हेटौंडा- मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–९ रजैयामा शनिबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ बस्ने अन्दाजी २९ वर्षीय दीपेन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नंको मिनीबस र विपरीत दिशातर्फ जाँदै गरेको ना ४९ प २४०० नंको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अधिकारीको मृत्यु भएको हो।
प्रवक्ता रानाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका अधिकारीको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मिनीबस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।