काठमाडौं- नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति असंवैधानिक भन्दै बदरको मागसहित निवेदन दर्ता गराएका हुन्। सर्वोच्ले सो रिटमाथि सुनुवाइ गर्न बुधबारका लागि पेसी समेत तोकेको छ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई रिक्त रहेको एक कोटामा राष्ट्रिय सभामा मनोनयन गरेकी थिइन्। उनले राष्ट्रियसभा सदस्यका लागि सपथसमेत लिइसकेका छन्।
प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।