नयाँदिल्ली- भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोना भाइरस संक्रमण भएको छ।
उनले आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्।
उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि आह्वान गरेका छन्।
उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा आफूले कोरोना परीक्षण गर्दा पोजेटिभ आएकाले आफूसँग केही दिनयता सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्न आग्रह गरेका हुन्।
उनले थप लेखेका छन्, ‘भगवानको कृपा र तपाईंहरु सबैको शुभेच्छाले मलाई अहिले धेरै निको भइसकेको छ, म अहिले आराम महसुस गरिरहेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।