको हावापानीअनुसार सर्वोत्तम मानिएको बोर्वन प्रजातिका अराबिक कफीका बिरुवा लगाइएको छ। अरूको तुलनामा रोग प्रतिरोधात्मक क्षमता बढी रहेको उक्त प्रजातिका कफी विदेशमा अत्याधिक रुचाइने गरेको पाइएको छ। प्राङ्गारिक प्रमाण पत्रको आधारमा १४ देखि १६ मिलिमिटरको कफी मात्र विदेश निर्यात हुँदै आएको छ। 

गाउँघरमा युवा जनशक्तिको अभाव भएको अवस्थामा कफी खेती गर्न सहज हुनुका साथै नगदेबाली भएकाले किसान यसतर्फ आकर्षित भएका हुन्। कफी सदाबहार बिरुवा भएकाले वातावरण स्वच्छ राख्न र भूक्षय रोक्न सघाउ पुर्‍याउँछ। एक पटक लगाएको स्वस्थ बिरुवाले कम्तीमा ४० वर्षसम्म उत्पादन दिने र वृद्धवृद्धा र केटा केटीले दाना टिप्न सक्ने भएकाले यसलाई सजिलो खेतीको रुपमा लिइन्छ। कफीको बिरुवालाई छहारीको आवश्यकता पर्ने हुँदा बाली विविधीकरणअन्तर्गत केरा तथा अन्य फलफूल साथै खाली जमीनमा अदुवा खुर्सानी र बेसार खेती गरी अतिरिक्त आम्दानी लिन सकिन्छ। वार्षिक ६० हजारदेखि एक लाख २५ हजार रूपैयाँसम्म आम्दानी गर्न थालेपछि यसतर्फ किसानहरु आकर्षित भएका हुन्।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा सर्वोच्च अदालतमा सोमबार सुनुुवाइ नसकिएपछि हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको हो। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज सुसल... सोमबार, चैत ९, २०८२
वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ! सोमवार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धि कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन्। सोमबार, चैत ९, २०८२
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ नेपाली सेनाको संयुक्त गस्ती टोलीले आज बिहान ३ः ३० बजे त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा छापा मार्ने क्रममा करिब ३५... सोमबार, चैत ९, २०८२
ताजा समाचारसबै
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा सोमबार, चैत ९, २०८२
उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट सोमबार, चैत ९, २०८२
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक सोमबार, चैत ९, २०८२
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति सोमबार, चैत ९, २०८२
वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ! सोमबार, चैत ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा आइतबार, चैत ८, २०८२
होर्मुज स्ट्रेट सधैँका लागि बन्द गरिदिने इरानको चेतावनी सोमबार, चैत ९, २०८२
सुनको मूल्य तोलामै साढे १२ हजारले घट्यो आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्