काठमाडौं- संविधान दिवसका अवसरमा कास्की कारागारबाट विभिन्न मुद्दाका एक महिलासहित ११ जना कैदीबन्दी शनिबार मुक्त भएका छन्। नेपाल सरकारको ५० प्रतिशत कैद समय भुक्तानी गरेका कैदीबन्दीलाई संविधान दिवसका अवसरमा बाँकी समय माफी दिने निर्णयअनुरुप उनीहरु मुक्त भएको कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिए।
उनका अनुसार सरकारले निश्चित कैद समय भुक्तान गरेका कैदीबन्दीलाई राष्ट्रिय दिवस एवम् महत्वपूर्ण सन्दर्भका अवसरमा कैदमुक्त गर्नुपर्ने बाँकी कैद समय मिनाहा गर्ने गरेको छ।
बाँकी कैद समय माफी हुनेमा कर्तव्य ज्यान मुद्दाका पाँच, सवारी ज्यान सम्बन्धी दुई, चोरी, आगलागी ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जवरजस्ती चोरीका एक महिलासहित एक/एक जना गरेर ११ जना बन्दी मुक्त भएका हुन। कार्यलय प्रमरख लामिछानेका अनुसार कास्की कारागारमा अब विभिन्न मुद्दाका ९ सय २४ जना कैदीबन्दी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।