• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन २४, २०८२ Sun, Mar 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

देवघाटमा शालिग्राम संरक्षण शुरु

64x64
रासस मंगलबार, भदौ ३०, २०७७  १५:२७
1140x725

देवघाट- प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटमा शालिग्राम सङ्ग्रहालयमा राख्नका लागि शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरिएको छ। निकट भविष्यमा निर्माण गरिने शालिग्राम सङ्ग्रहालय (सिसमहल) मा राख्नका लागि देवघाट क्षेत्र विकास समितिले शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरेको हो।

क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले हिन्दूले शालिग्रामको दर्शन र अवलोकन गर्न सकून् भन्ने उद्देश्यले सङ्ग्रहालय बनाउन लागिएको जानकारी दिए। कालीगण्डकी नदीमा मात्र पाइने तथा हिन्दू धर्मावलम्बीले पवित्र मान्ने शालिग्रामको संरक्षणका लागि समितिले पहल शुरु गरेको उनले जानकारी दिए। ‘वेदशास्त्रमा पनि गण्डकी र शालिग्रामको विशेष महिमा रहेको बताइन्छ, दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै देवघाट क्षेत्रसम्म आएको तटीय क्षेत्रमा पाइने शालिग्राम महत्वपूर्ण सम्पदा हुन्,’ उनले भने, ‘कतिपयले शालिग्रामको व्यापार व्यवसाय गरेर बेच्न पनि लागे, हामीले यसको व्यापार व्यवसाय गर्नुहुन्न भन्नका लागि संरक्षणको अभियान थालनी गरेका हौं।’

शालिग्राम संरक्षणले धार्मिक पर्यटन प्रवर्द्धन हुने र शालिग्राम दर्शन गर्न देवघाटधाम जानुपर्छ भन्ने सन्देश दिन लागिएको अध्यक्ष पौडेलले बताए। उनका अनुसार सङ्ग्रहालय निर्माणका लागि एक वर्षभित्रै काम शुरु गरिने र अहिले विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागिएको छ।

Ncell 2
Ncell 2

पर्यटन विभागबाट देवघाट क्षेत्रको विकासका लागि चालू आर्थिक वर्षमा ५० करोड रूपैयाँ बराबरको योजना परेको र त्यसका लागि केही समयभित्र प्राविधिक आउने तयारी गरेका छन्। देवघाटमा अवस्थित मणिमुकुन्देश्वरी मन्दिर क्षेत्रमा रहेको पार्क वरिपरि नै सिसमहलको पनि डिपिआर अध्ययन गरिने उनले जानकारी दिए। ‘सङ्ग्रहालय बनाउने कि मन्दिरको रुपमा लैजाने भन्ने विषयमा छलफलकै क्रममा छौं, पूजा गर्न मिल्ने र दर्शन गर्न मिल्ने हिसाबले लैजानुपर्छ भन्ने पनि जोड छ,’ उनले भने। 

मुक्तिनाथदेखि बगेर आउने कालीगण्डकी देवघाटमा आएर त्रिशूली नदीसँग मिसिन्छ। यहाँ शालिग्राम प्रशस्त मात्रामा पाइने गरेको बताइन्छ। यहाँ पाइने शालिग्रामको महत्व विशेष रहेको धार्मिक अगुवाले बताएका छन्। कमलाकान्त सुवेदीले शालिग्रामको नित्य पूजा गर्नाले करोडौं यज्ञको फल मिल्ने उल्लेख गरे। ‘भिन्नभिन्न चक्र र आकृतिअनुसार भगवानका भिन्नभिन्न अवतार र स्वरुप शालिग्राममा मान्न सकिन्छ भनी पुराणमा लेखिएको छ,’ क्षेत्र विकास समितिले प्रकाशित गरेको देवघाट दर्पणमा उनले लेखेका छन्।

उनका अनुसार प्रायः सबै हिन्दू धर्मावलम्बीमा पाएसम्म शालिग्राम घरमा राख्ने र नित्य पूजा गर्ने प्रचलन छ। स्मृति र पुराण आदि धर्मग्रन्थमा यसको ठूलो महत्व वर्णन गरिएको छ। लेखक सुवेदीले पुस्तकमा उल्लेख गरेका छन्, ‘बाराह पुराणअनुसार एक पटक मुक्ति क्षेत्रमा शालङ्कयान मुनिले भगवान्‌को ठूलो तपस्या गरे। मुनिको तपस्या र स्तुतिबाट प्रशन्न भएका भगवान्‌ले दर्शन दिई त्यस क्षेत्रलाई शालिग्राम क्षेत्रको रुपमा रहने र आफू पनि त्यहीँ नै रहनेसमेत वचन दिए।’

पुराणमा उल्लेख गरिएबमोजिम शालिग्रामको पूजा गर्दा मन्त्र उपचार सामग्री कम भए पनि पूजा अपूर्ण नहुने, शालिग्राममा आकृतिअनुसार जुनसुकै देवताको पूजा गर्न सकिने, शालिग्रामका समिपमा श्राद्ध गर्दा पितृलाई अक्षय तृतीय मिल्ने, शालिग्रामको जलसँग छोइएपछि खान नमिल्ने अरु देवताको नैवेद्य पनि खान योग्य हुने उल्लेख गरिएको छ। 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १५:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । शुक्रबार, फागुन २२, २०८२
यस्तो रहनेछ देशभरको मौसम पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ । यी प्रदेशका तराई क्षेत्रको मौसम भने मुख्यतया सफा... शुक्रबार, फागुन २२, २०८२
नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं गत वर्षको असाधारण र चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा भारतले प्रधानमन्त्री सुशीला कार्की, नेप... बिहीबार, फागुन २१, २०८२
ताजा समाचारसबै
पाँचथरमा कांग्रेसका नरेन्द्र केरुङ विजयी आइतबार, फागुन २४, २०८२
इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित आइतबार, फागुन २४, २०८२
पाल्पा-१ मा कांग्रेसका सन्दीप राना विजयी शनिबार, फागुन २३, २०८२
ताप्लेजुङमा एमालेका थेवे निर्वाचित शनिबार, फागुन २३, २०८२
तबला उपहार दिएको तस्बिर राख्दै ओलीले दिए बालेनलाई बधाई शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेशभरीकै प्रभावशाली मानिएका रावल पराजित, अछाममा २६ वर्षपछि कांग्रेसको कमब्याक शनिबार, फागुन २३, २०८२
सुदूरपश्चिममा कांग्रेसले खोल्यो खाता, डोटीमा खड्का विजयी शनिबार, फागुन २३, २०८२
नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने- ऐतिहासिक कोशेढुंगा शनिबार, फागुन २३, २०८२
पार्टीका नेता कार्यकर्तालाई रास्वपाको निर्देशन- अनावश्यक टिकाटिप्पणी र अवाञ्छित कार्य गतिविधि नगर्नू शनिबार, फागुन २३, २०८२
तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्