• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ : चन्द्रप्रकाश बानियाँ [अन्तर्वार्ता]

64x64
रासस शुक्रबार, असोज ९, २०७७  १७:१०
1140x725

इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेखेको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ। बानियाँले यसअघि ‘ऐतिहासिक पर्वत राज्य’, ‘खस जाति र कूलपूजा’ र ‘मृत्यु संस्कार मन्थन’ गरी तीन कृति प्रकाशित गरिसकेका छन्। उपन्यास लेख्दाको पृष्ठभूमि, मदन पुरस्कार प्राप्त गरेपछिको अनुभूति र आगामी योजनाबारे महारानीका लेखक चन्द्रप्रकाश बानियाँसँग गरिएको कुराकानीको सम्पादित अंश:

२०७६ सालको मदन पुरस्कार तपाईंको उपन्यास ‘महारानी’ले प्राप्त गरेकोमा हार्दिक बधाई। देशकै प्रतिष्ठित पुरस्कार पाउँदा कस्तो अनुभूति गर्नुभएको छ?
प्राप्ति आफैँमा सुखकारक विषय हो। त्यसमा पनि अनपेक्षित उपलब्धि हासिल हुनु थप आनन्दको विषय हुने नै भो तर मलाई भने उपलब्धिभन्दा मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर लागिरहेको छ। 

त्यस्तो अनुभूतिको कारण के होला?
लेख्ने कोसिस त गर्दै आएको छु। भविष्यमा पनि प्रयत्न निरन्तर रहने छ तर आफ्नै लेखनशील्पसँग सन्तुष्ट हुन सकिएको छैन। मेरो भावना र मेरो जानकारीको संयोजन गरेर सुन्दर रचना गर्न मेरो कलमले सक्दैन। मेरो त्यही अनुभूतिले मदन पुरस्कार प्राप्त लेखकको गरिमा गौरव थाम्न सकिन्न कि भन्ने लाग्ने हो। त्यसमाथि थप म अलि अल्छी पनि छु। घुमफिर गर्न रुच्दैन। अन्तरक्रिया र संवाद गर्ने बानी पनि छैन।  

उपन्यासमा कलम चलाउने र त्यो पनि ऐतिहासिक विषयवस्तु छान्नु पछाडिको कारण के थियो?
उपन्यासमा कलम यसअघि पनि चलाउने कोसिस गर्थेँ। दुर्घटनावश ती लेखोट पाठकका हातसम्म पुग्ने अवसर नपाइकनै मृत्युवरण गर्ने दुर्नियतिको शिकार भए। जहाँसम्म पर्वतको इतिहासलाई विषय बनाउनुको कारण के थियो भन्ने प्रश्न हो त्यससँग मेरो निजी भावना पनि गाँसिएको छ। चौबीसे राज्य पर्वतको समाजमा ‘आठ हजारका राजा, बाह्र हजारका बानियाँ’ भन्ने लोक कथन जीवित छ।

त्यो भनेको तत्कालीन मल्ल राजवंशले आर्जन गरेको आठ हजारमा बानियाँको पाखुरीले १२ हजार घरधुरी थपेको भन्ने अर्थ लाग्छ। अर्थात् तत्कालीन पर्वत राज्यको निर्माणमा मेरा पुर्खाको रगत पसिना भिजेको थियो। दुर्भाग्यवश पवर्तको त्यो इतिहास लेखिएन। पर्वत राज्यको अस्तित्व मेटिए पनि म त्यही माटोमा जन्मे हुर्केको मान्छे हुँ। पुर्खाको त्यो माटो, त्यो इतिहासप्रति मेरो मनमा अगाध श्रद्धा र गौरव छ। त्यसैैले त्यही इतिहास उधिन्नका लागि पनि विषय चुनिएको हो। अर्को कुरा तथ्य प्रमाणले पुष्टि गर्न नसकिने लोक कथनमा बाँचेको इतिहास लिपिबद्ध गर्ने  समाजसमक्ष गरेको वाचा पूरा गर्न पनि यो विषय रोजेको हुँ। अर्थात् यो लेखन आवश्यकताको उपज हो। 

Ncell 2
Ncell 2
nimb
nimb

उपन्यासमा आन्तरिक सत्ता सङ्घर्ष, अरन्तरदेशीय षड्यन्त्र, द्वन्द्व र त्यसैमा घुनझैँ पिसिएकी राजकुमारीको कथा छ। उपन्यासमा परेका ती घटनावली सत्य हुन्?
तथ्यद्वारा प्रमाणित गर्न सकिने घटना हुन्थे भने इतिहासमै लेखिन्थे। उपन्यास सिर्जना गर्नुपर्ने आवश्यकतै पर्दैनथ्यो। ‘महारानी’ ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास हो। सम्पूर्ण इतिहास होइन। सत्य कुरा कतिमात्रै हो भने घनश्याम मल्लका दुई विमातृक भाइबीच सत्ता सङ्घर्ष चलेको र दाइद्वारा भाइको हत्या भएको कुरा सत्य हो। भद्रिवमको हत्यापछि उनकी रानी वेपत्ता भएको वा पारिएको कुरा पनि सत्य हो। तर त्यो घटनाको प्रत्यक्ष साक्षी छैन र विश्वसनीय भौतिक साक्षी पनि उपलब्ध छैन। त्यही अन्धकारमा रहेको इतिहासको पाटो अर्थात् खाली ठाउँ भर्न कथानकको रचना गरिएको हो। 

त्यसो हो भने ‘महारानी’ उपन्यासलाई पाठकले कसरी बुझ्दा ठिक होला त?
माथि नै भनिसकेको छु कि समाजमा लोककथनका रूपमा बाँचेको कथा गाथाहरु ऐतिहासिक घटना नै हुन्। समयक्रममा सत्य कुरा कुना पर्दै गयो र त्यसमा अनेक नयाँ फूलबुट्टा थपिए, भरिए। सत्य इतिहास भ्रमपूर्ण कथाको छाँयामा विलुप्त भयो। ‘महारानी’ उपन्यासले त्यही भ्रमको थुप्रोबाट इतिहास उधिनेर बाहिर निकाल्ने कोसिस गरेको हो। त्यसैले उपन्यासको प्रारम्भमै यो ‘इतिहास पुनर्लेखनको प्रयत्न हो’ भनिएको हो। 

उपन्यासमा वर्णित घटनाजस्तो अपेक्षाकृत कम उमेरकी विश्वप्रभामा रहेको असाधारण त्यागको भावना, घनश्याममा रहेको न्यायप्रियता र सुमन्तको विज्ञता जस्ता विषयहरु पाठकका लागि अलिक अस्वाभाविक लाग्लान् कि भन्ने लागेन?
मानिसको योग्यता, क्षमता र भावनाको मापदण्ड उमेर हुने होइन। कैयौँ मानिसमा असाधारण प्रतिभा हुन्छ। उपन्यासमा वर्णित पात्रहरुको चरित्र अस्वाभाविक जस्तो देखिएको प्रतिक्रिया कतैबाट आएको छैन। स्वभावतः परिस्थितिअनुसार चरित्रमा अलिकता रङरोगन गरिनु अस्वाभाविक मानिन्छ जस्तो लाग्दैन। 

Xtrem
Xtrem

उपन्यासमा ‘डोली दिने’ प्रथाको चर्चा गरिएको छ। त्यो परम्परा यथार्थ हो कि काल्पनिक? यथार्थ हो भने यतिखेर किन प्रचलनमा छैन? कुनै ऐन कानूनद्वारा राज्यले हटाएको पनि देखिँदैन त? 
डोली दिने प्रथा खास गरेर ठकुरी समाजमा रहेको परम्परा हो। त्यसको प्रत्यक्ष साक्षी मेरो पुस्ता छ। त्यो अनौठो विषय पनि होइन। उपयुक्त वरमा आँखा परेपछि जुनसुकै बाबुआमा आफ्नी छोरीको हात थमाउन उत्सुक रहन्छन्। प्रत्यक्ष परोक्ष त्यस्तो पहल हुन्छ। त्यही चलनको औपचारिक नामकरण ‘डोली दिने’ प्रथाको रूपमा भएको हो। ठकुरी समाजले नाम दिएको मात्र हो। अहिले पनि उमेर पुगेकी छोरीका निमित्त उपयुक्त वर खोज्ने चलन हाम्रो समाजमा विद्यमान छ। अर्को अर्थमा त्यो पनि डोली दिने प्रथाकै निरन्तरता हो। 

‘महारानी’ उपन्यास लेखिएपछि पर्वत राज्यको कथा समाप्त भयो कि त्यसको ‘सिक्वेल’ पनि रचना गर्ने आवश्यकता देख्नुभएको छ?
ऐतिहासिक पर्वत राज्यको कथा ‘महारानी’ मा सम्पूर्ण समेटिएको छैन। कमसेकम पर्वत निर्माण, विस्तार विभाजनसम्मको कथा परेको छ। पर्वतमा मल्ल वंशले शासन गरेको ५०० वर्षमध्येको पछिल्लो झण्डै ३५० वर्षको इतिहास संक्षिप्तमा आएको छ। अझै करिब १५० वर्ष बाँकी रहन्छ। बाँकी इतिहास आउने गरी अर्को एउटा उपन्यास लेख्नुपर्ने आवश्यकता अनुभूत गरेको छु। परिणाम भविष्यको हातमा।

ऐतिहासिक घटनावलीलाई उपन्यासको कथानकमा ढाल्न र समेट्न कत्तिको सजिलो वा अप्ठेरो अनुभव गर्नुभएको छ ?
लेख्नु सजिलो कुरा होइन। कमसेकम मलाई त्यस्तो लाग्दैन। जहाँसम्म ऐतिहासिक उपन्यास लेख्नु सामाजिक विषयवस्तुको उपन्यास लेख्नुजस्तो सजिलो कुरा होइन। घटना, समय, पात्र, विषयवस्तुको निश्चित घेरा र सीमा हुन्छ। निश्चिन्त भएर कल्पनामा मुक्त कलम चलाउन पाइँदैन। सामाजिक उपन्यास घरमै बसेर कल्पना गर्न सकिन्छ। ऐतिहासिक उपन्यासका लागि तथ्यको पनि ख्याल राख्नुपर्ने हुन्छ। सत्यको अन्वेषण अनिवार्य पाटो मानिन्छ। 

‘महारानी’ उपन्यास सिर्जना गर्दाका कठिनाइ के कस्ता रहे होलान् ?
पहिलो कुरा तत्कालीन खस भाषिकाको खोज गर्नुपर्ने आवश्यकता थियो। पर्वत राज्यकालका सीमित लेखोट उपलब्ध छन्। कैयौँ लेखोट ‘डिकोट’ गरिदिने विज्ञको आवश्यकता पर्छ। पाँच सय वर्षको लामो अवधिमा लेखिएका दुई दर्जनभन्दा बढी लेखोटबाट भाषाको नमूना निकाल्नु निकै गाह्रो काम हो। किनकि भाषा निरन्तर विकासशील हुन्छ, परिवर्तनशील हुन्छ। पाँचसय वर्षमा त भाषामा आनको तान फरक परिसक्छ। दुईरो काम हो। किनकि भाषा निरन्तर विकासशील हुन्छ, परिविर्तनशील हुन्छ। पाँचसय वर्षमा त भाषामा आनको तान फरक परिसक्छ। 

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्