कर्णाली- वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त शव वीरेन्द्रनगर नगरपालिका–४ र ६ को बीचमा पर्ने खोर्केखोलाको रातो पुल नजिक भेटिएको हो।
प्रहरीले उक्त शव बालकको रहेको जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जन्मेलगत्तै शिशु फालिएको हुनसक्ने बताएका छन्।
‘शवको प्रकृति हेर्दा जन्मिने बित्तिकै फ्याँकिएको देखिन्छ,’ उनले भने, ‘कसले किन फालेको हो भन्नेबारे अनुसन्धान शुरु भइसकेको छ।’ प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव परीक्षणका लागि प्रदेश अस्पताल कालागाउँ पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।