वासिंटन- माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्वितीयको ९४ वर्षको उमेरमा निधन भएको छ। उनको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ। मंगलबार बिल गेट्सको पारिवारिक स्रोतले उनको निधन सोमबार भएको जानकारी गराएको हो।
उनी अल्जाइमरको बिरामी हुनुहुन्थ्यो। विलियम हेनरी गेट्स द्वितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो। उनको निधनपछि बिल गेट्सले आफ्ना पिता आफ्नो जीवनको वास्तविक ‘हिरो’ भएको बताए। उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको बिल गेट्सले बताएका छन्।
बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाएका छन्। विलियम हेनरी गेट्स द्वितीय अमेरिकाको एक प्रसिद्ध वकिल थिए। उनी ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।