धादिङ- जिल्लामा बालिका र महिलामाथि हुने हिंसाका घटना बढिरहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जबर्जस्ती करणीका २३, हाडनाता करणीका दुई, जबर्जस्ती करणी उद्योगका १३ र बालयौन दुरुपयोगका दुईवटा घटना दर्ता भएका थिए।
कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी उपरीक्षक जयन्ती थापाले महिलामाथि हुने सबैप्रकारका हिंसा न्यूनीकरण गर्न उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए।
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट समस्यामा परेका महिलालाई सहयोग हुँदै आएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।