• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

ट्रम्प फेरि राष्ट्रपति बन्न सक्ने ५ कारण

64x64
नेपाल लाइभ सोमबार, भदौ २९, २०७७  १७:४१
1140x725

एजेन्सी- विश्वशक्ति राष्ट्र दाबी गर्ने देश अमेरिकाको पुनः राष्ट्रपति बन्ने दौडमा सहभागी डोनाल्ड ट्रम्प केही हप्ता पहिलेभन्दा अझ बलियो अवस्थामा देखिन थालेका छन्।

अगस्टको सुरुवातमा डेमोक्रेटिक नेता जो बाइडन चुनावी दौडमा अघि बढिरहेको देखिएका थिए। तर गएको १० दिनमा यो ट्रेन्डमा कमी आएको छ। यता यसबीच राष्ट्रपति ट्रम्प, जसको जितको सम्भावना जुलाइको अन्तिममा ४० दशमलव २ प्रतिशत थियो। अहिले यसमा केही थपिएर ४३ दशमलव २ प्रतिशत पुगेको छ। 

तर ट्रम्पका पक्षमा ट्रेन्ड हुने विषय बताउनु हतार हुनेछ। तर आँकडालाई मान्ने हो भने यस्तो लागिरहेको छ कि हाल ट्रम्पले जुन कदम उठाइरहेका छन्, अमेरिकीहरु त्यसलाई मन पराइरहेका छन्।

राजनीतिक विश्लेषकका अनुसार यी पाँच कारणले ट्रम्प एकपल्ट फेरि राष्ट्रपति बन्न सक्छन्।

१. उत्साहित ट्रम्पका समर्थक
अमेरिकामा मतदान अनिवार्य छैन। यही कारणले स्थिति बदलिन सक्छ। यस्तो अवस्थामा नेताहरुको काम सम्भावित भोटरलाई लोभ्याउनेसम्म मात्रै सीमित रहँदैन। उनीहरुलाई घरबाट निकालेर भोट गर्न प्रेरित गर्नु पनि हुन्छ। 

अमेरिकामा निर्वाचन मंगलबार हुन्छ। अर्थात् कामको दिनमा यस्ता भोटरमा धैर्य हुनु असाध्यै जरुरी हुन्छ। 

गएको सालको भन्दा २०२० को कुरा फरक छ। किनकि कुरा केवल मतदान गर्नका लागि आफूलाई प्रेरित गर्नुको मात्र छैन। कोरोना संक्रमणको खतराको ज्ञान भएर जोखिम लिनु पनि हुन्छ।

यस्तोमा आफ्नो आगामी प्रतिनिधि चुन्ने अधिकारको प्रयोग झिनोमसिनो कुरा होइन। यही कारणले पटक पटक मतदातासँग सोधिन्छ कि किन चुनावका लागि उत्साहित हुनुहुन्छ? उत्साहको कुरा गर्दा ट्रम्पका समर्थक बाइडनका समर्थकभन्दा एक कदम अघि छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यही वर्षको जुलाइमा युगाव इन्सिट्युटले भोटरसँग सवाल गरेका थिए– मनपर्ने उम्मेदवारलाई भोट गर्न कत्तिको उत्साहित हुनुहुन्छ? यो मामलामा जहाँ बाइडनका ४० प्रतिशत समर्थकले उत्साह जनाए भने ट्रम्पका ६८ प्रतिशत समर्थक उत्साहित देखिए। 

इन्सिच्युटले भोटरलाई सोधेको थियो– नोभेम्बरमा भोट गर्न जान को–को तयार हुनुहुन्छ? ट्रम्पका ७६ प्रतिशत समर्थकले आफू भोट गर्न जान तयार रहेको बताएका थिए भने बाइडनका ६९ प्रतिशत समर्थक मात्रै भोट गर्न जाने बताइरहेका थिए। 

सिएएनले अगस्टको मध्यरातमा रजिस्टर्ड मतदाताका साथमा एक पोल जारी गरेको थियो। जसका अनुसार कति राज्यमा ट्रम्प र बाइडनबीच फरक एक प्रतिशतको मात्रै रहेको थियो। जहाँ डेमोक्रेटिक पार्टीलाई ४९ प्रतिशत मतदाता र रिपब्लिकन पार्टीलाई ४८ प्रतिशतले रुचाइरहेका थिए। 

२ ट्रम्प आफैं बताउँछन् बाहिरिया
अमेरिकाको अलाबामा निवासी रोबर्ट लिड्स भन्छन्, '२०१६ भन्दा पहिले न त मैले कहिल्यै भोट गरें। न कहिल्यै राजनीतिमा मेरो रुचि थियो। तर ट्रम्प आएपछि मलाई उनी फरक छन् भन्ने लाग्यो। मैले पहिलोपल्ट मतदान गरें र ट्रम्पलाई समर्थन गरें। मलाई यो पल्ट पनि उनलाई मत दिन मन छ।'

Xtrem

Xtrem

सन् २०१६ मा यहाँबाट ट्रम्पले ६२ प्रतिशत भोट हासिल गरेका थिए। रोबर्ट कार्पेन्टरको काम गर्छन् र ट्याक्सी चलाउँछन्। ट्रम्पले राजनीतिमा कदम राखेपछि उनलाई चाख बढेको छ। ट्रम्प राजनीतिक सर्कलभन्दा बाहिरका व्यक्ति भएकाले उनी आकर्षित छन्। 

२०१६ का लागि यो तथ्य महत्वपूर्ण छ। त्यतिबेला ट्रम्प आफ्ना प्रतिद्वन्द्वी रिपब्लिकन नेता भन्दा निकै आक्रामक थिए। उनी चार वर्षदेखि देशका राष्ट्रपति छन्। तर फेर पनि आफूलाई राजनीतिक सर्कलभन्दा बाहिरिया बताइरहन्छन्। त्यसैले उनका मतदातालाई राजनीतिक भेद बुझ्न समय लागेकाले यो कार्यकालमा उनले केही गर्न सकेनन्। यतिका वर्षमा राजनीति बुझे। अब उनी गर्न सक्छन् भन्ने विश्वास छ। 

सन् २०१९ मा फ्लोरिडाको ओरल्यान्डोबाट आफ्नो चुनावी दौडको सुरुवात गर्दा ट्रम्पले भनेका थिए- उनको सरकार 'स्थायी राजनीतिक वर्ग'को घेरामा छ। उनले भनेका थिए, 'राष्ट्रवादको हाम्रो अभियान हामीले पहिलो दिनबाट अघि बढाइरहेका छौं।'

सन् २०२० मा रिपब्लिक पार्टीका सम्मेलनमा त्यति धेरै ठूला नाम थिएनन्। जबकि ट्रम्पका परिवारबाट सदस्य र उनका साथीहरूको नाम थियो। यसबाट यो सन्देश दिने कोसिस गरिएको छ कि ट्रम्प अझै बाहिरिया व्यक्ति हुन्। 

टी पार्टीका संस्थापवक र ट्रम्पका समर्थक माइकल जोन्स भन्छन्, '२०१६ को प्रारम्भमा रिपब्लिकन पार्टीको ढाँचामा कति समस्याहरु थिए। उनले अवैध प्रवासन  जस्तो मुद्दामा काम पनि गरे। तर पार्टीले उनलाई नजरअन्दाज गरिदियो। ट्रम्पलाई छाडेर हाम्रो अभियानमा कोही रिपब्लिक नेता छन् कहाँ? उनी साह्रै लोकप्रिय छन्।'

जहाँ रिपब्लिकन पार्टीको सम्मेलन राष्ट्रपति ट्रम्पको वरिपरि थियो। त्यहीँ डेमोक्रेटिक पार्टीको सम्मेलनमा पूर्व राष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टन र जिमी कार्टर जस्ता दिग्गज सहभागी थिए। 

एकतिर ट्रम्प आफूलाई बाहिरियाको रुपमा प्रस्तुत गर्छन्। अर्कातर्फ आफ्नो अभियानमा उनी बाइडनलाई भोट नगर्न अपिल गर्छन्। उनी भन्छन्, 'बाइडन बितेका ४० वर्षमा नेताकै हैसियतमा काम गरिरहेका छन्। ६ पल्ट सिनेटमा चुनिए। उपराष्ट्रपति भएर ८ वर्ष काम गरे। यत्रो समय राजनीतिमा बिताउँदा पनि उनले कुनै प्रकारको राजनीतिक विरासत बनाउन सकेका छैनन्।'

३ चुनावमा इन्टरनेटको प्रयोग
न्युयोर्क टाइम्समा प्रविधिका विषयमा लेख्ने केविन रोस चेतावनी दिन्छन्, 'सुन उदारवादीहरु! यदि तिमीहरुलाई ट्रम्प दोस्रोपल्ट चुनिन्छन् भन्ने लाग्छ भने तिमी फेसबुकमा धेरै समय बिताएर  हेर।'

सन् २०१६ बाटै सामाजिक सञ्जालमा पार्टीको र्‍यालीमा ध्यान दिइरहेका छन्। उनी भन्छन्, 'फेसबुकमा हरेक दिन १० लोकप्रिय पोस्ट यस्ता हुन्छन्, जो रिपब्लिक पार्टी, कन्जरभेटिभ पार्टी र ट्रम्पका समर्थकका बारेमा हुन्छन्।' 

सामाजिक सञ्जालमा ट्रम्पको रुची जगजाहेर छ। चार वर्ष पहिले उनका लागि स्टिभ बेनन उनका डिजिटल रणनीतिका संयोजक थिए। उनी ब्रटबार्ट वेबसाइटका पूर्व निर्देशक थिए र क्याम्ब्रिज एनालिटिका कन्सल्टिङमा पनि जोडिएका थिए। यो कम्पनी सामाजिक सञ्जाल प्रयोगकर्ताको डाटा राजनीतिक प्रोपोगान्डाका लागि प्रयोग गर्ने विषयमा चर्चामा आएको थियो। 

२०१८ मा फेसबुकले यस कम्पनीमा ८ करोड प्रयोगकर्ताको डाटा एकीकृत गरिएको छ। जसमध्य ७ करोड अमिरिकी हुन्। आफ्नो लेखमा रोस भन्छन्. यस्तो पनि हुन सक्छ। फेसबुकमा उनीहरु साइलेन्ट मेजोरिटीमा छन्। जसले ट्रम्पलाई जितको ढोकासम्म लैजान सक्छन्। 

रह्यो कुरा ट्विटरको। यो त मतदातासँग सिधै कुरा गर्ने सही तरिका मानिन्छ। यहाँ ट्रम्पको आफ्नै फरक तरिका छ। जहाँ उनी आफ्ना विरोधीका बारेमा बोल्छन्। मिडियामाथि झटारो हान्छन् र राजनीतिक प्रोपोगान्डा चलाउँछन्।

चुनावी अभियानका क्रममा उनी हरक दिन फरक फरक मुद्दामा सन्देश लेखिरहेका छन्। 

यहीँ बाइडनको कुरा गरौं त ट्रम्पको भन्दा उनका फलोअर्स नै १० गुणा कम छन्। उनी यस प्लेटफर्ममा मतदातासँग सम्पर्क बढाउने कोसिस गरिरहेका छन्। तर उनी थोरै मुद्दामा लेख्छन्। 

४ आफ्नो एजेन्डा अघि बढाइरहनु
इमेलबाट भोट गर्दा धाँधलीको जोखिम रहन्छ। राज्यमा हिंसा नियन्त्रण गर्न पाइरहेको छैन। तपाईंको समर्थकलाई दुईपल्ट भोट गर्ने अधिकार हुनुपर्छ। चुनाव भन्दा पहिला कोभिड-१९ को भ्याक्सिन आउँछ। चुनावको मिति पर सार्नुपर्छ।

इकोनोमिस्ट पत्रिकाले हालै लेखेको थियो कि ट्रम्पले सार्वजनिक बहस कसरी सुरु गर्नुपर्छ भन्ने भन्ने सावित गरिदिए। 

गएका दुई हप्तामा उनले सहरी हिंसाक मुद्दामा बहस छेडे। ट्रम्पका भाष्यअनुसार 'ब्ल्याक लाइभ्स म्याटर'को प्रदर्शनलाई नियन्त्रणमा लिन डेमोक्रेटिक नेता असफल रहे। उनले भनाइ छ कि डेमोक्रेट प्रहरी फन्डबाट पैसा निकाल्न चाहन्छन्। यसबाट अपराध बढ्छ। सहमार स्थिति बिग्रिन्छ।

यस्तो बोलेर ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडनलाई आफ्नो सरकार बनेमा प्रहरी कोषबाट पैसा नघटाउने प्रतिबद्धता जाहेर गर्न बाध्य पारे। यस चर्चाले आर्थिक मन्दी र कोरोना महामारीबाट आमजनको ध्यान हटाइदियो। जसकारणले अमेरिकामा झन्डै दुई लाखको ज्यान गइसकेको छ।

एक अफ्रिकी अमेरिकी व्यक्तिको पिठ्युँमा प्रहरीको गोली लागेपछि त्यहाँ पैदा भएको तनावपूर्ण माहोलमा ट्रम्पले केनासाको भ्रमण गरेका थिए। उनले प्रहरीप्रति आफ्नो समर्थन जताए र ती ठाउँको भ्रमण गरे जहाँ प्रदर्शनका क्रममा लुटपाट भएको थियो।

दुई दिनपछि जो बाइडन पनि त्यहीँ पुगे र उनले पीडित परिवारसँग कुरा गरे। जोसँग ट्रम्पले कुरा गरेका थिएनन्। 

'अहिल्यै ट्रम्पको असर बढी छ कि बाइडनको भनेर भनिहाल्ने बेला भएको छैन,' जर्ज वासिंटन युनिभर्सिटीमा राजनीतिक सञ्चारका प्राध्यापक माइकल कर्नफिल्ड भन्छन्, 'ट्रम्प न्युज एजेन्डा  त बनाउँछन्। तर त्यसलाई चुनावी एजेन्डा नै बनाउन सक्छन् भन्ने लाग्दैन। अधिकांस मतदाता राजनीतिक समाचार हेर्दैनन्। घोषणाका बारेमा बुझ्दैनन्।' 

५ सरकारी संयन्त्रमा नियन्त्रण
एक अर्को कुरा छ। जो एकपल्ट फेरि राष्ट्रपतिको दौडमा सहभागी ट्रम्पका पक्षमा जान्छ। त्यो हव सरकारी संयन्त्रमा बलियो पकड। तर अहिले ट्रम्पका मामलामा यसको नाता कोरोना भाइरसको भ्याक्सिन बनाउने कोसिसलाई गति दिनु र महामारीका कारण मुश्किल अवस्थामा पुगेको अर्थव्यवस्थालाई आपत्कालीन सहयोगको व्यवस्था गर्नुसँग छ। 

राष्ट्रपतिका हैसियतमा उनले कम समय पत्रकार सम्मेलन गरेका छन्। जहाँ उनले अहम् घोषणा गर्नुका साथै आफ्नो सरकारको सफलताका बारेमा बताएका छन्। विपक्षमाथि हमला गरेका छन्। 

यति मात्रै होइन। जुन दिन रिपब्लिकन पार्टीको सम्मेलन थियो, त्यही दिन उनले १५ सय अथितका अघि करिब एक घन्टा लामो भाषण दिए। यो भाषण उनले ह्यवाइट हाउसअघि दिएका थिए। 

यो भन्दा पहिले सन् १९१९७ मा तत्कालिन उपराष्ट्रपति अल गोरले ह्वाइट हाउसबाट फोन गरेर चुनावका लागि चन्दा मागेका थिए। 

सन् २०२० मै ट्रम्पले बताएका छन् कि जरुरी पर्‍यो भने आफूलाई किन भोट दिने भन्ने विषयमा जानकारी दिन सरकारी संयन्त्रको पनि प्रयोग गर्न सक्छु। उनले आफ्नो भाषणमा भने, 'के यो भवन मात्रै हो?'

ह्वाइट हाउसतर्फ इसारा गर्दै उनले थपे, 'सच्चाइ यही हो कि हामी यहाँ छौं। उनीहरु छैनन्। मेरा लागि यो संसारकै सुन्दर भवनमध्य यो एक हो। र यो भवन मात्रै होइन, मेरा लागि घर पनि हो।'

(बिबिसी हिन्दीबाट अनुवादित।)

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
सम्बन्धित सामग्री
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र स्थानीय समयअनुसार दिउँसो १२:५६ बजे ४ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पका कारण सयौँ सर्वसाधारण त्रसित भई सडकमा... शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले विभिन्न सीमा नाकामा सुरक्षाकर्मी परिचालन गरेको छ। अप्सरा र बदरपुरलगायतका सीमा क्षेत्रमा न... शनिबार, असोज २४, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान) घुँडाको बाथका कारण खिइएको कुरकुरे हाड फेरि प्राकृतिक रूपमा उमार्न सकिएला? स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको नयाँ अनु... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्