गण्डकी- गण्डकी प्रदेशमा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन्। प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ११२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।
थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २०, स्याङ्जा १२, तनहुँ ९, कास्की ३, गोरखा, लम्जुङ र मनाङका १/१ जना रहेको निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८ जनाको पिसिआर परीक्षण गरिएकामा ४८ जनामा कोरोना पुष्टि भएको छ।
परीक्षण गरिएकामध्ये ६२६ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने एकको मृत्यु एवम् ४४ जनाको पुनः पोजेटिभ देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।