• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

यसरी पूर्ण डिजिटल बन्दैछ कर्मचारी सञ्चय कोष

64x64
अरुण सापकोटा बुधबार, भदौ ३१, २०७७  ०७:३०
1140x725

काठमाडौं- कर्मचारी सञ्चयकोषले आफ्ना सम्पूर्ण सेवाहरूलाई डिजिटलाइज गर्दै कागजविहीन बनाउने भएको छ। कोषमा जम्मा हुने सञ्चयकर्ताको पैसादेखि लिएर सञ्चयकर्ताले लिएको कर्जा सापटीको ब्याज र किस्तालगायतका सबै सेवा अनलाइन प्रणालीबाटै लिन/दिन सकिने गरी व्यवस्था गर्न लागिएको कोषले जानकारी दिएको छ। 

कोषले डिजिटल प्रविधिमा फड्को मारेसँगै सामान्य कामका लागि कोषको कार्यालयमै पुग्नुपर्ने र फाइलका थात बोकेर हिँड्नुपर्ने झन्झटबाट सेवाग्राहीलाई मुक्ति मिल्ने विश्वास गरिएको छ। 

कोषले ५९औं वार्षिकोत्सवको अवसरमा मंगलबार नेपालकै सबैभन्दा आधुनिक डाटा सेन्टरको शुभारम्भ गरेको छ। कोषको डाटा सेन्टर यसभन्दा अगाडि कर्मचारी सञ्चयकोषको भवन ठमेलमा थियो। ठमेलबाट पुल्चोकमा सार्ने क्रममा अत्यन्तै सुरक्षित, ठूलो र स्वचालित डाटा सेन्टर तयार पारिएको हो। कोषले यस वर्ष सबैभन्दा धेरै सूचना तथा प्रविधिको क्षेत्रमा फड्को मारेको कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले दाबी गरे।

कोषले गत वर्षको वार्षिकोत्सवबाट सरकारी कर्मचारीको निवृत्तिभरण कोषको पनि व्यवस्थापन गर्न जिम्मेवारी पाएको थियो। उक्त कोषको तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका थिए। पछिल्लो नियमअनुसार सञ्चय कोषले सरकारी संस्थान तथा सरकारको सेयर स्वामित्व भएका प्रतिष्ठान तथा संस्थाहरूका कर्मचारीको पनि निवृत्तिभरण कोष व्यवस्थापनका लागि जिम्मेवारी पाएको छ।

'प्रदेश तथा स्थानीय तहका कर्मचारीहरुको पनि निवृत्तिभरण कोष व्यवस्थापन गर्नुपर्नेछ। यस्तो दुरगामी कोषको व्यवस्थापनसँगै सञ्चयकोष सधैंका लागि जीवन्त हुनेछ। 'अब हामी दुरगामी प्रकृतिका क्षेत्रमा लगानी गर्न सक्ने भएका छौं,' गौतमले भने।  

कोषसँग सबैभन्दा ठूलो लगानी योग्य रकम छ। अझ दीर्घकालीन प्रकृतिका आयोजनामा लगानी गर्न सक्ने क्षमता छ। तर कोषको २८ प्रतिशत रकम बैंकका मुद्दति खातामा जम्मा भएर बसेको छ। सञ्चयकर्ताले लिएको सापटी फिर्ता गर्ने तर नयाँ लगानी नहुने अवस्थाले गर्दा बैंकमा निक्षेपको रुपमा थुप्रिएको गौतमले जानकारी दिए।

यस्तो रकम लगभग १० अर्बभन्दा माथि रहेको छ। लकडाउनका कारण सञ्चयकर्ताले नयाँ सापटीको माग गरेका छैनन् तर पुरानो सापटी चुक्ता हुँदै गएपछि बैंकमा पैसा थुप्रिएको गौतमले प्रस्ट पारे। 

त्यस्तै ५० प्रतिशत रकम सञ्चयकर्ताहरुलाई सापटी दिएको छ। ठुला तथा लामो अवधिका परियोजनामा लगानी गर्न क्षमता बोकेको कोषले यस्ता क्षेत्रमा जम्मा १६ प्रतिशतलगानी गरेको छ। त्यस्तै पुँजी बजारमा कोषको लगानी ५ प्रतिशतमात्रै छ। यसले पनि कोष आफ्नो वास्तविक सिद्धान्तभन्दा पनि अल्पकालीन ब्याज आम्दानीमै रमाइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कोषले दीर्घकालीन महत्वका परियोजना जस्तो रेल मार्ग, द्रूत मार्ग, एयरपोर्ट, शहरी विकास, जलविद्युत परियोजनामा लगानी बढाउन सकेको छैन। गौतमका अनुसार यस्ता किसिमका परियोजनामा कोषले लगानी गर्न चाहे पनि आउन सकेको छैन। यदि कसैले परियोजना लिएर आयो भने बल्ल लगानी गर्ने नगर्ने विषयमा छलफल बहस गर्न सकिन्छ तर कुनै पनि प्रस्ताव नआएको गौतमले बताउँदै आएका छन्।

यदि सरकार ग्यारेन्टी बसेर परियोजना ल्याउँछ भने लगानी गर्न तयार भएको उनले प्रतिबद्धता व्यक्त गरे। 

कोषले गत वर्ष आवास कम्पनी स्थापना गरेको थियो। तर उक्त कम्पनीले राम्रोसँग काम गर्न पाएको छैन। अबको वर्ष कोषको ध्यान उक्त आवास कम्पनीमार्फत् नेपालका विभिन्न शहरमा नयाँ आवास परियोजना अगाडि बढाउने रहेको छ। 

कोषको यस वर्षको लक्ष्य शेयर बजारमा लगानी बढाउने रहेको छ। गौतमले भने‚ 'पुँजी बजारमा हाम्रो लगानी धेरै कम छ। अबका दिनमा हाम्रो ध्यान पुँजी बजारमा केन्द्रित हुनेछ।' तत्काल कोषले शेयर लगानीको लागि छुट्टै कम्पनी खडा गर्न सक्ने अवस्था नभएकाले एउटा युनिट नै बनाएर शेयरमा लगानी गर्ने कोषको योजना छ।

Xtrem

Xtrem

व्यक्ति तथा संस्थालाई बैंक तथा वित्तीय संस्थामा क्रस होल्डिङ गर्ने छुट छैन तर सञ्चय कोषले विभिन्न बैंक तथा वित्तीय संस्था बीमा कम्पनीमा लगानी गर्न पाउँछ। विशेष अधिकार हुँदा पनि कोषले आफ्नो लगानीलाई अधिकतम उपयोग भने गर्न सकेको छैन। 

यसरी पूर्ण डिजिटल बनाइँदैछ सञ्चय कोष 
कोषका जम्मा सञ्चयकर्तामध्ये ६७ प्रतिशतले मात्रै व्यक्तिगत विवरण 'केवाइसी' बुझाएका छन्। यस वर्ष शतप्रतिशत सञ्चयकर्ताकै केवाइसी तयार पार्ने गौतमले जानकारी दिए। नयाँ केवाइसी नभरेका सञ्चयकर्ताले कोषले दिने कर्जा सापटीको सुविधा प्राप्त गर्न सक्दैनन्।

यसरी आफ्नो व्यक्तिगत विवरण भर्ने सञ्चयकर्ताले अनलाइन प्रणालीबाटै कर्जा सापटीको लागि आवेदन दिन सक्ने बनाइएको छ। अबदेखि कुनै पनि सञ्चयकर्ताले कर्जा सापटीको लागि कोषका कार्यालयमा जानुपर्दैन। 

अनलाइनबाटै दिएको आवेदनका आधारमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाइन्छ। त्यस्तै सापटीको किस्ता तथा ब्याज भुक्तानी पनि अनलाइन प्रणालीबाटै व्यवस्था मिलाउन लागिएको गौतमले जानकारी दिए। कनेक्ट आइपिएस, मोबाइल बैंकिङ तथा विभिन्न डिजिटल भुक्तानी प्रणाली मार्फत् सञ्चयकर्ताले सापटीको ब्याज र किस्ता भुक्तानी गर्न सक्नेछन्।

यस कार्यले कोही पनि भौतिक रुपमा कार्यालय पुग्नुपर्दैन। यसैगरी कोषले आफ्ना सम्पूर्ण सुविधालाई डिजिटलाइज बनाउँदै लैजाने लक्ष्य लिएको छ। यदि सञ्चयकर्ता कोषको कार्यालयमा उपस्थित भए पनि उसलाई अनलाइन प्रणालीबाटै सुविधा दिइने कोषले जनाएको छ। 

कर्मचारीको तलबबाट सञ्चयकोषमा कट्टा हुने रकम पनि सिधै डिजिटल प्रविधिबाट सम्बन्धित सञ्चयकर्ताको नाममा काटिने गरी प्रणालीको विकास भैरहेको गौतमले जानकारी दिए। उनले भने‚ 'अहिले कर्मचारीको तलब फाटवारी मार्फत् बैंक हुँदा पोष्टिङ हुने व्यवस्था छ। महालेखा परीक्षकको कार्यालयसँग समन्वय गरेर कर्मचारीको तलब भुक्तानी हुँदा कोषमा जम्मा हुने पैसा सिधै सञ्चयकोषमा जम्मा हुनेगरी सफ्टवेयरको विकास गर्दैछौं।' उक्त सफ्टवेयरको परीक्षण भइसकेको र अब कार्यान्वयनको चरणमा रहेको गौतमले जानकारी दिए। 

धेरै कर्मचारीको प्रयोग गरेर जति पनि काजपत्रका काम हुन्थे अबदेखि लगभग अन्त्य हुने भएको छ। कोषले थोरै जनशक्तिबाट धेरै काम लिने अभियानमा लागेको छ। दैनिक अप्रेसनल कामभन्दा पनि अब कोषको ध्यान लगानीतर्फ केन्द्रित हुने गौतम बताउछन्।

उनले भने‚ 'अबका दिनमा कोषको कार्यदिशा कर्मचारीको सञ्चयकोष व्यवस्थापन गर्नेभन्दा पनि निवृत्तीभरण कोषको व्यवस्थापन र अधिकतम प्रतिफल लिनेतर्फ केन्द्रित हुनेछौं।' 

सुरुका दिनदेखि नै पेन्सन फण्डका लागि कुनै पनि कर्मचारी कोषको कार्यालयमा जानुपर्दैन। उसको यस बापतको पैसा सिधै अनलाइन प्रणालीमार्फत् कोषमा जम्मा हुन्छ। एक वर्षअघि सुरु गरिएको यस कोषमा ४७ करोड ३१ लाख रुपैयाँ जम्मा भएको छ। यो रकम हरेक वर्ष बढ्दै जानेछ। र यसको आकार अहिलेको सञ्चयकर्ताको कोषभन्दा पनि ठूलो हुनेछ। 

यस्ता कोषको रकम ठूला ठूला परियोजनामा लगानी गर्नेतर्फ कोष अगाडि बढेको छ। ठूला परियोजनामा लगानी गर्नुका साथै मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउने गरी काम गर्ने कोषको योजना छ। 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्