नयाँ दिल्ली- भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १४ जनाको ज्यान गएको छ।
यसै हप्ता बिहारका विभिन्न ६ जिल्लामा परेको चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो। समाचारमा जनाइएअनुसार अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो।
चट्याङका कारण गएको तीन दिनमा ती नागरिकको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका बिहारका विपद् व्यवस्थापनसम्बन्धी अधिकरीहरुले जानकारी दिएका छन्।
बिहारको विपद् व्यवस्थापन विभागले बुधबार बिहान सो कुराको जानकारी दिएको हो। गएको सोमबारदेखि यहाँ चट्याङ पर्न सुरु गरेको र बुधबार बिहानसम्म यो संख्या १५ पुगेको बिहारको विपद् व्यवस्थापन विभागले जानकारी दिएको हो।
भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत महिनामात्र पनि चट्याङका कारण १०० जनाभन्दा बढीको ज्यान गएको थियो।
मौसम खराब रहेकाले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो।
यसैगरी बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रतिपरिवार चार लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्। पीडितका परिवारलाई सो रकम हस्तान्तरण गर्ने काम भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।