• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अज्ञात रोगले कफी उत्पादनमा कमी

64x64
रासस आइतबार, असोज ११, २०७७  १४:५२
1140x725

चौतारा- सिन्धुपाल्चोकमा किसानले लगाएको कफीमा अज्ञात रोगले बोट सुक्न थालेपछि यस वर्ष ४० प्रतिशतमात्र उत्पादन भई ठूलो आर्थिक क्षति व्यहोर्नुपर्दा किसान मर्कामा परेका छन्।

गतवर्ष एक करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिकटन उत्पादन भएकामा अज्ञात रोगले यसवर्ष १३ मेट्रिकटनमात्र उत्पादन भई झण्डै एक करोड हाराहारीको नोक्सान भएपछि किसान मर्कामा परेका हुन्। उत्पादित १३ मेट्रिकटन कफीलाई ए ग्रेडको पार्चमेण्ट ग्रिनवीन कफी तयार गर्दा आठ मेट्रिकटनमात्र बाँकी रहेको छ।

यसवर्ष ५० लाख मूल्य बराबरको नौ अमेरिकी डलरको भाउमा पाँच मेट्रिकटन मात्र जापान, कोरिया र अष्ट्रेलिया निर्यात भएको जिल्ला कफी सहकारी सङ्घकी अध्यक्ष मन्दु थापाले बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

गत वर्ष उत्पादित ३० मेट्रिकटन कफीमध्ये १०.३ मेट्रिकटन विदेश निर्यात भई बाँकी कफी स्वदेशमै खपत भएको थियो। यसवर्ष कोभिड–१९ महामारीका कारण गएको चैत ११ गतेदेखि देशमा लकडाउन भएकाले दुई मेट्रिकटन कफी गोदाममै थन्किएको अध्यक्ष थापाले बताइन्।

जिल्लामा १२४ हेक्टर क्षेत्रमा कफी खेती गरिएको छ। गत वर्षको हिउँदमा औसत भन्दाबढी वर्षा तथा हिमपात भएकोले अत्याधिक चिसोका कारण पात झर्ने र बोट तथा दाना समेत सुकेर झर्न थालेपछि किसान चिन्तित बनेका थिए। किसानको गुनासो आउन थालेपछि सङ्घबाट फिल्ड भ्रमण गरी कृषि तथा सहकारी मन्त्रालयको बाली विज्ञान महाशाखामा नमूना सङ्कलन गरी पठाइएको थियो। उक्त महाशाखाका वैज्ञानिकले निरीक्षण गरेपछि जलवायु परिवर्तनकै कारण रोग लागेको निष्कर्ष निकालेका थिए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

निरीक्षणबाट खासै उपलब्धी हासिल हुन नसकेपछि रोगी बिरुवालाई हटाएर स्वास्थ बिरुवा रोप्नुका साथै पर्याप्त कम्पोस्ट मल राखेपछि २५ प्रतिशत रोग नियन्त्रणमा आएको कृषि विज्ञ एवं कफी सहकारी सङ्घका केन्द्रीय उपाध्यक्ष सुदर्शन वोलखेले बताए।

जिल्ला कफी सहकारी सङ्घका सल्लाहकारसमेत रहनुभएका बोलखेकाअनुसार कफीलाई समय समयमा काँटछाँट र मलखाद दिनुपर्ने भएकाले कफी खेतीप्रति अभिरुची राख्ने किसानलाई आवश्यक जानकारी दिइँदै आएको छ। विसं २०६५ मा जिल्ला कफी सहकारी सङ्घको स्थापना भएपछि यहाँ उत्पादित कफी विदेश निर्यात हुँदै आएको छ। यहाँको हावापानीअनुसार सर्वोत्तम मानिएको बोर्वन प्रजातिका अराबिक कफीका बिरुवा लगाइएको छ। अरूको तुलनामा रोग प्रतिरोधात्मक क्षमता बढी रहेको उक्त प्रजातिका कफी विदेशमा अत्याधिक रुचाइने गरेको पाइएको छ। प्राङ्गारिक प्रमाण पत्रको आधारमा १४ देखि १६ मिलिमिटरको कफी मात्र विदेश निर्यात हुँदै आएको छ। 

गाउँघरमा युवा जनशक्तिको अभाव भएको अवस्थामा कफी खेती गर्न सहज हुनुका साथै नगदेबाली भएकाले किसान यसतर्फ आकर्षित भएका हुन्। कफी सदाबहार बिरुवा भएकाले वातावरण स्वच्छ राख्न र भूक्षय रोक्न सघाउ पुर्‍याउँछ। एक पटक लगाएको स्वस्थ बिरुवाले कम्तीमा ४० वर्षसम्म उत्पादन दिने र वृद्धवृद्धा र केटा केटीले दाना टिप्न सक्ने भएकाले यसलाई सजिलो खेतीको रुपमा लिइन्छ। कफीको बिरुवालाई छहारीको आवश्यकता पर्ने हुँदा बाली विविधीकरणअन्तर्गत केरा तथा अन्य फलफूल साथै खाली जमीनमा अदुवा खुर्सानी र बेसार खेती गरी अतिरिक्त आम्दानी लिन सकिन्छ। वार्षिक ६० हजारदेखि एक लाख २५ हजार रूपैयाँसम्म आम्दानी गर्न थालेपछि यसतर्फ किसानहरु आकर्षित भएका हुन्।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव मौसमविद् विनोद पोखरेलका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म वर्षाको सम्भावना बढी छ। देशका धेरै स्थानमा झरी पर्नुका साथै केही क्षेत्रमा... शुक्रबार, कात्तिक ६, २०८३
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ सर्वेक्षण सुरु भएको दुई दशकभन्दा बढी समय बित्दा ९३ किलोमिटर लामो भनिएको सडकमा साढे १८ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । सडक निर्माण... शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु उनले कारागारमा रहँदा आफूले गरेको भाकल पूरा गर्न भारतका धार्मिकस्थलको भ्रमणमा जान लागेको जानकारी दिएका छन् । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्