• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

यात्रुको पर्खाइमा बसपार्क

शिव बोहरा/ऋग्वेद शर्मा बिहीबार, असोज १, २०७७  १४:००
1140x725

काठमाडौं- लामो दुरीका गाडी चलेसँगै कोरोना माहामारीका कारण संकटमा परेको यातायात क्षेत्रको अवस्था सुधार हुने आशमा मजदूर देखिन्छन्। १ सय ७७ दिन बन्द रहेको गाडी चलाउन पाउँदा खुसी देखिए पनि दैनिक सञ्चालन खर्च पुग्ने गरी यात्रु नपाइने चिन्ता उस्तै छ।

कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले गरेको लकडाउन र निषेधाज्ञामा बन्द भएका लामो दुरीका यात्रुबाहक गाडी बिहीबारदेखि सञ्चालनमा आएका हुन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले असोज १ देखि लामो तथा मध्यम दूरीका बस चलाउन दिने निर्णय गरेको थियो। 

थन्किएको गाडी मर्मत गरी बिहीबार बिहान विश्वकर्मा पूजा गरेसँगै गाडीहरु यात्रुको पर्खाइमा छन्। व्यवसायीहरुले सरकारलाई असोज १ देखि लामो दूरीका बस चलाउन नदिए स्वतःस्फूर्त रुपमा चलाउने चेतावनी दिएका थिए। लामो समय संकटमा परिसकेका उनीहरु दसैँअघि एउटा लयमा आउन चाहन्छन्। तर अवस्था सोचेजस्तो छैन। 

मलेसियाबाट बिहीबार बिहान ८ बजे काठमाडौं आइपुगेका धरानका अशोक तिवारी घर जान भनेर सिधै गोगंबु बसपार्क गए तर उनले गाडी पाएनन्। कोरोना महामारीका कारण सुरक्षित रुपमा सिट क्षमता भन्दा आधा यात्रु लान पाउने नियममा चल्नुपर्ने गाडीमा यात्रु पर्याप्त नभएकै कारण अशोकलाई बसपार्कमै गाडी खोजिरहनु परेको छ।  

‘धरान जान लागेको हो, बिहानदेखि कति मान्छेहरु त यता उता गइसक्यो। गाडी खुलेको आज पहिलो दिन हो, केही भेटिएला भनेर सिधै यहाँ आएको केही पाइएको छैन। अब खोज्नुपर्छ। टिकटहरु दिएको छैन। गाडी खोजिरहेका छौँ, मान्छे नभए जाँदैन भनिरहेको छ’ उनले भने। 

सरकारले असार २६ गतेदेखि जिल्लाभित्र चल्न पाउने गरी स्थानीय रुटका गाडी चल्न दिएको थियो। त्यसरी चल्ने गाडीमा सिट क्षमताभन्दा आधामात्र यात्रु राखेर तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर चलाउन दिइएको थियो। उपत्यकामा कोरोना संक्रमण बढेसँगै भदौ ३ गतेदेखि उपत्यकालगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेपछि स्थानीय रुटका गाडीसमेत बन्द भएका थिए।

उपत्यकामा चल्ने गाडी जोरबिजोरका आधारमा चल्ने भए पनि लामा तथा मध्यम दूरीका गाडीमा भने जोरबिजोर लागु हुने छैन। यात्रुको अवस्था र आवश्यकता विचार गरेर बसहरु चलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘१ सय ७७ दिनपछि लामो तथा मध्यम दूरीका बस चलाउन दिने निर्णय सरकारले गरेपछि हामीले व्यवसायी साथीहरुलाई बस चलाउन भनेका छौं,’ सिटौला भन्छन्, ‘आज विश्वकर्मा पूजा गरेर बस चल्न थालेका छन्। यात्रुको चाप हेरेर आवश्यकता अनुसार बस चल्ने छन्।’ लामो समयसम्म थन्क्याएर राखिएका बसको मर्मतमै ठूला रकम खर्च भएको समेत उनले बताए।

अबको एक महिनापछि दसैँ सुरु हुने भएकाले पनि सरकारले अहिले नै स्वास्थ्य मापदण्ड पूरा गरेर सिट क्षमताको आधामात्र यात्रु राखेर बस चलाउन अनुमति दिएको हो। आधामात्र यात्रु राख्दा यात्रुले तोकिएको भाडामा थप ५० प्रतिशत तिर्नुपर्ने हुन्छ। आधामात्र यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिँदा पनि सञ्चालन खर्च समेत उठ्न नसक्ने यातायातसम्बद्ध बताउँछन्।

‘गाडी मर्मत गर्न समस्या नै भयो। जसले बेला बेला गाडी स्टाट गरेर राखिरहेका थिए, उनीहरुलाई धेरै समस्या भएन तर जसको कर्मचारी पनि बाहिर थिए र गाडी चल्नै पाएन उनीहरुलाई धेरै समस्या रह्यो। गुडाउनै नपाएकोलाई त गाडी मर्मतमा नै तीन लाख रुपैयाँभन्दा बढी गयो। सिधै निकालेर गुडाउन सकिने अवस्था कुनै पनि गाडी छैन’ नेपालगञ्ज जाने बसका चालक कुमार योगीले बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री, यातायात व्यवसायी तथा मजदुर युनियनका प्रतिनिधीबीच बुधबार मन्त्रालयमा भएको छलफलमा तोकिएको मापदण्ड पूरा गरेर सवारी सञ्चालन गर्न सहमति भएको थियो। त्यसको अनुगमन गर्ने जिम्मा यातायात व्यवस्था विभागलाई दिइएको छ। तर त्यसबाहेक पनि सरकारले आफूहरुको लागि केही सोचिदेला भन्ने आशमा यातायात व्यवसायी देखिन्छन्। 

‘६ महिनादेखि घरभाडा तिर्न पनि पाइएको छैन। यो बीचमा अरु खर्च पनि मुस्किल नै रह्यो। कम्तिमा बैंक ऋण तिर्ने समय अलिकति बढाइदिए हुन्थ्यो भन्नेसम्म आश छ। त्यसले पनि अलिकति राहत हुने थियो’, चालक योगी भन्छन्, ‘आधा यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिँदा पनि त्यसरी खर्च पनि उठ्दैन। दुई सिट लहरमा आधा यात्रु हुन्छन् भन्ने पनि छैन। काठमाडौंबाट जाने मान्छे पाइए पनि उताबाट आउँदा मान्छे पाइँदैन। हेरौँ अब सरकारको ध्यानआकर्षण हुन्छ होला।’ 

उनको गाडी बिहीबार नेपालगञ्ज जाने पालोमा छ, तर सञ्चालन खर्च उठ्ने गरी यात्रु पाइएला भन्नेमा शंका नै छ। यसैले भन्छन्- ‘पालो त हो, मान्छे भएछन् भने जाने हो। यतिका सयम दुःख नै भयो, अझै पनि के हिसाबले खुलेको हो भन्ने यकिन छैन।’ 

बिहीबार बिहान गोगंबु बसपार्क र कलंकीमा समेत केही यात्रुहरु गाडीको पर्खाइमा नै थिए। ठूला गाडीहरु धेरै नभए पनि साना गाडीहरुमा टिकटबिनाको मोलतोलमा चलिरहेका पनि भेटिए। जसमा स्वास्थ्य सुरक्षाका लागि भनिएका सबै उपाय अपनाउन पनि मुस्किल नै हुनेछ। यो तयारीले दसैँसम्ममा सहज हुने आश भए पनि अहिलेका लागि के होला भन्ने यकिन छैन। 

थप तस्बिरमा बसपार्क र कलंकीमा जे देखियो-

 

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व मन्त्रालयले सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिएको छ । दाहाल यसअघि बजेट महाशाखामा कार्यरत थिए । लुम्बिनी प्रदेशब... सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा खटिएको राष्ट्र बैंक उपनिर्देशक गेजा पंगेनी नेतृत्वको १० सदस्यीय टोलीले गत साउनदेखि सहकारीको निरीक... सोमबार, असोज ५, २०८३
आगलागीपछि फेरि खुल्यो टंगालको भाटभटेनी, गुरुङले भने– ‘ज्यानको बाजी राखेर उठाएँ’ शाखाको पुनः उद्घाटन गर्दै भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले विगतको घटनालाई बिर्सेर नयाँ सुरुवात गरेको बताए। उनले हजारौँ कर्मचारी,... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्