• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

यात्रुको पर्खाइमा बसपार्क

शिव बोहरा/ऋग्वेद शर्मा बिहीबार, असोज १, २०७७  १४:००
1140x725

काठमाडौं- लामो दुरीका गाडी चलेसँगै कोरोना माहामारीका कारण संकटमा परेको यातायात क्षेत्रको अवस्था सुधार हुने आशमा मजदूर देखिन्छन्। १ सय ७७ दिन बन्द रहेको गाडी चलाउन पाउँदा खुसी देखिए पनि दैनिक सञ्चालन खर्च पुग्ने गरी यात्रु नपाइने चिन्ता उस्तै छ।

कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले गरेको लकडाउन र निषेधाज्ञामा बन्द भएका लामो दुरीका यात्रुबाहक गाडी बिहीबारदेखि सञ्चालनमा आएका हुन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले असोज १ देखि लामो तथा मध्यम दूरीका बस चलाउन दिने निर्णय गरेको थियो। 

थन्किएको गाडी मर्मत गरी बिहीबार बिहान विश्वकर्मा पूजा गरेसँगै गाडीहरु यात्रुको पर्खाइमा छन्। व्यवसायीहरुले सरकारलाई असोज १ देखि लामो दूरीका बस चलाउन नदिए स्वतःस्फूर्त रुपमा चलाउने चेतावनी दिएका थिए। लामो समय संकटमा परिसकेका उनीहरु दसैँअघि एउटा लयमा आउन चाहन्छन्। तर अवस्था सोचेजस्तो छैन। 

मलेसियाबाट बिहीबार बिहान ८ बजे काठमाडौं आइपुगेका धरानका अशोक तिवारी घर जान भनेर सिधै गोगंबु बसपार्क गए तर उनले गाडी पाएनन्। कोरोना महामारीका कारण सुरक्षित रुपमा सिट क्षमता भन्दा आधा यात्रु लान पाउने नियममा चल्नुपर्ने गाडीमा यात्रु पर्याप्त नभएकै कारण अशोकलाई बसपार्कमै गाडी खोजिरहनु परेको छ।  

‘धरान जान लागेको हो, बिहानदेखि कति मान्छेहरु त यता उता गइसक्यो। गाडी खुलेको आज पहिलो दिन हो, केही भेटिएला भनेर सिधै यहाँ आएको केही पाइएको छैन। अब खोज्नुपर्छ। टिकटहरु दिएको छैन। गाडी खोजिरहेका छौँ, मान्छे नभए जाँदैन भनिरहेको छ’ उनले भने। 

सरकारले असार २६ गतेदेखि जिल्लाभित्र चल्न पाउने गरी स्थानीय रुटका गाडी चल्न दिएको थियो। त्यसरी चल्ने गाडीमा सिट क्षमताभन्दा आधामात्र यात्रु राखेर तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर चलाउन दिइएको थियो। उपत्यकामा कोरोना संक्रमण बढेसँगै भदौ ३ गतेदेखि उपत्यकालगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेपछि स्थानीय रुटका गाडीसमेत बन्द भएका थिए।

उपत्यकामा चल्ने गाडी जोरबिजोरका आधारमा चल्ने भए पनि लामा तथा मध्यम दूरीका गाडीमा भने जोरबिजोर लागु हुने छैन। यात्रुको अवस्था र आवश्यकता विचार गरेर बसहरु चलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन्। 

Ncell 2
Ncell 2

‘१ सय ७७ दिनपछि लामो तथा मध्यम दूरीका बस चलाउन दिने निर्णय सरकारले गरेपछि हामीले व्यवसायी साथीहरुलाई बस चलाउन भनेका छौं,’ सिटौला भन्छन्, ‘आज विश्वकर्मा पूजा गरेर बस चल्न थालेका छन्। यात्रुको चाप हेरेर आवश्यकता अनुसार बस चल्ने छन्।’ लामो समयसम्म थन्क्याएर राखिएका बसको मर्मतमै ठूला रकम खर्च भएको समेत उनले बताए।

अबको एक महिनापछि दसैँ सुरु हुने भएकाले पनि सरकारले अहिले नै स्वास्थ्य मापदण्ड पूरा गरेर सिट क्षमताको आधामात्र यात्रु राखेर बस चलाउन अनुमति दिएको हो। आधामात्र यात्रु राख्दा यात्रुले तोकिएको भाडामा थप ५० प्रतिशत तिर्नुपर्ने हुन्छ। आधामात्र यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिँदा पनि सञ्चालन खर्च समेत उठ्न नसक्ने यातायातसम्बद्ध बताउँछन्।

‘गाडी मर्मत गर्न समस्या नै भयो। जसले बेला बेला गाडी स्टाट गरेर राखिरहेका थिए, उनीहरुलाई धेरै समस्या भएन तर जसको कर्मचारी पनि बाहिर थिए र गाडी चल्नै पाएन उनीहरुलाई धेरै समस्या रह्यो। गुडाउनै नपाएकोलाई त गाडी मर्मतमा नै तीन लाख रुपैयाँभन्दा बढी गयो। सिधै निकालेर गुडाउन सकिने अवस्था कुनै पनि गाडी छैन’ नेपालगञ्ज जाने बसका चालक कुमार योगीले बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री, यातायात व्यवसायी तथा मजदुर युनियनका प्रतिनिधीबीच बुधबार मन्त्रालयमा भएको छलफलमा तोकिएको मापदण्ड पूरा गरेर सवारी सञ्चालन गर्न सहमति भएको थियो। त्यसको अनुगमन गर्ने जिम्मा यातायात व्यवस्था विभागलाई दिइएको छ। तर त्यसबाहेक पनि सरकारले आफूहरुको लागि केही सोचिदेला भन्ने आशमा यातायात व्यवसायी देखिन्छन्। 

‘६ महिनादेखि घरभाडा तिर्न पनि पाइएको छैन। यो बीचमा अरु खर्च पनि मुस्किल नै रह्यो। कम्तिमा बैंक ऋण तिर्ने समय अलिकति बढाइदिए हुन्थ्यो भन्नेसम्म आश छ। त्यसले पनि अलिकति राहत हुने थियो’, चालक योगी भन्छन्, ‘आधा यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिँदा पनि त्यसरी खर्च पनि उठ्दैन। दुई सिट लहरमा आधा यात्रु हुन्छन् भन्ने पनि छैन। काठमाडौंबाट जाने मान्छे पाइए पनि उताबाट आउँदा मान्छे पाइँदैन। हेरौँ अब सरकारको ध्यानआकर्षण हुन्छ होला।’ 

उनको गाडी बिहीबार नेपालगञ्ज जाने पालोमा छ, तर सञ्चालन खर्च उठ्ने गरी यात्रु पाइएला भन्नेमा शंका नै छ। यसैले भन्छन्- ‘पालो त हो, मान्छे भएछन् भने जाने हो। यतिका सयम दुःख नै भयो, अझै पनि के हिसाबले खुलेको हो भन्ने यकिन छैन।’ 

बिहीबार बिहान गोगंबु बसपार्क र कलंकीमा समेत केही यात्रुहरु गाडीको पर्खाइमा नै थिए। ठूला गाडीहरु धेरै नभए पनि साना गाडीहरुमा टिकटबिनाको मोलतोलमा चलिरहेका पनि भेटिए। जसमा स्वास्थ्य सुरक्षाका लागि भनिएका सबै उपाय अपनाउन पनि मुस्किल नै हुनेछ। यो तयारीले दसैँसम्ममा सहज हुने आश भए पनि अहिलेका लागि के होला भन्ने यकिन छैन। 

थप तस्बिरमा बसपार्क र कलंकीमा जे देखियो-

 

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड आइतबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार ३ सय रुप... मंगलबार, माघ १३, २०८२
नेपाली रुपैयाँ निरन्तर कमजोर यो हालसम्मकै उच्च हो । पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । मंगलबार, माघ १३, २०८२
नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकिङ पहुँच देशका सबै कुनाकापचासम्म... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्