• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २७, २०८३ Sat, Jul 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

यसरी पूर्ण डिजिटल बन्दैछ कर्मचारी सञ्चय कोष

64x64
अरुण सापकोटा बुधबार, भदौ ३१, २०७७  ०७:३०
1140x725

काठमाडौं- कर्मचारी सञ्चयकोषले आफ्ना सम्पूर्ण सेवाहरूलाई डिजिटलाइज गर्दै कागजविहीन बनाउने भएको छ। कोषमा जम्मा हुने सञ्चयकर्ताको पैसादेखि लिएर सञ्चयकर्ताले लिएको कर्जा सापटीको ब्याज र किस्तालगायतका सबै सेवा अनलाइन प्रणालीबाटै लिन/दिन सकिने गरी व्यवस्था गर्न लागिएको कोषले जानकारी दिएको छ। 

कोषले डिजिटल प्रविधिमा फड्को मारेसँगै सामान्य कामका लागि कोषको कार्यालयमै पुग्नुपर्ने र फाइलका थात बोकेर हिँड्नुपर्ने झन्झटबाट सेवाग्राहीलाई मुक्ति मिल्ने विश्वास गरिएको छ। 

कोषले ५९औं वार्षिकोत्सवको अवसरमा मंगलबार नेपालकै सबैभन्दा आधुनिक डाटा सेन्टरको शुभारम्भ गरेको छ। कोषको डाटा सेन्टर यसभन्दा अगाडि कर्मचारी सञ्चयकोषको भवन ठमेलमा थियो। ठमेलबाट पुल्चोकमा सार्ने क्रममा अत्यन्तै सुरक्षित, ठूलो र स्वचालित डाटा सेन्टर तयार पारिएको हो। कोषले यस वर्ष सबैभन्दा धेरै सूचना तथा प्रविधिको क्षेत्रमा फड्को मारेको कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले दाबी गरे।

कोषले गत वर्षको वार्षिकोत्सवबाट सरकारी कर्मचारीको निवृत्तिभरण कोषको पनि व्यवस्थापन गर्न जिम्मेवारी पाएको थियो। उक्त कोषको तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका थिए। पछिल्लो नियमअनुसार सञ्चय कोषले सरकारी संस्थान तथा सरकारको सेयर स्वामित्व भएका प्रतिष्ठान तथा संस्थाहरूका कर्मचारीको पनि निवृत्तिभरण कोष व्यवस्थापनका लागि जिम्मेवारी पाएको छ।

'प्रदेश तथा स्थानीय तहका कर्मचारीहरुको पनि निवृत्तिभरण कोष व्यवस्थापन गर्नुपर्नेछ। यस्तो दुरगामी कोषको व्यवस्थापनसँगै सञ्चयकोष सधैंका लागि जीवन्त हुनेछ। 'अब हामी दुरगामी प्रकृतिका क्षेत्रमा लगानी गर्न सक्ने भएका छौं,' गौतमले भने।  

कोषसँग सबैभन्दा ठूलो लगानी योग्य रकम छ। अझ दीर्घकालीन प्रकृतिका आयोजनामा लगानी गर्न सक्ने क्षमता छ। तर कोषको २८ प्रतिशत रकम बैंकका मुद्दति खातामा जम्मा भएर बसेको छ। सञ्चयकर्ताले लिएको सापटी फिर्ता गर्ने तर नयाँ लगानी नहुने अवस्थाले गर्दा बैंकमा निक्षेपको रुपमा थुप्रिएको गौतमले जानकारी दिए।

यस्तो रकम लगभग १० अर्बभन्दा माथि रहेको छ। लकडाउनका कारण सञ्चयकर्ताले नयाँ सापटीको माग गरेका छैनन् तर पुरानो सापटी चुक्ता हुँदै गएपछि बैंकमा पैसा थुप्रिएको गौतमले प्रस्ट पारे। 

त्यस्तै ५० प्रतिशत रकम सञ्चयकर्ताहरुलाई सापटी दिएको छ। ठुला तथा लामो अवधिका परियोजनामा लगानी गर्न क्षमता बोकेको कोषले यस्ता क्षेत्रमा जम्मा १६ प्रतिशतलगानी गरेको छ। त्यस्तै पुँजी बजारमा कोषको लगानी ५ प्रतिशतमात्रै छ। यसले पनि कोष आफ्नो वास्तविक सिद्धान्तभन्दा पनि अल्पकालीन ब्याज आम्दानीमै रमाइरहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

कोषले दीर्घकालीन महत्वका परियोजना जस्तो रेल मार्ग, द्रूत मार्ग, एयरपोर्ट, शहरी विकास, जलविद्युत परियोजनामा लगानी बढाउन सकेको छैन। गौतमका अनुसार यस्ता किसिमका परियोजनामा कोषले लगानी गर्न चाहे पनि आउन सकेको छैन। यदि कसैले परियोजना लिएर आयो भने बल्ल लगानी गर्ने नगर्ने विषयमा छलफल बहस गर्न सकिन्छ तर कुनै पनि प्रस्ताव नआएको गौतमले बताउँदै आएका छन्।

यदि सरकार ग्यारेन्टी बसेर परियोजना ल्याउँछ भने लगानी गर्न तयार भएको उनले प्रतिबद्धता व्यक्त गरे। 

कोषले गत वर्ष आवास कम्पनी स्थापना गरेको थियो। तर उक्त कम्पनीले राम्रोसँग काम गर्न पाएको छैन। अबको वर्ष कोषको ध्यान उक्त आवास कम्पनीमार्फत् नेपालका विभिन्न शहरमा नयाँ आवास परियोजना अगाडि बढाउने रहेको छ। 

कोषको यस वर्षको लक्ष्य शेयर बजारमा लगानी बढाउने रहेको छ। गौतमले भने‚ 'पुँजी बजारमा हाम्रो लगानी धेरै कम छ। अबका दिनमा हाम्रो ध्यान पुँजी बजारमा केन्द्रित हुनेछ।' तत्काल कोषले शेयर लगानीको लागि छुट्टै कम्पनी खडा गर्न सक्ने अवस्था नभएकाले एउटा युनिट नै बनाएर शेयरमा लगानी गर्ने कोषको योजना छ।

व्यक्ति तथा संस्थालाई बैंक तथा वित्तीय संस्थामा क्रस होल्डिङ गर्ने छुट छैन तर सञ्चय कोषले विभिन्न बैंक तथा वित्तीय संस्था बीमा कम्पनीमा लगानी गर्न पाउँछ। विशेष अधिकार हुँदा पनि कोषले आफ्नो लगानीलाई अधिकतम उपयोग भने गर्न सकेको छैन। 

यसरी पूर्ण डिजिटल बनाइँदैछ सञ्चय कोष 
कोषका जम्मा सञ्चयकर्तामध्ये ६७ प्रतिशतले मात्रै व्यक्तिगत विवरण 'केवाइसी' बुझाएका छन्। यस वर्ष शतप्रतिशत सञ्चयकर्ताकै केवाइसी तयार पार्ने गौतमले जानकारी दिए। नयाँ केवाइसी नभरेका सञ्चयकर्ताले कोषले दिने कर्जा सापटीको सुविधा प्राप्त गर्न सक्दैनन्।

यसरी आफ्नो व्यक्तिगत विवरण भर्ने सञ्चयकर्ताले अनलाइन प्रणालीबाटै कर्जा सापटीको लागि आवेदन दिन सक्ने बनाइएको छ। अबदेखि कुनै पनि सञ्चयकर्ताले कर्जा सापटीको लागि कोषका कार्यालयमा जानुपर्दैन। 

अनलाइनबाटै दिएको आवेदनका आधारमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाइन्छ। त्यस्तै सापटीको किस्ता तथा ब्याज भुक्तानी पनि अनलाइन प्रणालीबाटै व्यवस्था मिलाउन लागिएको गौतमले जानकारी दिए। कनेक्ट आइपिएस, मोबाइल बैंकिङ तथा विभिन्न डिजिटल भुक्तानी प्रणाली मार्फत् सञ्चयकर्ताले सापटीको ब्याज र किस्ता भुक्तानी गर्न सक्नेछन्।

यस कार्यले कोही पनि भौतिक रुपमा कार्यालय पुग्नुपर्दैन। यसैगरी कोषले आफ्ना सम्पूर्ण सुविधालाई डिजिटलाइज बनाउँदै लैजाने लक्ष्य लिएको छ। यदि सञ्चयकर्ता कोषको कार्यालयमा उपस्थित भए पनि उसलाई अनलाइन प्रणालीबाटै सुविधा दिइने कोषले जनाएको छ। 

कर्मचारीको तलबबाट सञ्चयकोषमा कट्टा हुने रकम पनि सिधै डिजिटल प्रविधिबाट सम्बन्धित सञ्चयकर्ताको नाममा काटिने गरी प्रणालीको विकास भैरहेको गौतमले जानकारी दिए। उनले भने‚ 'अहिले कर्मचारीको तलब फाटवारी मार्फत् बैंक हुँदा पोष्टिङ हुने व्यवस्था छ। महालेखा परीक्षकको कार्यालयसँग समन्वय गरेर कर्मचारीको तलब भुक्तानी हुँदा कोषमा जम्मा हुने पैसा सिधै सञ्चयकोषमा जम्मा हुनेगरी सफ्टवेयरको विकास गर्दैछौं।' उक्त सफ्टवेयरको परीक्षण भइसकेको र अब कार्यान्वयनको चरणमा रहेको गौतमले जानकारी दिए। 

धेरै कर्मचारीको प्रयोग गरेर जति पनि काजपत्रका काम हुन्थे अबदेखि लगभग अन्त्य हुने भएको छ। कोषले थोरै जनशक्तिबाट धेरै काम लिने अभियानमा लागेको छ। दैनिक अप्रेसनल कामभन्दा पनि अब कोषको ध्यान लगानीतर्फ केन्द्रित हुने गौतम बताउछन्।

उनले भने‚ 'अबका दिनमा कोषको कार्यदिशा कर्मचारीको सञ्चयकोष व्यवस्थापन गर्नेभन्दा पनि निवृत्तीभरण कोषको व्यवस्थापन र अधिकतम प्रतिफल लिनेतर्फ केन्द्रित हुनेछौं।' 

सुरुका दिनदेखि नै पेन्सन फण्डका लागि कुनै पनि कर्मचारी कोषको कार्यालयमा जानुपर्दैन। उसको यस बापतको पैसा सिधै अनलाइन प्रणालीमार्फत् कोषमा जम्मा हुन्छ। एक वर्षअघि सुरु गरिएको यस कोषमा ४७ करोड ३१ लाख रुपैयाँ जम्मा भएको छ। यो रकम हरेक वर्ष बढ्दै जानेछ। र यसको आकार अहिलेको सञ्चयकर्ताको कोषभन्दा पनि ठूलो हुनेछ। 

यस्ता कोषको रकम ठूला ठूला परियोजनामा लगानी गर्नेतर्फ कोष अगाडि बढेको छ। ठूला परियोजनामा लगानी गर्नुका साथै मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउने गरी काम गर्ने कोषको योजना छ। 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार? आज सुन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर दुई लाख ८७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक... शुक्रबार, असार २६, २०८३
सुनचाँदीको मूल्य घट्यो आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले घटेर दुई लाख ८४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक... बिहीबार, असार २५, २०८३
नेप्से ३०.०९ अङ्कले घट्यो मौद्रिक नीतिपछि नेप्से परिसूचक बढ्ने अपेक्षा थियो। तर त्यसो नभई नेप्से बुधवार ३०.०९ अङ्क घटेर २ हजार ६२१.५९ विन्दुमा झरेको छ । त्यस्... बुधबार, असार २४, २०८३
ताजा समाचारसबै
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज शनिबार, असार २७, २०८३
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध शनिबार, असार २७, २०८३
काठमाडौँ उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम, ३१ जिल्लामा मध्यम खतरा शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन शुक्रबार, असार २६, २०८३
२०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन शनिबार, असार २७, २०८३
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, असार २६, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ? शुक्रबार, असार २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्